‘अनलाइन खेलमा फसेका हाम्रा भविष्यका कर्णधारहरू’

 सन्तोष आचार्य

” हिजोआज संसारमा मानिसहरू यति धेरै व्यस्त भए‌ कि जसले मानिसहरूको जीवनशैली नै अस्तव्यस्त बनाइसक्यो । हामी प्रविधि र टेक्नोलोजीको नाममा यति धेरै दास भैइसक्यौ कि छिमेकीको खबरखाबर ,सन्चो बिसन्चो त परै जाओस्, एउटै घरमा एक कोठा र अर्को कोठामा परिवारको सदस्य बोल्न पनि प्रबिधि को च्याटमा बानी परिसकेका छौ । घरमा कोही आफन्त आए भने केटा केटी मोबाइल देखि टाउको उठाउन फुर्सद नभएर आफन्त्व दिनानु दिन आफु -आफुमा अपरिचित हुदै छौ ।

महगाइ‌, देखासिकी र अनिश्चित भविष्यको कारणले होला हामी मानिस यति धेरै दौड धुप मा लाग्यौ कि हामी मानिस मानिस नभएर एक मेशिनको रुपमा आफुलाई परिस्कृत गर्दै गइरहेका छौ । त्यहि भित्रको ‘ म ‘ एक प्रतिनिधि ‌पात्रको‌ एक फरक कहानी :

सदाझैं को समय तालिका अनुसार म विहानै ‌आफ्नो कार्यालय हिडे , विहानै मेरो भतिजो म भन्दापनि अघि नै उठिसकेर ढोका छेउमा बसेर काका मलाइ आज रु १०० दिनु न मेरो परिक्षामा राम्रो अंक आएकोले साथीहरुले स्कुलको टिफिनको समयमा नास्ता खुवा यस खुशीयालीमा भनेका छन् । मैंले सफलताको शब्दमा नै रमाएर केहि नबोली पैसा दिएर आफ्नो काम तिर लागे । अर्कोतर्फ दैनिक नास्ताको लागि भनि नास्ता खर्च पनि दिने गरेको थियो ‌। सफलताको कहानी ‌म मा मात्र नटुङिएर उसको बुबा , हजुरबुबा सबैलाई एउटै सुनाइ हरेकबाट पैसा लिएको रहेछ । सबैजना जागिर र ब्यापार मा जाने ब्यस्तताले होला कसैले त्यस को प्रतिउतर नगरी नबोली पैसा दिनुभएछ ।

वास्तवमा पैसाको आवश्यकताको शिर्षक उसको अलिक फरक रहेछ । उसलाइ आज अनलाइन खेल अन्तर्गत हाल चर्चामा रहेको PubG र Free Fireअनतर्गतको Freefire खेलको लागि ‘डाइमन्ड’ किन्नको दाउ रहेछ । डाइमन्ड एक खेलको हिस्सा रहेछ जुन अनलाईन प्रविधिबाट खरिद गरि खेलभित्रै बिभिन्न उपकरण र अन्य खेल सामाग्री खरिद गर्ने तरिका रहेछ । स्कुलमा साथीलाई अनलाइनबाट किन्न पाइने उक्त डाइमन्ड मेरो घरमा अलिक टाइट छ भनेर साथीलाइ सहयोग गरे नास्ता खुवाउने प्रमिसको आदानप्रदान भएछ । केहि दिन पछि, यो क्रियाकलाप अलिक फरक ढंगबाट फेरि दोहोरियो, पहिलाको जस्तै बिहानै काका आज तपाइको सगै काम गर्ने अभिषेक काकाको छोराको जन्म दिन हो । गिफ्ट किनेर दिन्छु, वर्थ डे मा पनि बोलाएको छ, बाबा/आमाले न जा भन्दै हुनुहुन्छ काका पिल्ज दिनुन अरु सबैले लिएर आउछन् , राम्रो -राम्रो मलाइ लाज हुन्छ ,यति भनेपछि मेरो जागिरमा जाने समय ढिलो भैसकेकोले कुनै ‌प्रतिपाद नगरि रु ५०० दिए । मैंले दिएको रकम कतै अत्तोपत्तो नभई फेरि बिहान स्कुल जानेबेलामा भतिजले झगडा गरेछ र दाजु भाउजुले भाइकै साथीको छोरा भनेपछि त्यहाँ बाट पनि पैसा पास भएछ । अब, भतिज हिजो खेलको लागि १०० डाइमन्ड किनेको आज ५०० डाइमन्ड किन्न तम्सिएछ । घरमा सबैभन्दा सानो सदस्य भएर होला कसैले पनि उसका आकांक्षामा अंकुश ‌लगाएको थिएन । बेलुकीको समय सबै जनाको मोबाइल भतिज प्रयोग गर्दो रहेछ, खेलकै लागि ।

कोरोना भाइरसले संसार आक्रान्त ‌पारेकोले स्कुलले पनि भौतिक कक्षा संचालन नगरेर अनलाइन ‌प्रबिधिलाइ अघि सार्यो । घरमा रहेको एउटा ल्यापटप भतिजी SEE दिने म हो भन्दै आफूतिर लगिन र भतिजोलाई छुटै मोबाइल किनिदिनु पर्ने अवस्था आयो‌। ल्यापटप ‌किन्ने सोच त थियो तर बजारमा अनलाइन हुने बितिकै ‌यति धेरै ‌माग बढेछ , कालोबजारीले प्रशय पाइ बजारमुल्य आकासिएछ । सम्बन्धित निकाय त्यसमा पनि बेखबर रहयो र खरिदको लागि मोबाइल किन्ने निर्णय गरियो । अब त झन मोबाइल जतिखेर पनि आफ्नै हातमा र कन्ट्रोलमा हुने भएपछि, खाली अनलाइन खेलकै धावन्ति हुन थालेछ । घरमा हजुरबुबा हजुरआमाले मोबाइल कति चलाएको भनेर प्रश्न गर्दा स्कुलको सरको दिउसो लाइन गयो त्यहि भएर फरक समय छ भनेर प्रश्न भुइँमा नखसदै उतर आएछ, होला तानि भन्दै,‌केहि बोल्नु भएनछ ।

भतिज अनलाइन खेलमा यति धेरै डुबिसकेछ कि, पैसा माग्दा अब घरमा थाहा हुन्छ, बाहना बनाउन मुस्किल छ भनेर टिफिन खान दिएको पैसा ‌केहि पनि नखाई भोकै बसि बचत गर्न थालेछ र अनलाइन खेलको आवश्यकता अनुसार सामाग्री किन्न थालेछ । दिनानुदिन भोक भोकै रहि कमजोर हुँदै गएको मेरो भतिजको एक दिन स्कुलको बाटो हिड्ने क्रममा पानि पर्यो र औत लाग्ने क्रममा त्यहि स्कुल भित्र पसे । त्यस स्कुलको प्रिन्सिपल किन्जल सर पनि त्यहि हुनुहुदो रहेछ । मलाई देखेर, आफै कार्यकक्षमा बोलाउनुभयो र भतिजको पढाइको बारे गुनासो सुनाउनुभयो । तपाइँ कलेजमा पनि अध्यापन गराउने सर मैले हजुरलाई के भन्नु ,” तपाइँ को भतिज पढ्नमा यति धेरै कमजोर छ , यस्तो पारा हो भने SEE मा के गर्ला ” , प्रतिउत्तरमा अस्ति बिहान उत्कृष्ट भए भनेर पैसा लगेको सम्झेर मलाई त स्कुल प्रथम भए‌, पाटि दिनुछ भनेर पैसा लगेको थियो त । हास्दै भन्नुभयो, बेबकुफ बनाएछ, नास्ता पनि साथीहरुसग उनिहरुकै बाढेेर खान्छ । रिपोर्ट ‌कार्ड म तर्फ तेर्स्याउदै हेर्नुस त तपाईको ‌बच्चाको‌ ३ वटा त्रैमासिकको‌ प्रगति विवरण, सबै स्टार बाहेक केहि थिएन । म त झाखाबाट खसे जस्तै भए, धन्न पानी ठिक ठाउँमा आएको बेला परेछ, भनेर माथी तिर फर्केर धन्यवाद टक्र्याए ।

घर पुग्ने बित्तिकै दाजुलाई सोधे दाजु भतिजलाइ खाजा खान किन दैनिकी छुटाउने गरेको । दाजुले कहा हो र, टेवलमा जहिले पैसा राखिदिने गरेको छ , बढि नै आजसम्म त टुटे जस्तो लागेन । सबै बृतान्त स्कुलको सुनाएपछि दाजु रिसाएर उसकै कोठामा पुगेर बजाउनु भएछ । कुट्नु समाधान होइन भन्ने लागि सबै परिवार मिलेर भतिजलाई सम्झायौ र एक अर्कालाई जानकारी ‌पनि दियौ । नाम नभन्ने शर्तमा पोल खुल्दै गयो, त्यो मेरो साथीको छोराले पैसा नदिएपछि उसको ममीको ब्यागबाट खेलकै लागि रु १० हजार पैसा चोरेको रहेछ । छिमेकी भातिजले अनलाईन खेलमा ३० हजार खर्च गरिसकेछ । पोल खुलेको नामको अभिभावकलाई मैंले फोन गरेर जानकारी गराए । अझै, कति पोलखुल्न बाकि छन्  । हाम्रा नानीहरू , बेलेमै सतर्कता नपनाए भोलि यसबाट हुनसक्ने दुखद घटनाको परिणाम नराम्रो आउन सक्छ ‌।

हामीले‌ स्कुलमा पैसा दिने बानी लगाउदा यस्तो परिणाम दोहोरिन सक्ने भन्ने ठानेर पैसा दिने कामलाइ निरुत्साहित गर्यौ । घरबाट नै खाजा हालेर पठाउन थालियो स्कुलको जंग फुड पनि हट्ने भयो । छुट्टीको समय र फुर्सदको समय बढी भन्दा बढि केटाकेटी सँग बिताउन थाल्ने गरियो । उसका कृयाकलापमा सहभागिता राख्न थालियो । समय मिलाएर स्कुलमा उसको पढाईको प्रगती विवरण बुझ्न थालियो । पढ्ने बेलामा कहिले घरको टिभि खुलेन, सँगै सहयोगी भएर नजिकै बसेर अभ्यास गराउन थालियो । SEE को रिजल्ट पनि आएछ, भतिजको A+ आएछ, सबै दंग , प्रिन्सिपल सरले फोन गर्दै चिया खाने निम्तो‌ दिनुभयो र भन्नु भयो, ” सर तपाइँको भतिजले +२ हाम्रै बाट गर्नुपर्छ……”

विराटनगर-०३
पुष्पलाल चोक

(santoshacharya327@gmail.com)

मङ्गलबार, ०८ असार, २०७८

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर