‘पार्टीका संगठनमा युवाको सहभागिता आवश्यक छ’

 ताजिम अन्सारी

एमाले विभाजन र अहिलेको राजनीतिक परिस्थितिलाई कसरी लिनु भएको छ ?

– नेकपा एमाले विभाजनलाई मैले अग्रगमन, संविधानका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको नेतृत्व गर्ने माधव नेपाल र अर्काे पक्ष प्रतिगमनकारी, गणतन्त्र विरोधी, संविधान विरोधीहरूको नेतृत्व गर्ने केपी ओलीबीचको विभाजन हो भनेर मैले बुझेको छु । अहिलेको राजनीतिक परिस्थितिमा प्रतिगमनको नेतृत्व केपी ओलीले गरे र संविधान र गणतन्त्र रक्षा माओवादी, माधव नेपाल समूह, कांग्रेस र संघीय समाजवादी मिलेर गरेका छन् । संविधान र व्यवस्था जोगाउन यो सरकार गठन भएको छ यसलाई हामीले सुखद पक्षको रूपमा लिनुपर्छ ।

शीर्ष नेताहरूको झगडाका कारण राजनीतिक पार्टीमा संलग्न तपाइँजस्ता युवा पंक्तिमा कस्तो असर पर्छ ?

– नेताहरू बीचको झगडाले कम्युनिस्ट जनमत माथि ठूलो आघात पुगेको छ । हामीजस्ता हजारौं तल्लो तहमा काम गर्ने युवामा राजनीतिक निरासा उत्पन्न भएको छ । तर, हामी कम्युनिस्टहरू आशावादी छौं, यसलाई अवसरको रूपमा सदुपयोग गर्नेछौं ।

पार्टीहरुले अबलम्बन गरेको नीतिगत व्यवस्था र कार्यशैलीले नयाँ पुस्तालाई नेतृत्व विकासमा के कस्तो अवरोध सिर्जना गरेको छ ?

– पार्टीहरुको नीति तथा कार्यशैलीमा एकरुपता नहुँदा युवापुस्ता नेतृत्व गर्ने अवसरबाट वञ्चित भइराखेका छन् । यसर्थ यसलाई सुधार गरेर पार्टीको हरेक पंक्तिमा युवाको सहभागिता गराउनु जरुरी छ ।

अहिलेका पार्टीमा देश निर्माण गर्ने र समृद्ध बनाउने ठोस योजना छ ?

– संघीय लोकतान्त्रिक गणतन्त्रको जन्मदाता माओवादी भएकोले हामी माओवादीसँग छ । तत्कालीन नेकपाले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई केपी ओली नेतृत्वको सरकारले जुन प्रकारले दुरुपयोग गरे त्यसले जनता माझ निरासा उत्पन्न भएको चाहिं छ ।

देश निर्माणको कार्ययोजना भएको भए माओवादीको कार्यशैली सोही अनुसारको छ ?

– कार्यशैली र घोषणापत्रमा विल्कुल तालमेल छैन । तसर्थ यि दुईबीच तालमेल हुनुपर्छ ।

अबका युवाहरूले देश निर्माण र राजनीतिक प्रणालीको सुधारमा कस्तो भूमिका खेल्नुपर्छ ?

– प्रगतिशिल र देशभक्ति सोच राख्नुपर्छ, पार्टीको एजेन्डा र घोषणापत्र अनुसार कार्यशैली र व्यवहार हुनुपर्छ भनेर नेतृत्वलाई दवाब दिनुपर्छ ।

आइतबार, १३ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर