काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाका कारण विवादित बन्दै गएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) आव्हान गरेका छन् ।

सर्वोच्च स्रोतका अनुसार शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको हो । बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ ।

आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुने स्रोतको दाबी छ ।