युथ युनिटीमा आरिफ खान

विराटनगर । सामाजिक कार्यमा सक्रिय युथ युनिटी अफ नेपालको नयाँ नेतृत्व चयन भएको छ ।

विराटनगर–१७ का युवा समाजसेवी आरिफ खानको अध्यक्षतामा क्लबको नयाँ नेतृत्व चयन भएको हो । सोमबार रानीमा आयोजित एक कार्यक्रमकाबीच क्लबको पद हस्तान्तरण गरिएको हो । यसअघिका अध्यक्ष जफर एकबालले खानलाई वर्ष २०२१–२२ का लागि क्लबको पदभार हस्तान्तरण गरेका हुन् ।

नयाँ अध्यक्षको पदभार ग्रहण गरेका खानले संस्थामार्फत हुँदै आएका समाज सेवाका कार्यहरुलाई थप जिम्मेवारीपूर्वक निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्लबको नयाँ नेतृत्व उर्जावान रहेकाले कार्यसम्पादन थप सहज हुने विश्वास व्यक्त गरे ।

यस्तै वर्ष २०२१–२२ का लागि क्लबको उपाध्यक्षमा भने हामिद आजाद, सचिवमा इम्तियाज आलम, सह–सचिवमा मोहम्मद सोहिल, कोषाध्यक्षमा मोहम्मद तनवीर र सल्लाहकारमा मोजाहिद ईराकी चयन भएका छन् ।

मङ्गलबार, १५ भदौ, २०७८, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर