फणिराज नेपाल
कानून समाज र व्यक्तिलाई अनुशासनमा राख्ने आधार हो । कतिपय अवस्थामा कानूनको प्रयोगले शान्ति, स्थायित्व ल्याएको अवस्था छ । साथै कानून पालनामा अटेर गरेर भाडभैलो गरेको अवस्था यही समाजमा देखिन्छ । संस्था वा व्यक्तिले कानून नमान्ने अवस्था नहुनु पर्ने हो । तर लठैत पारा वा व्यवहारका कारण कानून निर्माण गर्नेले पनि कार्यान्वयनमा उदासिनता देखाएका उदाहरण प्रशस्त छन् । सरकारले नागरिकको सुविधा वा सुरक्षाका लागि कानून बनाए पनि प्रयोगमा नलाग्दा न हाँस न वकुल्लाको चाल हुन गएको अवस्था पनि छ।सानो उदाहरण सरकारले अनुशासन कायम राख्न दण्ड जरिवानाको व्यवस्था गरे पनि जरीवानाको त कुरै छाडौं, मान्छे पक्राउ पनि नगरेर रमिते बनेर बसेका उदाहरण छन् । साथै राजनितिक क्षेत्रका वद्मासी तथा हत्याहिंसाका आरोपीत पनि संसद बने सँगै मन्त्री पनि भएका छन् । आफूले बनाएका नियम कानून प्रयोगमा उदासिनता देखाउनेमा संधीय सरकार मात्र नभई स्थानीय सरकारहरू शुरुमा उत्साहित बनेर नागरिक हितका लागि कानून बानए पनि कार्यान्वयनमा त्यसरी नै जिम्मेवार हुन सकेको देखिदैन् ।
प्रसंग मदिराले जन्माएको हिंसा बारेको उदाहरणलाई लिन सकिन्छ । मदिरा पेयपदार्थ भएपनि त्यो नसालु पदार्थ पनि हो । हुन त जे कुरा वा पदार्थ पनि अति भोग गरेपछि खति हुन्छ । मानिसनै त्यस्तो जात हो जो बुझ्झकी भएपनि मुर्ख्याई पनि उसैले गर्छ तर त्यो मुख्र्याईको दोष समाजले पाउछ । मदिरा पान गर्नु अर्थात् मात्रात्मक रूपमा वा स्थान, अवस्था हरेर पान गर्नु अनुशासित होला तर त्यहि कुरा बढी पान गर्दा वा पेशागत हिसाबले चाडै नशा लगाइने बनाउदा हुने व्यक्तिगत र सामाजिक हानीले पुर्याउने नोक्सानी निकै हुन्छ । फलत त्यसता मदिरापानका कारण समाजमा विकृति, विसंगतिले हत्या, हिंसा बढ्दै गएको, घटना दुर्घटना बढेको, पारिवारिक विचलन बढेको, कमाईको रकम मुतको झोलमा बगेको, यसैका कारण घर, परिवार र समाजमा अनुशासन कायम हुन नसकेको र अन्तत यसको बढ्दो प्रयोगले भ्रष्टाचारलाई किनै न कुनै रूपमा प्रोत्साहन गर्दै लगेको देखिन्छ ।
मुख्यत: मदिराका कारण समाजमा अपराधका घटना बढ्ने गरेको सुन्न पाईन्छ । शुरु वैशाखमा मोरङको ग्रामीण क्षेत्रमा छोराद्वारा बाबु मार्ने घटना घटेका छन् । मदिरा सेवनका कारण हुने घरेलु हिंसा, सवारी दुर्घटना, व्यक्तिगत रिस ,राग साध्ने माध्यम बन्दै गएकाले यसबाट सामाजिक अपराधका कृयाकलापमा बढोत्तरी हुदै गएको अनुभव गर्न सकिन्छ । मान्छेको मनस्थितिलाई खल्बलाएर आवेशमा ल्याई जे पनि गर्न गराउन सक्ने अवस्था सृजना मदिरापानका कारण हुने हो। हालै मोरङ विराटनगरमा मदिरा खाएर आवेशमा बाबुको हत्या गर्न उद्दत बनाउने घटना भएको उदाहरण छ(हाम्रो मत २०७८।१।२) । यस अघिपनि महोत्तरी, धनुषा तथा देशको पहाडी खन्डमा अधिक मदिरापानका कारण मानिसको मृत्यु भएको वा मारिएको खवर पत्रपत्रिकामा आएका हुन् । साथै गत वर्ष दैलेखमा ३५ वर्षिय सुकी बडुवालसँगै उनका चार सन्तान नदीमा हाम फालेका कारण सबैको मृत्यु भयो । छदाखादाको उमेरको सन्तानहरू सामुहिक आत्मदाहा गर्न प्रेरित हुनु मदिराका कुलतले परिवार उजाडिने अवस्था आएका उदाहरण हुन् । घरमुली सधै मदिरापान गरि परिवारमा आतंक मच्चाउने, घरखर्चका लागि जोडेको रकम मदिराका लागि जबरजस्ति खोसेर पानीको झोलमा बगाएका कारण परिवरले दवाव झेल्न नसकी मृत्यु वरण गर्नु परेको अवस्था हो । माथिका व्यवहार तराई पहाडका कुना नन्दरामा भइरहने घटना हुन् । यस्ता घटना देशमा विभिन्न स्थानमा भईरहदा पनि सरकार भने जिम्मेवार देखिएको छैन । कानून बनाएर सामाजिक तथा व्यक्तिगत अनुशासन कायम राख्न सरकारले कुनै प्रयास गरेको देखिदैन ।
मदिराका यिनै सामाजिक, मानसिक विकृति विरुद्ध २०६८ सालदेखि मदिरा व्यवस्थापन अभियानले अभियान चलाउदै आएको छ । मदिरा व्यवसाय अव्यवस्थित रूपमा खोलिने भएकोले गाउँ, समाज र व्यक्ति अस्वस्थ रहने, समाजमा विकृति पनि बढदै जाने हुदा अभियानले मन्दिर, मस्जित, विद्यालय,अस्पताल तथा सार्वजनिक चोकबाट अलग्ग रहनुपर्ने, खाने समय तोक्नपर्ने, बिना मापदण्डका रक्सी प्रयोगमा बन्देज लगाउनु पर्ने , लगायत माग राख्दै विभिन्न समयमा पटकपटक जुलुस, अन्तरकृया, हस्ताक्षर संकलन, टिभीमा सार्वजनिक सुनुवाई, पर्चा वितरण लगाएत फ्लेक्स, सूचना टास आदि विभिन्न कार्यक्रम अभियानले संचालन गर्दै आएको छ । यस क्रममा पटकपटक संघिय सरकार लगायत स्थानीय महानगरलाई पनि दबाब दिदै आएको हो । मदिरा व्यवस्थित गर्ने कानून बनाउन पत्राचार, सामूहिक छलफल र दबाब दिदै आइरहेको सन्दर्भमा महानगरले बढ्दो मदिरा व्यवसाय विरूद्ध व्यवस्थापन गर्ने कुरालाई हृदयगम गरि २०७६ असारमा मदिरा विक्री वितरण तथा नियमन कार्यविधि ल्याउनु खुशीको कुरो हो ।
मदिरा व्यवसाय व्यवस्थापनका लागि संघीय सरकारवाट कानून नआए पनि कतिपय जिल्लाका गाविस तथा नगरपालीकावाट नियम बनाएर लागु गरेका छन् । मुख्य कुरा कानुनमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लानु नै व्यवसाय व्यवस्थापनमा सहयोग पुग्ने अवस्था हो । यसतफ महानगर उदासिन भएको देखिन्छ । हामीले कानुनमा धार्मीक, शैक्षिक स्वास्थ तथा सामाजिक संस्थावाट ५०० मिटर वाहिर राखेर मदिरा व्यवसाय संचालन गरिनु पर्ने वा गर्न