विराटनगर । नेपाल कराते महासंघ पोखरिया कराते डोजो विराटनगरको २६ औं वार्षिक उत्सव मनाएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम बिच कराते डोजो विराटनगरको वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा विराटनगरका तीन वटा लायन्स क्लबहरु युनिक, ग्रीनसिटि र हलेसीले संयुक्त रूपमा डोजो सङ मिलेर केक काटेर वार्षिक उत्सव मनायो । सोही अवसरमा लायन्स नित्तम चौहानले ५० हजार मुल्य बराबरको कराते खेल सामाग्री र दस जना खेलाडीहरूलाइ कराते ड्रेस बितरण गरियो । पोखरिया कराते डोजोका निसान खाति २०७७ सालको डोजोको उत्कृष्ट खेलाडी घोषित भइ नगद प्राप्त पनि गरेका छन् ।

