विराटनगर । यतिबेला अफगानिस्तान अशान्त छ । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएपछि अफगान सरकार अफ्ठेरोमा छ ।
तर, यो यही अफगानिस्तान हो, कुनैबेला विश्वकै शान्त मुलुकमा पथ्र्यो । कतिसम्म शान्त र असंलग्न थियो भने भियनाम युद्धको शान्तिवार्ता पनि काबुलमा हुने प्रस्ताव त्यसबेला गरिएको थियो । यसरी कुनैबेला शान्त र सुन्दर यो देश निरन्तरको य्ुद्धले ध्वस्त मात्रै भएन, संसारभरका शक्तिकेन्द्रहरुको परेडस्थल पनि बनेको छ ।
यसरी धेरै शक्तिराष्ट्रको परेडस्थल बनेको अफगानिस्तानमा यतिबेला तालिबान समूह मुलुक कब्जा गर्ने अभियानमा अघि बढेको छ । आइतबार बिहान मात्रै पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्।
शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर इ सरिफमा कब्जा जमाएका थिए।
तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।
के हो तालिबान ?
विकिपिडयाका अनुसार तालिबान, जसलाई तालेबान वा तालिबान पनि भनिन्छ यसलाई आन्दोलनको नामबाट पनि जानिन्छ, एक सुन्नी इस्लामिक आधारवादी आन्दोलन हो। यसको शुरूआत १९९४ मा दक्षिणी अफ्गानिस्तान मा भएको थियो। तालिबान पश्तो भाषाको शब्द हो, यसको अर्थ विद्यार्थी हुन्छ।
१९९६ देखी २००१ सम्म, तालिबानले अफ्गानिस्तानको तीन चौथाई जमिन कब्जा गरेको थियो र ईस्लामिक सरीया कानुनको कडा रुपमा लागु गरेको थियो। तालेबान आन्दोलनलाई पाकिस्तान, साउदी अरब र संयुक्त अरब अमिरातले मात्र मान्यता दिएको थियो। अफगानिस्तानलाई ढुङ्गे युगमा पुर्याउन र अहिलेको दुर्दशाको लागि तालिबानलाई जिम्मेवार मानिन्छ ।
तालिबानले सरिया कानुन अनुसार महिलालाई बुर्का लगाउने आदेश फरमान जारी गरेको थियो। १० वर्षभन्दा माथिको उमेरका बालिकालाई स्कुल जान मनाही थियो।
तालिबानले १९९६ मा शासन सत्तामा पुगेपछि लैगिक आधारमा कानुन बनायो। यी कानुनबाट महिलाहरू सबैभन्दा धेरै उत्पीडित थिए। अफगानी महिलाहरूलाई नोकरी गर्ने अनुमति थिएन । महिलाहरूलाई सबै प्रकारको शिक्षा स्कुल, कलेज, र विश्वविद्यालयमा बन्देज गरिएको थियो।
कुनै पुरुष नातेदार बिना महिलालाई घरबाट बाहिर निस्कन अनुमति थिएन। पुरुष डाक्टरद्वारा चेकअप गराउँदा महिला र किशोरीहरूलाई बहिष्कार गरिन्थ्यो। यसको साथै महिलाहरू माथि नर्स र डाक्टर बन्न पनि बन्देज थियो। तालिबानको कुनै पनि आदेशको उल्लंघन गरे महिलाहरूलाई निर्दयतापूर्वक पिटीन्थ्यो र मारिन्थ्यो।
सन् २००१ मार्च मा तालिबान नेता मुल्लाह मोहमद ओमारको आदेशमा बमियान बुद्धको मुर्ति तालिबानद्वारा , डाइनामाइट बिस्फोट गरी नष्ट गरियो। बुद्धको मुर्ति नष्ट गर्ने यो कार्यको अन्तराष्ट्रिय स्तरमा निकै निन्दा गरियो।
