बेलबारी । नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ ।

बेलबारी नगरपालिकाको प्रांगणमा फलफुलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस मनाएको हो ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले आप, स्ट्रोवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन् । विरुवा रोप्दै स्काउटका संरक्षकसमेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रशंसा गरे । नगरपालिकासँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन गर्ने गरेको छ ।

स्काउट बेलबारीका संयोजक बादल देवानका अनुसार बेलबारी र सुन्दरहैचामा पनि बृक्षारोपण गरी स्काउट स्थापना दिवस मनाइएको छ ।