विराटनगर । सामाजिक कार्यमा सक्रिय लायन्स क्लब अफ विराटनगर ग्लोबलको नयाँ नेतृत्व चयन भएको छ ।
विराटनगर–८ का यूवा समाजसेवी मोहम्मद नसरुलको अध्यक्षतामा क्लबको नयाँ नेतृत्व चयन भएको हो । शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच क्लबको पदभार हस्तान्तरण भएको हो । यसअघिका अध्यक्ष अजय कुमार अधिकारीले मोहम्मद नसरुलाई वर्ष २०२०–२१ का लागि क्लबको पदभार हस्तान्तरण गर्नुभएको हो । नयाँ अध्यक्षको पदभार ग्रहण गर्नुभएका नसरुलले संस्था मार्फत हुँदै आएका समाज सेवाका कार्यहरुलाई थप जिम्मेवारीपुर्वक निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै नेतृत्व हस्तान्तरण र ग्रहण कार्यक्रमकाबिच शनिबार भने १ सय १० जना गरिब तथा विपन्न वर्गलाई राहत स्वरुप खाद्यान्न समेत वितरण गरिएको थियो । क्लबले निषेधाज्ञा प्रभावित रिक्सा तथा ठेला चालक, अपाङता भएका व्यक्ति तथा एकल महिला र अभिभावक विहिन बालबालिकालाई लक्षित गर्दै राहत सामाग्री वितरण गरेको थियो ।
कार्यक्रममा भने लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ ए वानका पूर्व गर्भनर लिलाकुमार ढुङ्गेल र जोन चेयर पर्सन अनुजा कोइराला लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