सन् १९९६–२००१ को तालिबान शासनमा, फुटबल, चङ्गा उडाउने, र चेस जस्ता खेलकुद र गतिविधिमा प्रतिबन्ध लगाइएको थियो। टेलिभिजन, सिनेमा, संगीत, भिसिआर र स्याटेलाइट डिस जस्ता मनोरञ्जन गतिबिधिमा पनि प्रतिबन्ध लगाइएको थियो। चङ्गा उडाउने अफगानिस्तानको लोकप्रिय प्रचलन थियो। धेरै अफगान बालबालिकाहरूलाई चङ्गा उडाउने क्रममा समातियो र उनीहरूलाई निर्दयिता पूर्वक कुटियो। उनीहरूले सांगीतिक सामग्रीू माथि र प्राणीहरूको दृश्य प्रतिनिधित्वमा पनि प्रतिबन्ध गरे ।
शान्त थियो अफगानिस्तान
अफगानिस्तान कुनैबेला शान्त थियो । अमिन शैकालले आफ्नो लेखमा लेखेका छन् ‘रक्तपातपूर्ण द्वन्द्वका कारण लामो समयदेखि प्रणालीगत अस्थिरता र असुरक्षाबाट अफगानिस्तान गुज्रिरहेको देख्नु निकै पीडादायी छ । कोभिड १९ को कमजोर व्यवस्थापन, गरिबी र यही समय विदेशी खेलाडीहरूले दिइरहेको धोकाले पीडा थपेको छ । यहाँको जनसङ्ख्या निकै सकसमा छ, भविष्यमा ठिकठाक हुने आशा थोरै मात्र छ ।’
उनका अनुसार अब त्यो अफगानिस्तान रहेन, जो कुनै समय थियो । जो कुनै समय शान्त र सुरक्षित थियो । विकास नभए पनि विश्व राजनीतिमा यहाँको निष्पक्षताको नीतिलाई उच्च सम्मान गरिन्थ्यो । कोही पनि व्यक्ति स्वतन्त्रसाथ शहरभर घुम्न सक्थ्यो, साइकल चलाउनेहरूका लागि शहर घेर्ने ठूला पहाड मात्रै अवरोध थियो । पर्यटकहरूले काठमाडौँबाट यही देशको बाटो हुँदै युरोपको लामो बस टुर समेत गर्ने गरेका थिए । झन्डै चार दशकको अस्थिरतापछि १९७० को दशकको सुरुमा राजधानी काबुलमा अशान्तिको बादल मडारियो र त्यसको छाया देशभर प–यो ।
रातोपाटी डटकममा अनुवादित उक्त लेखमा अमिन शैकालले लेखेको लेखको अंश यस्तो छ ः
इस्लामिक बाहुल्य भए पनि अफगानिस्तानमा विविधता थियो । आधुनिकीकरणको गति सुस्त थियो, तर यहाँको प्राकृतिक सौन्दर्य र मानिसहरूले गर्ने व्यवहारले पर्यटकलाई लोभ्याउँथ्यो । महिला स्वतन्त्रता, छात्र र छात्रा दुबैका लागि प्रारम्भिक, माध्यमिक र उच्च शिक्षाको आधुनिक व्यवस्था, कला–संस्कृति र नाटक तथा यहाँका सञ्चारमाध्यम प्रगतिका मानक थिए ।
असंलग्न अभियानको संस्थापक रहेको यो देश निष्पक्षताको नमुनाका रूपमा विश्व समुदायमाझ परिचित थियो । यस देशका राजदूत अब्दुल रहमान पज्वाक सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष चुनिएका थिए । र, १९६९ मा भियतनाम शान्ति वार्ताका लागि सम्भावित स्थलका रूपमा काबूललाई अघि सारिएको थियो । धेरै युवा अफगानीहरुलाई आफ्नो देशको भविष्य सुन्दर हुने आशा थियो । तर, त्यस्तो भविष्य कहिल्यै आएन ।
