विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।
कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि सुरुमा जनरल वेर्डमा राखेर उपचार गरिएका उनको स्वास्थ्यमा थप समस्या आएपछि बिहीबारबाट भेन्टिलेटरमा सारिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
परासरको एक जना छोरा, एक छोरी र श्रीमति छन् । उनको विराटनगरस्थित परोपकार घाटमा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

