विराटनगर । युरोकप २०२० को समूह डि को बिजेता बन्दै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा १–० गोल अन्तरले पराजित भएपनि चेक रिपब्लिक नकआउट चरणमा पुग्न सफल भएको छ ।
मध्यराति भएको खेलमा रहिम स्टर्लिङको गोलको मद्दतले इंग्ल्याण्डले चेक रिपब्लिकलाई पराजित गर्दै ७ अंकसहित समूह बिजेता बनेको हो । इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । अक इंग्ल्याण्डले समूह एफको उपबिजेतासँग प्रतिष्पर्धा गर्ने छ ।
यसअघि भएको पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि स्टर्लिङले नै गोल गरेका थिए । इंग्ल्याण्डल स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो ।
अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बनेको छ । ३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

