पाँचथरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । पाँचथरको फिदिममा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

मेची लोकमार्गअन्तर्गत फिदिम नगरपालिका–३ मा प्र १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स बिहान पौने ३ बजेको समयमा दुर्घटना भएको हो । तिब्रगतिका कारण अनियन्त्रित भएर एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा पाँचथरको याङबरक–२ की ५० वर्षे ममता राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा बिहान ४ बजे जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय १९ वर्षे हेमन्त लिम्बू र ताप्लेजुङको सिदिङवा–३ का ५५ वर्षे डोडकुमार राई घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

जेष्ठ १७, २०७८, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर