ज्ञानु घिमिरे
शनिबारको दिन करिब बिहानको ६ बजेको हुन्छ । सुनसान बिहान झ्यालबाट आँखैमा घामको झुल्को मै माथी परेको आभास हुन्छ, म हत्तपत्त उठेर बिस्तरा नि राम्रो नमिलाई एना नजिकै राखेको कालो मास्क लगाएर तरकारी किन्न फिदिम बजार निस्कन्छु । साउनको महिना मुठी खाएर मुरी उब्जाउने सिजन मानिसहरु खेतिपाती मै ब्यस्त हुन्छन् । गाउँबाट सहर विभिन्न कारणले बसेका मानिसहरु पनि यो बेला गाउँ नै फर्किन्छन् । बजार सुनसान छ । हतार मनस्थितिमा बजार निस्केर एक मुठो इस्कुसको मुन्टा, आधा÷आधा केजी प्याज र टमाटर लिएर कोठा फर्कदै थिए उताबाट ‘भाइ मास्क खै ?’ आबाज आउँछ । म हत्तपत्त उता नजर लाउँछु, त्यहाँ चार जना छोरा मान्छे मास्क नै नलगाई बजार निस्किएको दृष्य आँखाले कैद गर्न भ्याइहाल्छ ।
हतारमा अर्काेतिर हेर्दा नेपाल प्रहरीका जवानले प्रश्न गरेका रहेछन् । म अलिक पर्तिर गएर ती चार भाइ र प्रहरी जवानलाई नियाल्छु । प्रहरी बाटो पार गरेर वारी केटाहरु भएको ठाउँमा आइपुग्छन् र पुनः भन्छन् ‘तपाईँहरुको मास्क खै ?’ केटाहरु एकले अर्काेलाई हेछर्न् । यँही परसम्म मात्र हो सर भन्ने जवाफ आउँछ । ‘यतिको बुझ्ने मान्छेलाई कति भन्नु हजुर आफ्नोलागि आफैं सुरक्षित भैदिनु न’ प्रहरीले सुझाव दिन्छन् । त्यहाँबाट आइन्दा मास्क नलाई निस्केको देखेमा सजायँ हुने कुरा सुनाउदै प्रहरीले चार भाइलाई नि पसलमा मास्क किन्न लगाउँछन् ।
बल्ल उनीहरु मास्क लगाएर लुसुलुसु हिड्न थालेपछि म आफ्m्नो गन्तव्य तिर लाग्छु । बिहानै चिरिक्क चर्केको घाम, रातो माटोमा चिप्लो फिदिम बजारको बाटो ओहो ! बिस्तारै हिड्नु है बैनी । बाटोमा चिनेको एकजना दिदी मलाई जिस्क्याउँदै बजार निस्किन्छिन् । म हाँस्दैहाँस्दै हुन्छ भन्ने जबाफ दिन्छु । रुममा आउँदा करिब ७ बजेर १० मिनेट बितेको हुन्छ । म खाना पकाइवरी खाएर रातभरिको पानीले नेपाल पत्रकार माहासंघ पाँचथरको भवनमा कुनै क्षति पुग्यो कि भनेर केही क्षति भयो कि भनेर शनिबार नै भएपनि निस्कन्छु ।
शनिबार फिदिम बजार बन्द त्यसमा पनि कोरोनाको प्रकोपले बन्द भएको बजार सुनसान र बिरक्तलाग्दो देखिन्छ । अघिपछि मानिसको चहलपहल धेरै देखेकाले होला यो बेला मलाइ आफू फिदिममा नभएर कतै गाउँको एकान्त अनि सुनसान जङ्गलमा गएर बसेको आभाष हुन्छ । घर रुख, बुट्टा अनि पिचरोड जङलको बाटो झैं कल्पना गरिरहेको हुन्छु ।
करिब ११ बज्न लागेको रहेछ । म पुरानो बर्सपार्क हुँदै महासंघ अफिस जाँदै हुन्छु । अकास्मात मेरा नजर सडक नजिकको भीडमा रोकिन्छ । चारैतिर केटाहरु उभिएका हुन्छन् । ला ! के भएछ भन्ने मनमनै सोच्दै दिदी त्यहाँ के भएको हो भनेर नजिकै उभिएकी दिदीलाई सोध्छु । दिदीले मुस्कुराउँदै क्यारेमबोर्ड खेलेको नानी ! भन्ने उत्तर दिनुहुन्छ ।
ओहो ! यति धेरै मान्छे छन् त ! म अझ स्पष्ट हुनखोज्छु । ६ जना खेल्ने अरु हेर्ने दिदीले सहजै उत्तर दिनुभभयो । त्यसबेला मेरो मस्तिष्कमा झट्ट धेरै कुराले डेरा जमाइसकेको हुन्छ । न मास्क न सामाजिक दुरी ओहो ! के मानिसले आफ्नो आयू घटाएकै हो त ?
