विराटनगर । पुरानो जग्गा विवादको विषयलाई लिएर रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा केही घर र आठ वटा मोटरसाइकलमा आगजनी भएको छ ।
झडपका क्रममा घर तोडफोड गरेको दृष्श्यका कारण हृदयघात भई एक एकजना वृद्धाको ज्यान गएको छ ।
झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएको प्रहरीले जनाएको छ । जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो ।
सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठ वटा मोटरसाइकलमा आगजनी पनि भएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताइएको छ ।

