लोड हुँदैछ...

मेनु

बाढीले बगायो सुनकोसीको पुल

बाढीले बगायो सुनकोसीको पुल

ओखलढुंगा । सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन पुल बगाएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल बाढीले बगाएको हो।

निर्माणाधीन अवस्थामा रहेको पुल २ सय १० मिटर लामो थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको हो ।

करिब २३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा.लि. सानेपाले निर्माण गर्दै थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।