झापा । करेन्ट लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति छिमेकीको ट्युवेलमा पानी खान खोज्दा करेन्ट लागेका झापा कचनकवल गाऊपालिका ६ का ४० वर्षे डोलु आलम मियाँको उपचारका क्रममा मृत्यु भएको हो ।

धान काट्न गएका डोलु तिर्खा लागेपछि ट्युवेलमा पानी पिउन गएका थिए । ट्युबेलमा पानी तान्ने पम्प जडान गरिएको र त्यसमा करेन्ट प्रवाह भएकोले उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लैजादै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।