विराटनगर । नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीलाई पितृ शोक परेको छ । उनका ८५ वर्षिय बावु डिल्ली द्धवज कार्कीको शनिबार निधन भएको हो ।
सुगर र दमका विरामी रहेका कार्कीको विराटनगर १ स्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । कार्कीको विराटनगरस्थित परोपकार घाटमा दिउँसो तीन बजे दाहासंस्कार गरेको थियो । उनका ६ छोरा र तीन छोरी रहेको छ ।

