डा. खगेन्द्र ओली
संसारमा तीन प्रकारका मानिसको जन्म हुन्छ । इतिहास लेख्ने, इतिहास पढ्ने र इतिहास बनाउने । सन् १७५५ अप्रिल १० मा महामानव डा. क्रिश्चियन फ्रेड्रीक सामुएल हैनीमेनको जन्म भयो । उनी इतिहास बनाउने महामानव थिए । उनको जन्म जर्मनीको सेक्सोनी शहरको मिसिल गाउँमा भएको थियो । उनका बुबाको ना क्रिश्चियन गडाफ्रीड हैनीमेन र आमाको नाम जोहाना क्रिश्चियाना थियो । उनी परिवारको तेस्रो सन्तान थिए । उनको जन्म एक गरीब परिवारमा भएको थियो बुबा माटोको भाँडामा रंगका बुट्टा लगाउने काम गर्दथे । गरीबिको कारण उनले १२ वर्षको उमेरसम्म स्कूल जान पाएनन् । उनको अध्ययन गर्ने रुची अत्याधिक भएका कारण अभावका बाबजुत पनि उनलाई बुबाले स्कूल भर्ना गरिदिए । स्कूल जान थालेको ८ वर्षमा नै उनले माध्यमिक शिक्षा पुरा गरे उनलाई चिकित्सक बनेर सेवा गर्ने ठूलो इच्छा थियो । उनी असल सोचाईका व्यक्ति थिए । उनको त्यो मिजासिलो र जिज्ञासु स्वभावले गर्दा उनलाई आफ्नै शिक्षक मिस्टर मजिष्टर मुलरले आफ्नो सन्तान सरह माया गरी पढाईमा ठूलो सहयोग गरे ।
माध्यमिक शिक्षा पुरा भए पछि उनि चिकित्सा शास्त्र अध्ययनका लागि लाइपसोग गए । आर्थिक अवस्था कमजोर भएकोले उनले आफ्नो अध्ययन पुरा गर्न विभिन्न पुस्तकहरु अंग्रेजी, फ्रेन्च, जर्मनी आदि भाषामा अनुवाद गर्न थाले । त्यो समयसम्म आईपुग्दा उनी १२ भाषामा राम्रो दख्खल राख्न सक्ने भएका थिए । त्यो समयमा पुस्तक एक भाषाबाट अर्को भाषामा अनुवाद गर्नु त्यति सजिलो थिएन पैसा पनि राम्रै पाइन्थ्यो । त्यही आयस्रोतको आधारमा उनले सन् १७७९ मा आलिङ्गन युनिभर्सिटीबाट मेडिकल (चिकित्सा शास्त्रको सर्जरी विषयमा एम.डी. पास गरे र हस्पिटल विरामीको सेवामा उपचारकको रुपमा काम गर्न थाले । उनका जम्मा १२ जना सन्तान थिए । तिनिहरुको लालनपोषण गर्न गर्न सधै उनीलाई धौ धौ परिरहन्थ्यो र उनी थप घर खर्च जुटाउन चिकित्सकिय कार्यका साथै विभिन्न पुस्तकहरु अनुवाद गर्ने कार्य जारी राखे । उनी यो अवस्थासम्म आईपुग्दा आफ्नो चिकित्सकीय पेशामा सन्तुष्ट देखिएनन् । मानिसलाई चिरफार गर्नु अंग काटेर फाल्नु, कडा औषधी दिएर शरीरका अन्य सकृय तन्तुहरुलाई समेत नष्ट गर्नु पर्ने हुँदा उनी निराश थिए र यी रोगहरुलाई सरल तरीकाबाट कसरी ठिक पार्न सकिन्छ भनेर उपायको खोजीमा उनी लाग्न थाले ।
एक दिन पुस्तक अनुवाद कै क्रममा कुलेन्स मेटेरिया मेडीकालाई अंग्रेजीबाट जर्मनीमा अनुवाद गर्दा एक महत्वपूर्ण हरफ भेट्टाए । जहाँ लेखिएको थियो, “सिन्कोना वार्क (एक प्रकारको वनस्पति) को झोल सेवन गर्दा मलेरिया ज्वरो निको हुन्छ”, सिन्कोना वार्क तितो भएको कारणले मलेरिया ज्वरो निको हुन्छ भन्ने पुरानो मान्यता थियो ।
यो हरफले डा. हैनीमेनको दिमागमा ठूलो तरंग पैदा ग¥यो । उनी अब यहीबाट अनुसन्धान शुरु गर्ने निचोडका साथ उनले सिन्कोना वार्कको झोललाई ४ ड्रमका दरले आफै सेवन गर्न थाले यो प्रकृया केही दिन सम्म दोहो¥याइरहे । यसरी सेवन गर्दा उनलाई मलेरियाको जस्तो ज्वरो आयो । फेरी त्यसको न्यूनतम प्रयोगबाट त्यो ज्वरो निको भयो ।