१७ जुलाई १९७३ मा सुनौलो भविष्यको आशामाथि तुसारापात भयो, यस दिनले अफगानिस्तानको भाग्य र भविष्यमा चिसो पानी खन्याइदियो । काबुलमा यस दिन ‘कु’ भएको थियो, राजा जाहिर शाहको ४० वर्षे शासन समाप्त भएर गणतान्त्रिक युग सुरु भयो । आधुनिक इतिहासमा यी राजाकै कार्यकालमा अफगानिस्तान सबैभन्दा लामो समयसम्म शान्त र स्थिर थियो । तर, उनका भाइ ९काकाका छोरा० मोहम्मद दाउदलाई यो मन परिरहेको थिएन । उनी आधुनिकताको सुस्त गति देखेर हैरान र बेकाबु थिए, आफूलाई राजाले संवैधानिक जिम्मेवारीबाट बाहिर राखेको रिस पनि थियो ।
लगभग रक्तपातविहीन ‘कु’ मार्फत दाउदले सत्ता हातमा लिए । सोभियत युनियनसँग नजिकको सम्बन्ध राखेका उनले सेनाको बलमा अफगानिस्तानलाई गणतन्त्र घोषणा गरे । उनले कम्युनिष्टहरुको पनि सहयोग लिएका थिए, यी कम्युनिष्टहरुलाई १९५० को मध्यदेखि नै सोभियत युनियनले तालिम र हतियार दिएको थियो । १९५३ देखि १९६४ सम्म अफगानिस्तानको प्रधानमन्त्री छँदा दाउदले सोभियत युनियनसँग मित्रता गाँसेका थिए । शीतयुद्धको यो समय पाकिस्तानसँग उनको सम्बन्ध भने कटुतापूर्ण थियो । डुरन्द लाइनलाई लिएर १९४७ देखि नै पाकिस्तानसँग तनाव कायम थियो ।
शक्ति हातमा लिएर गणतान्त्रिक अफगानिस्तानको प्रमुख बनेपछि भने दाउद केही फेरिए । उनले स्थानीय कम्युनिष्ट र सोभियत युनियनमाथिको आफ्नो निर्भरता कम गर्न थाले । बरु, पाकिस्तानसँग सम्बन्ध सुधारे । सोभियतका विरोधीहरू ईरानका राजा मोहम्मद रेजा शाह पल्लवी र इजिप्टका राष्ट्रपति अन्वर सदातसँग उनले निकटको सम्बन्ध राखे ।
उनले अमेरिकासँग पनि सहयोग मागे, यति बेलासम्म आफ्नो प्रमुख क्षेत्रीय सहयोगी ईरानका शाहले अफगानिस्तानको अनिश्चिततामा खेलिरहेको देखेर अमेरिका पनि दङ्ग नै थियो । दाउदको राजनीतिक उतार–चढाव देखेर मस्को र उसका अफगानी सहयोगीमा अविश्वास बढ्यो । र, यही समय पाकिस्तानले सीमा विवादमा दाउदको दाबीलाई खारेज गरिदियो ।
ईरानी शाहले वाचा गरेको २ अर्ब अमेरिकी डलर सहयोग दिलाउन सकेनन् । इजिप्टका सदातले पनि राजनीतिक सहयोग र प्रोत्साहन दिन सकेनन् । दाउदको योजना अलपत्र पर्यो ।
राजनीतिक स्थिरताको जग बसाल्नका लागि राजतन्त्रले इस्लामिक धार्मिक संस्थापन पक्ष र स्थानीय शक्ति केन्द्र वा बाहुबलीसँग बनाइरहेको सन्तुलित सम्बन्धलाई त्रिकोणीय सम्बन्धलाई दाउदको ढुलमुले नीतिले बिगा७थभलसयो । यही विभाजनको फाइदा उठाएर सोभियत पक्षधरहरूले अप्रिल १९७८ मा रक्तपातपूर्ण सैन्य ‘कु’ गरे ।
उनीहरूले दाउद र उनको परिवारका अधिकांश सदस्यहरूलाई मारे । दाउदका धेरैजसो बफादार कर्मचारीहरू पनि यस घटनामा मारिए । अफगानिस्तानलाई सोभियतसँग भाइचाराको सम्बन्ध राख्ने प्रजातान्त्रिक गणतन्त्र घोषणा गरियो ।
यो अपरिपक्व क्रान्तिका कारण अफगानीहरु मस्कोको सहयोगमा धेरै निर्भर भए, जसकारण २० वर्षपछि सोभियत युनियनको हस्तक्षेप निम्तियो ।
यस घटनापछि अफगानिस्तानमा प्रतिरोध सुरु भयो । धेरै इस्लामिक समूहहरू मिलेर बनेको मुजाहिद्दिनले सामाजिक रूपमा विभाजित अफगानी समाजको स्वभावलाई उजागर ग७थभलसयो । हस्तक्षेपले अमेरिकालाई पनि उद्भूत अवसर मिल्यो ः उत्तरी भियतनाममा सोभियतले सहयोग गर्दा अमेरिका एक दशकअघि जसरी हारेको थियो, त्यसको मूल्य मस्कोलाई चुकाउन बाध्य गराउने यो राम्रो मौका थियो ।
भर नभएका पाकिस्तानी सहयोगीमार्फत अमेरिकाले मुजाहिद्दिनलाई सहयोग ग७थभलसयो, अहमद मसुद शाहजस्ता अफगानी प्रतिरोध अभियानका कट्टरपन्थी इस्लामिक तथा राष्ट्रवादी नेताको सहयोगमा अमेरिकालाई शीतयुद्ध युद्ध जित्न सहज भयो । यी कमान्डरले पहिले सोभियतसँग हिंस्रक रूपमा लडे । त्यसपछि पाकिस्तानको समर्थनप्राप्त तालिवान र उनीहरूका अलकायदा सहयोगीहरूसँग लडे ।
सोभियत पराजित हुनुको अर्थ आफ्नो मिशन पूरा भयो, सोभियतले छाडेपछिको सङ्क्रमणकालीन अफगानिस्तानमा आफ्नो संलग्नता आवश्यक छैन भन्ने अमेरिकालाई लाग्यो, यो महँगो पर्न गयो ।
यसपछि मुजाहिद्दिनले आफ्ना बन्दुकहरू एकअर्काविरुद्ध तेर्साए, पर्दा पछाडिको मुख्य खेलाडी पाकिस्तान थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हमला गर्नुभन्दा ठिक दुई दिनअघि अलकायदाका एजेन्टले मसुदको हत्या गरेका थिए, यस हमलापछि अमेरिकी सैनिक अफगानिस्तानमा घुसे । अमेरिकाको स्पष्ट लक्ष्य अलकायदा र उसलाई हुर्काउने तालिवानलाई ध्वस्त गर्नु थियो ।
अमेरिका र उसका अफगानी सहयोगीहरू यो लक्ष्य हासिल गर्दै अफगानिस्तानलाई रूपान्तरण विकासको कोर्समा लैजान असफल भए, उनीहरूले धेरै खाले संकट व्यहोर्नुप७थभलसयो , जसको धक्का र कठोरतालाई कहिल्यै कम आँक्न मिल्दैन ।
द्वन्द्वअघिको अफगानिस्तानको शान्ति गुमिसकेको छ । अमेरिकी र उसका सहयोगीहरू हारेर फर्किएका छन् । जसरी उनीहरूले भियतनाम छाडेका थिए । र, नव कट्टरपन्थी तालिवानले प्रमुख शहरहरु कब्जामा लिइरहेको छ ।
लडाकुहरूका प्रतिस्पर्धीहरू, विशेष गरी महिलालाई आफ्नो जीवनको त्रास छ । मानिसहरू घरबार छाडेर भागेका छन् । विदेशी भूमिमा पनि शरणार्थीको भीड बढ्ने देखिएको छ ।
यो लडाई चाडै सकिने अपेक्षा कसैको गरेको छैन । अहिले तालिवान हाबी छ । तर, अफगानिस्तानका नेताहरूले नसके पनि सर्वसाधारण जनताले सधैँ कठिन अवस्थामा विखण्डनकारीहरूसँग प्रतिरोध गरेको इतिहास छ । पुरातनवादी कट्टरपन्थीहरुविरुद्ध यस पटक उनीहरूले आफ्नो रक्षा गर्नै पर्छ ।
एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री