विराटनगर । मोरङको जहदा गाउँपालिकामा सामाजिक कार्य गर्दै आइरहेको सामाजिक संस्था लक्ष्मीनिया युवा क्लबले ३८ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

अघिल्लो वर्षको लकडाउन सुरु भएदेखि राहत सामग्री सहयोग गर्दै आएको क्लबले यसपटक पनि जहदामा राहत वितरण गरेको हो ।

प्रतिपरिवार २५ किलो चामल,३ किलो दाल, २ लिटर तेल, ३ किलो पिठो, ५ किलो आलु, एक बोरा भुजा, २ किलो नुन, २ किलो चिनी, साबुन मास्क लगायत सहयोग गरेको क्लबले जनाएको छ। आवश्यता र स्तिथि देखेर प्रतिपरिवार ३० देखि ५० किलो सम्म चामल एक परिवारलाई सहयोग गरेको हो ।

क्लबले राहत वितरणको साथसाथै कोरोना संक्रमितको घर निर्मलीकरण, सचेतना कार्यक्रम, मास्क तथा साबुन र सेनिताइजर वितरण, होम आइसोलेसनमा बसेकाहरुलाई फोनबाटै क्लबको मेडिकल टिम तथा बिराटनगरका प्रख्यात चिकित्सकसंग परामर्शको सुविधा पनि दिएको छ ।
क्लबका अध्यक्ष नितेशकुमार साहका अनुसार कोरोनाको दोश्रो लहर सुरु भएदेखि क्लबले अहिलेसम्म १००५ किलो चामल, १०० किलो दाल, ७४ लिटर खाने तेल, ५८ किलो नुन, १२२ किलो आलु, २५ बोरा भुजा, ३२ किलो पिठो, ३२ किलो चिनी, ५० पिस साबुन र ३००० भन्दा बढी मास्क वितरण गरिसकेको छ।