पाँचथर । वैशाख २७ बाट पाँचथरमा लगाइएको निषेधाज्ञा जेठ ३१ सम्म लम्बाईएको छ ।

सोमबार बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटि (डिसिसिएमसी) को बैठकले चौथो पटक निषेधाज्ञाको अबधि थपेको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा प्रदान गर्ने औषधि पसल, दुग्धजन्य पसल, हरियो सागसब्जी, फलफूल र खाद्यान्न पसलहरु बिहान ५ बजेबाट ९ बजेसम्म खुल्नेछन् । वित्तीय संस्थाहरू सोमबार र बिहीबार दिनको ११ बजेदेखि २ बजेसम्म खुल्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार निर्माणका कार्य टाईम कार्डसहित सुचारु हुने बताइएको छ ।