नपाइने व्यवस्था हुन अनुरोध गरेका थियौं । माथीका संस्था र समाजवीच मदिरा जस्तो नशा लाग्ने व्यवसाय संचालन हुन दिनु नागरिकप्रतिको जिम्मेवारीको हिसावले निको कुरो हुन्थेन । साथै जथाभावी, जहितही, अनुमति लिएर वा नलिइ माथीका सस्ंथावीच खौल्न दिनु, निगरानी तथा अनुगमन नगर्नु, हेलचेक्रयाइ हो । नागरिकको स्वास्थप्रति वेपरवाह हुनु हो । यी कुरातर्पm ध्यान वा सोच पुर्याउन नसके पनि २०७६ असारमा महानगरले मदिरा विक्री वितरण तथा नियमन कार्यविधि २०७६ ल्याउनु स्वागतयोग्य कुरा हो । तर कार्यविधिमा हामीले माग गरेको ५०० मिटरको सट्टा २०० मिटरको प्रावधान राखियो ।
तर कानून कार्यानयनको चरणमा नआइकन ६ महिनापछि २०० मिटरको ठाँउमा १०० मिटरमा जार्ने काम गरियो । नेपालको कानून दैवले जानुन भनेझै काम शुरु नगर्दै व्यवसाय व्यवस्थापनको दायरा घटाउदै लानु महानगर र प्रमुखको कमजोर व्यवहार हो । मानव स्वास्थ माथि खेलवाड गर्ने, समाजमा विकृति ल्यउने, घटना दुर्घटना निम्त्यउने, भ्रष्टाचारको कारक रहेको मदिरा व्यवसायलाई यति हल्का ढङ्गले हेर्नु खेदजनक छ । माहानगर प्रमुखले चासो राखेर ल्याएको नियमनमा पटकपटक वदलाव हुनु सुहाउदिलो भएन । वदलावपछि पनि कायम भएको व्यवसाय व्यवस्थापनको दुरि वा सिमाको हालसम्म कार्यान्वयन तर्फ पाइला नचाल्नु नागरिकले चुनि पठएका महानगरका प्रमुख लगायत जनप्रतिनिधिहरूको गैर जिम्मवारी हो । नियमन तथा कार्यविधि बनेपछि पटकपटक दवाव र कार्यान्वयनका लागि पत्राचार गर्दा पनि कानुन आएको झन्डै २ वर्ष पुग्न लागेको अवस्थामा एक सिन्को पनि नभाचिनु सारै खदजनक हो ।
के हामी यति निरिह छौं, जुन नागरिकको हित र स्वास्थका लागि ख्याल गरि ल्याएको नियम कार्यन्वयन गर्न असक्षम छौ ? वा मदिरा व्यवसायीको दवावका अगाडि हामी नतमस्तक छौं । नियमन ल्याउदा पनि व्यवसायीसँग पटक पटक छलफल गरि बैठकमा सहमति भएरै कार्यविधि आएको हो । यस्तो अवस्थामा पनि महानगरका विद्धमान कर्मचारी, नगरका सुरक्षा शाखा र स्थनीय प्रहरी निकाय हुदा हुदै पनि किन अल्मलिएर बसेका छौ । नियम कार्यन्वयनका लागि अभियानसँगै वडा प्रहरीले मदिरा व्यवसायलाई नियमनबारे आफ्नै खर्चमा पर्चा छपाई जानकारी गराउदै आएको हो । तर पनि महानगर चाँहि किन मौन र उदास ? बहुसंख्यक नागरिकको स्वास्थका अगाडि सिमित व्यवसायीसँग हातेमालो किन ? मानव स्वास्थ र समाज सुरक्षामा महानगरले आफूले बनाएको कानून कार्यन्वयनमा अल्मलिनु भएन, अगाडि बढ्नु पर्यो, सेलाएरश बस्नु निको होइन । यसका लागि अर्थात् मदिरा व्यवस्थापनमा अभियानको सधै साथ रहनेछ ।
अभियन्ता, मदिरा व्यवस्थापन अभियान