पाँचथर । जिल्लामा बिगत ३ वर्ष यता फौजी किराको आतंक बढ्दै गएपछि प्रमुख खाद्यान्न बाली मकैको उत्पादनमा गिरावट आएको।
सुरुमा मकैको पात छिद्रा हुने, त्यसपछि मकैको गुभोमा धमीरो जस्तो देखिने स–साना किरा आएर गुबो नै खाइदिने फैजी किराले मकै नष्ट परेको हो । पहिले एक दुई बोटमा देखिने गरेको भएपनी केहि दिनयता पुरै खेतीमा फैलिने गरेको किसानहरु सुनाउँछ्न् ।
बिगत वर्षमा मकै दोहोर्याउने बेलामा फौजी किरा देखिए गरेको थियो । यो वर्षबाट मकै उम्रन थालेपछि नै किरा देखापरेको छ । बिषादी लगाए पनि राम्रो उत्पादन हुने छाँट छैन । फागुनन्द गाउँपालिका १ का किसान दहमान आङ्देम्बे गुनासो पोख्छ्न्।
जिल्लाको धान पछिको प्रमुख खाद्यान्न बाली रहेको मकै फैजी किराको आहारा बन्न थालेपछि मकैको बिउ नै मासिन थालेको गुनासो पोख्छ्न् तुम्वेवा गाउँपालिका किसान हर्क तामाङ । तामाङका अनुसार दुई वर्ष पहिले मकैको बीउ मासिएपछी छिमेकी मिक्लाजुङ गाउँपालिका बाट बीउ ल्याएका थिए । उनी भन्छ्न् ‘पटक पनि बीउ समेत निकाल्न मुस्किल छ ।’
तीन वर्ष पहिला मकै ८० देखि ९० रुपैयाँ प्रती पाथी पाइन्थ्यो । किराको प्रकोप देखिनथालेपछि १६० रुपैयाँ पाथी पर्ने थालेको छ कुम्मायक गाउँपालिकाका किसान रोहित भट्टराई भन्छ्न् ‘पहिले ८० रुपैयाँ पाथी बेचेको थिए अहिले १६० रुपैयाँले समेत किन्न पाएको छैन ।’
मनिस लगायत घरमा पालिने पशु चौपाया भैंसी, सुगुर, कुखुरा आदिलाई पु¥याएर पनि वर्षको १० देखि १२ मुरी बेच्ने गरेको थिए हिलिहाङ गाउँपालिकाका किसान कुलदिप रसाइलीले तर अहिले उनकामा आफैंलाई पुग्ने मकै पनि उत्पादन हुन छोडेको छ ।
यता फिदिम नगरपालिकाका भीम राईले खेतलाई समेत मासेर मकैको व्यवसायिक खेती गरेको सुनाउदै भन्छ्नू ६० रोपनीमा खेती लगाएको थिएँ किराको प्रकोप देख्दा बीउ समेत उठाउन नसक्ने अबस्था आएको छ यो समस्या बिगत दुई वर्षबाट भोग्दै आएको छु ।
पछिल्लो समय जिल्लाका आठ वटा स्थानीय तहहरुमा नै किराले आक्रमण गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्ट बताउछ्न् । बिगत तीन वर्षबाट कृषि ज्ञान केन्द्र मार्फत किरा मार्ने कीटनासक बिषादी किसानलाई वितरण गरिरहेका छौं । विष्ट भन्छ्न् किरा लागेको मकैको बिरुवा लिएर किसान आफैं आएर पनि बिषादी लिन सक्ने प्रावधान छ ।
यो वर्ष तुम्वेवा गाउँपालिकाले लगिसक्नु भएको छ । अरु गाउँपालिका बाट कोरोना प्रकोपको कारण हुनसक्छ माग आएको छैन माग आएपछि वितरण गर्ने तयारी गरिरहेका छौं । विष्टका अनुसार विषादी प्रयोग गरेपनी किराले आक्रमण गरेपछि पुर्ण रुपमा पहिला किरा नहुदा जति आम्दानी नहुने कृर्षकको गुनासो आउने गरेको छ । यस्ले गर्दा पछिल्लो समय देशै भरी मकै उत्पादनमा ज्यादै गिरावट आएको पाइएको छ ।
कतिपय स्थानीय तहका जनप्रतिनिधिले आफैले पनि कृषकका घर घरमा गरेर किसानलाई किरा मर्ने औषधि वितरण गरेपनि मकै बाली फस्टाउन सकेको छैन ।