विराटनगर ।  विराटनगर – १६ दरैयास्थित जनता अध्ययन केन्द्रको लायन्स क्लब अफ विराटनगर पाथिभराले एक कोठे नयाँ भवन बनाइदिएको छ । दरैया बस्तीका मुसहर समुदायका बालबालिकाहरुलाई पठनपाठनमा सहज पु¥याउँने उद्देश्यले क्बलले बनाइदिएको भवन मल्टिपल काउन्सील प्रमुख राजन खत्रीले उदघाटन गरि मंगलबारदेखि संचालनमा आएको हो ।

जनता अध्ययन केन्द्रमा विद्यार्थीहरुको चाप बढेर कक्षा अभावमा पठनपठानमा समस्या भएको जानकारी पाएपछि क्लबको आर्थिक सहयोगमा एक कोठामा भवन निर्माण गरि उद्घाटन गरेको क्लवकी अध्यक्ष गंगा खतिवडा (शाह) ले जानकारी दिइन् । उक्त अध्ययन केन्द्रको ५ लाख ५० हजार रुपैयाँ लागतमा भवन निर्माण भएको हो । मनकारी क्लबको सहयोगमा विद्यालयको भवन निर्माण भएपछि बालवालिकाहरुलाई पठनपाठनमा सहज हुने भएको छ ।  भवन उदघाटन कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए–वानका डिस्ट्रिक गभर्नर बहादुर कार्कीको सहभागिता रहेको थियो ।