पाँचथर । २०४५ सालमा तत्कालीन राजाको राजाको श्रीपेच राखिएर निर्माण गरिएको गेट प्रजातन्त्रको स्थापन भएपछि २०६३ साल फागुनको १५ गते लिम्बुवान जनआन्दोलनले नाममा परिवर्तन गरायो ।

लिम्बू आन्दोलनपछि गेटको स्वरुप र पहिचान नै परिमार्जन गरि लिम्बू जातीय पहिचान र संस्कृतिलाई जोडेर कलात्मक रुपमा यस्को नामाकरण गरिएको हो । लिम्बू जातिको अत्याधिक बसोबास रहेको पाँचथर जिल्लामा लिम्बूवाको ऐतिहासिक परम्परा र जातीय पहिचान झल्काउन यस्ले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । नेपाली, अग्रेजी र लिम्बू भाषामा लिम्बुवान राज्यमा स्वागत गर्दछौं भनि गेटमा लेखिएको छ । गेटको नाम नै लिम्बूवान गेट भनी चिनीने गरिएको छ । लिम्बूवान आन्दोलनको उर्भर भूमि पाँचथर जिल्ला हो । एक अध्यान अनुसार ४१ प्रतिशत लिम्बू समुदायको बसोबास भएको पाइन्छ । यहाँका अधिकांश क्षेत्रमा लिम्बू भाषा बोलीचालीकै रुपमा प्रयोग गरिने गरिएको छ ।

यसका कारण नेपालमा प्रजातन्त्र आएपछि लिम्बूवान आन्दोलनका अभियान्ता दिलेन्द्र कुरुङवाङको संयोजनमा सो गेटमा लिम्बूवान गेट भनेर नामाकरण गरिएको
साहित्यकार तथा लिम्बू संस्कृति अभियानता मधुराज केरुङ बताउछ्न  । बर्तमान अवस्थामा यो गेटको चर्चा र रहस्य निकै बढेको छ । फिदिम बजारको मेनरोडमा अवस्थित गेटको सिरानमा हात जोडेएर नमस्कार गरेको फोटो, (सिलाम साग्मा) दुर्घटनाबाट जोगाउँछ भन्ने धारणाको अंंकित चिन्ह, (च्याङ्ब्रुङ) लिम्बूहरुको प्रमुख बाजा, (सेक्मोरीफुङ) मानवीय जीवनको प्रतिक फूलको चिह्न पूर्वका नौ जिल्लाको नक्सा आकर्षक कलात्मक रुपमा सजिएको देखिन्छ ।

गेटमा पाँचथर आएका आन्तरिक तथा वाह्य पर्यटकले गाडीबाटै ओर्लिएर यसको ऐतिहासिकता बारे सोध्ने र तस्बिर खिचाउँदै रमाइलो गर्ने गरेको कुरा सुनाउछिन् गेट छेउमा ब्यबसाय गर्दै आएकी कबिता सार्की ।

लिम्बू जातिको ऐतिहासिकता र विभिन्न प्रतिक तथा मिथकहरुको प्रयोग गरिएर कलात्मक ढङगमा प्रस्तुत गरिएको गेट निकै आकर्षक देखिएको छ । रैथाने लिम्बूहरुको बसोबास रहेको यस क्षेत्रमा आन्दोलन चर्किएको समयमा यस्को नाम लिम्बुवान गेट भनि नामाकरण गर्दा कतैबाट हस्तक्षेप तथा विवादसमेत नआएको केरुङ बताउछ्न् । मेची राजमार्गको सदरमुकाम फिदिमस्थित मुख्य सडकमा रहेको गेटमा जिल्लाका विभिन्न स्थानमा जाने गाडी समेत यही बाटो भएर जाने गरेका छ्न् ।

यसको अवलोकन र ऐतिहासिकता बारे बुझ्न देशका विभिन्न क्षेत्रबाट आएका आन्तरिक र बाह्य पर्यटकहरुले यस्को एेतिहासिक महत्व बारे जिज्ञासा राख्ने गरेको पाइन्छ ।