यसबाट उनलाई अनुभव भयो कि यदी कुनै पनि वस्तुको सेवनले रोगको जस्तो लक्षण ल्याउँछ भने त्यस वस्तुमा भएको सुक्ष्म शक्तिले रोग निको बनाउन सक्छ । यही शुत्र अनुसार उनले त्यो सिन्कोना वार्कमा तितो पदार्थले हैन कि त्यसमा भएको मलेरियाको जस्तो ज्वरोको लक्षण निकाल्ने गुणले सिन्कोना वार्कले मलेरिया निको भएको हो भन्ने कुरा आफ्नै शरीरमा सेवन पश्चात पत्ता लगाए । त्यसलाई गहन रुपमा अध्ययन अनुसन्धान गरी जर्मनी अखबार “होप ल्यान्स जर्नल) मा सन् १७९६ मा समाननै समानको समाधान ९ज्यmयभयउबतजथ० भन्ने नाम दिएर एक लेख प्रकाशित गरे । त्यो लेखले विश्व भरका स्वास्थ्य विज्ञहरुमा ठूलो तरंग पैदा ग¥यो । ठूला ठूला बहस र छलफलहरु चल्न थाले । सारा संसारले उनको त्यो नयाँ सिद्धान्तलाई सहजै स्वीकार गर्ने अवस्थै भएन तर उनले आफ्नो खोजलाई निरन्तरता दिई राखे र विस्तारै एलोप्याथिक उपचार पद्धती नै छाडे र आफुले पत्ता लगाएको सरल चिकित्सा पद्धतिबाट उपचार गर्न थाले । सफलता प्राप्त हुँदै गए पछि उनको दिन दिनै शहर भरी चर्चा परिचर्चा हुँदै गयो । सयौ बिरामीहरु उनी कहाँ उपचार गराउन आउन थाले, उनी झन झन उत्साहित हुँदै गए भने उनका थुप्रै एलोप्याथिक डाक्टर साथीहरुले उनलाई खिसी, टिउरी मात्र गरेनन् कार्वाहीको लागि अदालतमा मुद्धा समेत दर्ता गराए । उनीलाई धेरै तिरबाट दुःख दिने काम भयो । तर पनि उनी कति पनि विचलित भएनन् । किनकी मानिसलाई सरल उपचार विधिबाट पुर्ण निको बनाउने उपचार विधिको खोजिमा उनी तल्लिन थिए । पवित्र भावनाबाट गरेको कार्य सधै सफल हुन्छ भने झै उनले उपचारमा धेरै सफलता पाउँदै गए । पछि उनका सबै विरोधीहरु समेत उनको पछि लागे र थुप्रै एलोप्याथिक र अन्य चिकित्सा विधाका चिकित्सकहरु ले एलेप्याथी छोडेर होमियोप्याथीमा आबद्ध भए । उनीहरु समेतले अझ झन् गहिलो अनुसन्धान गर्न लागे र डा. हैनीमेनका अनुयायी बने ।
आज होमियोप्याथी यहाँ सम्म आईपुग्दा विश्वको दोस्रो ठूलो उपचार पद्धती भएको छ । यूरोपमा मात्र ४० वटा देशमा यसको राम्रो प्रभाव छ भने विश्वका सबै देशहरुमा होमियोप्याथिक सेवा विस्तार छ । विश्वमा प्रत्येक वर्ष २०० मिलियन मानिसहरु होमियोप्याथीबाट उपचार गराउँदछन् ।
आज संसारमा थुप्रै उपचार पद्धतीहरु छन् । त्यसमध्ये विश्व स्वास्थ्य संगठनले मान्यता दिएको यो नविनतम र वैज्ञानिक उपचार पद्धती हो । मानिसको शारीरिक कठिनाई वा समस्या मात्र हेरेर उपचार पुरा हुदैन । मानिसको शारीरिक, मानसिक, भावनात्मक र संवेगात्मक अवस्थालाई हेरेर उपचार गरे मात्र विरामी पूर्ण रुपमा निको बनाउन सकिन्छ भन्ने मान्यता होमियोप्याथिक भएकोले रोगीलाई यो सरल र सहज छ । हामीले केही दिन अगाडि तिनै सरल चिकित्सा पद्धति होमियोप्याथीका आविष्कारक महात्मा डा. क्रिश्चियन फ्रेड्रीक सामुएल हैनीमेनको जन्म दिन अर्थात अप्रील १० तारिक सम्झेर विभिन्न कार्यक्रम गर्यौं । विश्वमा हर्षोउल्लासका साथ उनको जन्म दिवश मनाइयो । उनको जन्म दिनलाई नै विश्व होमियोप्याथिक दिवस भनिन्छ । हामी होमियोप्याथिक चिकित्सकहरु यस दिनलाई गर्वको रुपमा लिन्छौं । उही महामानव हैनीमेन प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । साथै सम्पूर्ण होमियोप्याथि चिकित्सक, स्वास्थ्यकर्मी, विरामी वर्ग तथा शुभ चिन्तकहरुमा होमियोप्याथिक दिवशको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय होमियोप्याथी, जय हैनीमेन ।
लेखक : इटहरी स्थित ईन्खा पोली क्लिनीक प्रा.लि.का निर्देशक हुनुहुन्छ ।