कानेपोखरी । मोरङ्गको कानेपोखरीका मृगौला पीडित रमेशकुमार थारुले उपचारका निम्ति सहयोगको याचना गरेका छन् ।

कानेपोखरी ५ भौसाबारी २९ वर्षे थारुले मृगौला उपचारका लागि आफ्नो सबै सम्पति सकिएको भन्दै थप उपचारका लागि सहयोग मागेका हुन् ।
बिरामी परेपछि चेकजाँच गर्दा बैशाख २० गते मृगौलामा समस्या रहेको थाहा भएको २९ वर्षे थारुले जानकारी दिए । ज्याला मजदुरी गर्दै गुजारा गर्ने थारुले आफ्नो ८ जनाको परिवारको हेरचाह गर्दै आएका थिए । अहिले उनै बिरामी परेपछि परिवारका अन्य सदस्यहरुसमेत समस्यामा छन् ।

थारुले मृगौला उपचारका लागि अहिलेसम्म १ लाख रुपैया भन्दा बढी रकम खर्च गरिसकेका छन् । थप उपचार गर्न उनले सहयोगी मनहरुलाई अपिल गरेका हुन् ।

NIC Asia D 302015696152401 खाता नं मा आर्थिक सहयोग गरि दिन अनुरोध गरेका छन् । थारुलाइ प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभाबहरुका लागि उनको मोवाइल नं 9811071287, 9864290753 मा पनि सार्वजानिक गरिएको छ ।