यसको उत्तर के म ती क्यारेम खेल्ने लाई गएर सोधौं म ‘दाइ किन यो माहामारीमा जोखिम झन् बढाएको भनेर ?’ के म प्रहरीलाई खबर गरौं ? कि आफंै गएर प्रशिक्षण दिउँ मास्क लगाउ, भीडभाड नगर भनेर ? दिमागले यस्तै सोच्दै हुन्छ । त्यतिबेलै मस्तिष्कले भन्यो यिनीहरुलाई यो सब कुरा थाहा नहोला र ? पटकपटक सबैले गर्दै भन्दै आएको कुराको यिनीहरुलाई जानकारी नहोला र ? पक्का हुनु पर्छ । म आप्mनो बाटो हिड्नु नै ठिक हुन्छ भन्ने सोच्दै उकालो लाग्छु । करिब पाँच पाइला माथि पुगेर क्यारेम खेल्ने र हेर्ने कति रहेछन् मलाइ गन्न मन लाग्छ र मनमनै गन्छु । त्यहाँ खेल्ने ६ जना र हेर्ने ७ जना गरि १३ जना रहेछन् । मेलामा रोटेपिङ खेल्नका लागि टिकटमा झुम्झिए झैं उनीहरु झुम्मिरहेका थिए ।
ए राम ! कोरोना त हामीलाई मात्र पो लाग्ने रहेछ भनेर मनमनै भन्दै उकालो चढ्छु । माथि पुगेर सिंढी चढ्नै लाग्दा दुईचार सेल्फी लिएर मात्र चढुँ भन्ने लाग्छ । त्यतिकैमा तलतिरबाट मर्यो भन्ने आवाज आउँछ । आवाज क्यारेम खेल्ने र हेर्नेहरुको भीडबाट आएको थियो । आफैंलाई प्रश्न गर्छु ‘किन मानिस यति धेरै अटेरी भएका होलान् ?’ म आफ्नै बाटो लाग्छु ।
मेरो मनमनै लाग्दै थियोे कि साँच्चिकै कलियुग आएछ । यो कलीको उपभोग गर्दागर्दै नेपाली युवाहरुलाई प्रकोपले कहिले सिध्याउने हो थाहा हुन्न । आजभोलि दिन प्रतिदिन जुबातास, डिस्को तथा अन्य गलत काम र दलदलमा नेपाली युवाहरु फसेको उदाहरण हाम्रो समाजमा देखिएकै छ । यस्ता कारण जोस र होसको ठेगान नहुने कतिपय युवाले त आफंै आत्माहत्या गरेका उदाहरण पनि देखेसुनैकै छन् । कोभिडको बेला सरकारले ‘नो मिट’ नीति लिएको भएपनि युवाहरुलाई भने उत्सब झैं भएको देखिन्छ ।
स्थानीय प्रशासनले देख्ने गरी मात्र मुख छोप्न लगाइएका मास्कले व्यक्ति आफूलाई मात्र होइन नजिकको परिवार र छिमेकीलाई समेत गम्भीर असर गर्नबाट जोगाउँछ । मास्क नलगाउँदा समुदाय नै प्रभावित हुने गरेको छ । दिनदिनै बजार क्षेत्रमा कोरोनाको प्रकोप फैलिरहेको बखत अझ पनि पुरानै कुरा मास्क लगाउँ, भीडभाड नगरौं । आफू सुरक्षित रहौं अनि परिवार सुरक्षीत बनाउँ भन्दै हिड्न प्रहरी प्रशासनलाई चोकचोकमा मास्क सेनिटाइजर बाँड्न भ्याइनभ्याई छ । यो देख्दा जानेबुझेकै कुरालाई किन भन्नू भन्नेपनि लाग्दो हो ।
तर, अब मास्क लगाऊ भीडभाड कम गर भन्नु भन्दा नियमको पालना नगरी जानिबुझी अरुलाई समेत जोखिम बनाउने मानिसलाई कारवाही भागिदार बनाउने अवस्था देखिएको छ । हाल सरकारले आफ्ना नागरिकको उमेर बिभाजनमा खोपको पहल गरिरहेको छ । त्यहाँ पनि पहुँचबालाको हालीमुहाली देखिन्छ । स्वास्थ्य मापदण्डको पालना नै नगरी सचेत नागरिक समेत खोप केन्द्रमा आप्mनो पहुँच र पावर प्रदर्शन गर्न भ्याइनभ्याई देखिन्छन् ।
एकातिर दिनदिनै मास्क लगाउँ भन्दै हिड्ने जिम्मेवार निकायलाई समेत खोप दिन आनाकानी तथा केरकारको स्थिति देखिन्छ । अर्काेतिर एक कल फोनका भरमा उमेरको हद नै नहेरी खोप गायब हुने गरेको समाचार सुन्नु परेको छ । सरकारले ढिलो चाडो सबै नागरिकलाई खोप दिने भन्ने कुरा गरिरहेको छ । यही बेला खोप केन्द्रमा लफडा गर्नेहरुले फुर्सद नपाएझैं देखिन्छ । जानीबुझी अटेर गरी स्वास्थ्य मापदण्डको पालना नगर्ने जो कोहिलाई अब सचेत गराउन आवश्यक छैन । त्यसैले मलाइ लाग्छ अब पनि मास्क लगाउ भन्न जरुरी देख्दिन ।
अहिले को समय सान्दर्भिक कुरा उठायौ
समय सन्दर्भिक लेख दिदि