अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटका लोकप्रिय १५ विशेषता

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा चालू आवको लागि पहिलेको बजेट घटाउँदै प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६ प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

प्रतिस्थापन विधेयकका विशेषताहरु :

१. गरिवि न्यूनीकरण, आर्थिक वृद्धिदरको तीब्र वृद्धि र समावेशी एवम् समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने उद्देश्य ।

२. वित्तीय अनुशासनको पालना एवं आत्मनिर्भर हुँदै बजेट बनाउने युगको शुरुवात ।

३. कोभिड–१९ बाट रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले नगद राहत उपलब्ध गराइने ।

४. मृगौला, क्यान्सर, मेरुदण्ड पक्षघातलगायतका विरामीहरुलाई औषधि खर्च वापत मासिक ५ हजार दिइने।

५. जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार जीवन वृत्तिभत्ता दिइने।

६. कोभिड–१९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट दिइने।

७. आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति लिइने ।

८. हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउदै’ कार्यक्रम नमुनाको रुपमा सुरु गरिने।

९. पहिलो पटक अनलाईन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिने।

१०. शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने ।

११. सहकारी संस्थाहरुले भगिनी कम्पनी खोलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी कानूनी प्रवन्ध मिलाइने ।

१२. सबै वडाहरुमा ‘महिला पहिला कार्यक्रम’ संचालनमा ल्याइने।

१३. संघीयताको प्रभावकारी कार्यन्वयन गर्न प्रदेस र स्थानीय सरकारलार्इ संविधान अनुरुपको अधिकार प्रत्यायोजन गर्ने।

१४. बाह्य तथा आन्तरिक ऋण ३७ अर्ब घटाएको।

१५. त्रिभुवन युनिभर्सिटिलाई अनुसन्धान केन्द्रका रुपमा, त्रिचन्द्र कलेज र घण्टाघरलाई पुरानै ढाँचामा पुनःनिर्माण गर्ने।

शुक्रबार, २५ भदौ, २०७८, साँझको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर