अनन्तराज न्यौपाने
समस्त काङ्ग्रेस यति बेला चुनावमा व्यस्त छ । मोरङमा भर्खरै वडाको चुनाव सकिएको छ । विराटनगरमा यस पटकको काङ्ग्रेसको निर्वाचन धेरै अर्थमा रमाइलो रह्यो । वडा नम्बर ३ र ८ जस्ता काङ्ग्रेसका गढ मानिने वडाको चुनाव हेर्न लायक थियो । शान्तिपूर्ण चुनाव भएर मोरङभरिका सबै वार्डबाट प्रतिनिधि चुनिएर आएका छन् । सबै वडामा कार्यसमितिको निर्वाचन पनि सम्पन्न भएको छ ।
यस पटक पनि काङ्ग्रेसको निर्वाचनमा राज्यकोषबाट तलब खाने कर्मचारी, शिक्षक र प्राध्यापकहरू चुनिएर आएका छन् । निष्पक्ष र व्यावसायिक क्षेत्र भनिने पत्रकारहरूको उपस्थिति पनि उल्लेखनीय छ । यस देशमा लोकतन्त्र र लोकतन्त्रका मूल्य, मान्यता अनि मर्मका लागिमात्र ७ दशकसम्म अविराम सङ्घर्ष गरेको एक मात्र पार्टी नेपाली काङ्ग्रेस नै हो । त्यसैले यस पार्टीले आफ्ना निर्वाचित निकायमा कस्ता पृष्ठभूमिका व्यक्तित्वको उपस्थिति गराउनु पर्छ भन्ने कुराको उदाहरण हुन सक्नुपर्छ ।
देशका अरू राजनीतिक दलले नेपाली काङ्ग्रेसका क्रियाकलाप हेरेर निष्कलङ्क ढाँचाको लोकतान्त्रिक अभ्यास गर्न सिक्नुपर्छ । तर काङ्ग्रेस स्वयम् नै विकृतिको थुप्रो भइदियो भने विडम्बना हुन्छ । दुःखको कुरा, भएको यही छ । अहिलेको काङ्ग्रेस लोकतन्त्र र लोकतान्त्रिक आदर्श अनि अभ्यासको गुरु बन्नु पर्ने थियो । तर विकृति, विसङ्गति र विहारी संस्कृतिको केन्द्र हुन पुगेको छ । यसले मुलुकलाई निश्चय पनि सकारात्मक भुक्तानी गर्न सक्तैन ।
काङ्ग्रेसमा कस्तो प्रचलन छ भने पार्टीको नेताले आफू माथि पुग्न आफ्ना आसेपासे, नातेदार, कामदार र साथीभाइलाई क्रियाशील बाँड्छ । चाहे ती काङ्ग्रेसका बारेमा अन्जान, अनभिज्ञ र निरपेक्ष नै किन नहुन् ? अनि तिनै अन्जान सदस्यले भोट दिएर जितेको कुनै पनि व्यक्ति वडाको नेता कहलिन्छ । उसले पनि जिताएको व्यक्ति पालिका र क्षेत्रको नेता कहिलन्छ । पालिका र क्षेत्रका नेताले भोट दिएर विजयी गराएको मनुवा राष्ट्रिय र प्रादेशिक कमिटीमा पुग्छ । यसरी अत्यन्त गलत परम्परा, संस्कार, परिपाटी र संस्कृति काङ्ग्रेसको क्रियाशील वितरण र निर्वाचन प्रणालीमा देखिन्छ ।
मानौँ कुनै वडामा ५ सय क्रियाशील सदस्य छन् । ती ५ सयमध्ये कति जनाले काङ्ग्रेसको चारतारे झन्डाको अर्थ बुझेका होलान् ? कति जनाले चार वटा ताराको अर्थ जानेका होलान् ? नेपाली काङ्ग्रेसले २०४२ र २०१४ सालमा के गरेको थियो भनेर कतिलाई थाहा होला ?
मूल कुरा के हो भने नेपाली काङ्ग्रेसले आफ्ना सदस्य, शुभेच्छुक, भ्रातृ र भगिनी संस्था अनि कार्यकर्तालाई कहिल्यै पनि पार्टीको इतिहास, क्रियाकलाप, गन्तव्य, मूल्य, मान्यता र सिद्धान्तका बारेमा सिकाएन । न आफूलाई काङ्ग्रेसी भन्नेहरूले नै यसका बारेमा जान्ने प्रयास गरे । तर अचम्म कस्तो छ भने नेपाली काङ्ग्रेसको जस्तो गौरवशाली र क्रान्तिकारी इतिहास नेपालमा अन्य कुनै पनि राजनीतिक दलको छैन ।
यस पार्टीका संस्थापक तथा मार्गनिर्देशक वीपी कोइरालाले कस्तो ढाँचा र स्वभावको कार्यकर्ताको परिकल्पना गरेका थिए र आज कस्ता ब्यहोराका कार्यकर्ता छन् भन्ने विश्लेषण पनि यहाँ सान्दर्भिक हुन्छ ।
विक्रम सम्वत् २०१३ पुस १० गते वीपीले बाग्लुङका एक कार्यकर्तालाई पत्र लेख्तै भनेका थिए, ‘यो सङ्गठन कमजोर हुनुको तात्पर्य हुन्छ, नेपालको प्रजातान्त्रिक आन्दोलनको कमजोरी ! यो सत्यलाई हामी सबैले राम्ररी बुझ्नुपर्छ । सानोतिनो स्वार्थपूर्तिका लागि हामी लाग्न थाल्यौँ भने यो सानोतिनो स्वार्थका आधारमा विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौँ भने देशले उन्नति गर्न सक्तैन ।… काङ्ग्रेस संस्था हाम्रो साधन हो । हामी सेवक हौँ भन्ने भावना सबैका मनमा हुनुपर्छ । …कति काङ्ग्रेसीका मुखबाट यो चिन्ताजनक कुरा सुनिन्छ कि यदि चुनावमा काङ्ग्रेसले भाग लिने अनुमति दिएन अर्थात् टिकट दिएन भने स्वतन्त्र भएर लड्छौँ । यदि काङ्ग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनका निमित्त लाग्दछ भने हामीले त्यसलाई काङ्ग्रेसबाट टाढै राख्नुपर्छ ।’
बीपी अगाडि लेख्छन्, ‘हामी सबैले निःस्वार्थी सेवा व्रत लिनुपर्छ । गेरुवा रङको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ । कुनै ठूलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवाभाव मनमा हुनुपर्छ । यति कुरा गर्न सक्यौँ भने देशलाई हामीले माथि लैजान सक्छौँ ।’
पचासका दशकमा आफ्नै पार्टी र परिवारका सदस्यबाट अन्तर्घातको शिकार भएकी काङ्ग्रेसकी प्रखर नेतृ शैलजा आचार्य भन्थिन्, ‘काङ्ग्रेस कार्यकर्ता त २०४६ अगाडि टाढैबाट चिनिन्थ्यो । उसको लवाइ–खवाइ, बोलीबचन, ढाँचाकाँचा नै काङ्ग्रेसी पाराको छुट्टै सभ्य र शालीन हुन्थ्यो । तर हिजोआज को काङ्ग्रेस, को मण्डले छुट्याउन नसक्ने भएकी छु ।’
काङ्ग्रेसको चौधौँ महाधिवेशनका सन्दर्भमा चुनिएका प्रतिनिधि र पदाधिकारीहरू के शैलजाले भनेजस्तै टाढैबाट चिनिने खालका छन् त ? अहिलेको अहम् प्रश्न यही हो ।
आदरणीय दाई अनन्य बीराटनगर वडा न 3 समाबेस गर्नु भयछ तर कीन लेख्नन डराउनु भयो वडा न.3 मा पराजुली र बस्नेत को गुट छैन ई दुबै ऐउटै गुटहुन र आफ्ना रबर स्ट्याम्प लाई जीयाउन दौई गुट को नाटक गरेर बसेका छन ? झन्डा र डन्डा दुई परिवार मा मात्र घुमोस भन्ने सयूक्त चाहना हो भनेर । खबर भीत्र को खबर मा म पनी पर्छु । यदि तपाईं मा हिम्मत भय मेरो बारेमा समाचार बनाउन तपाईं लाई चुनौती दिन्छु । आपमे हे दम ?
आदरणीय दाई अनन्त बीराटनगर वडा न 3 समाबेस गर्नु भयछ तर कीन लेख्नन डराउनु भयो वडा न.3 मा पराजुली र बस्नेत को गुट छैन ई दुबै ऐउटै गुट हुन र आफ्ना रबर स्ट्याम्प लाई जीयाउन दुई गुट को नाटक गरेर बसेका छन ? झन्डा र डन्डा दुई परिवार मा मात्र घुमोस भन्ने सयूक्त चाहना हो भनेर । खबर भीत्र को खबर मा म पनी पर्छु । यदि तपाईं मा हिम्मत भय मेरो बारेमा समाचार बनाउन तपाईं लाई चुनौती दिन्छु । आपमे हे दम ?
आदरणीय दाई अनन्त बीराटनगर 3 पनी तपाईं को समाचार मा परेछ । तर 3 नम्बर वडा मा बस्नेत र पराजुली गुट छ भन्ने जुन असत्य समाचार दिनु भयो तर सत्य लेख्न कीन डराउनु भयो वडा नम्बर 3 बाट क्षेत्रीय प्रतीनिधी आफ्नो हनुमान हरू लाई जीताउन रचीयको गेम हो ई दुबै ऐउटै टिम हुन झन्डा र डन्डा दुई परिवार मा मात्र घुमफिर होस भन्ने चाहना ले रचीयको पोल्टिकल गेम हो भनेर कीन लेख्न सक्नु हुन्न ? समाचार भीत्र को समाचार म पनी हु । मेरो बारेमा समाचार लेख्ने तपाईं संग हिम्मत छ ? आऊनुस हरेक मुद्दामा बहस गर्न तयार छु तर आपमे है दम ?