महिलामा शारीरिक र मानसिक समस्या बढ्दै

 डा. शैलजा क्षेत्री (श्रेष्ठ)

वरिष्ठ प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. शैलजा क्षेत्री (श्रेष्ठ) चिकित्सक मात्र होइन्, उहाँ प्रध्यापक पनि हुनुहुन्छ । विगत ६ वर्षदेखि उहाँ प्रध्यापक भएर सुनसरीको धरानस्थित बीपी कोइराला विज्ञान प्रष्ठिानमा सन् २०१४ देखि अध्यापनरत हुनुहुन्छ । उहाँ हालै विराटनगरस्थित न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालका मेडिकल डाइरेक्टरको रूपमा कार्यरत हुनुहुन्छ । मातृशिशू उपचारको क्षेत्रमा सक्रिय प्राध्यापक डा. क्षेत्रीसँग महिलासँग सम्बन्धीत रहेर हाम्रोमतले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :

स्वास्थ्य क्षेत्रमा सक्रिय भएर लाग्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसलाई यहाँले कुन रूपमा लिनुहुन्छ ?

– महिला समाजको खम्बा हो । त्यही भएर महिलाहरू आत्मनिर्भरसँगै, शिक्षित र स्वस्थ हुन जरूरी छ । त्यससँगै महिला सशक्तिकरणका लागि पनि हामीले अगाडि बढ्ने प्रयत्न जारी राख्नुपर्छ । महिला आत्मनिर्भर, शिक्षित र स्वस्थ भएपछि सशक्तीकरण तर्फ अगाडि बढ्न सक्छन् । त्यसले समाजमा महिलालाइ स्थापित हुन मद्दत पुग्छ । त्यसका लागि पनि महिलालाई आत्मनिर्भर, सक्षम, शिक्षित र स्वस्थ बनाउने तर्फ सबैले भूमिका निर्वाह गर्नुपर्छ ।

१६ वर्ष काम गरेर बीपीकेएच जस्तो प्रतिष्ठित संस्था छोडनुभयो । किन मदर एण्ड चाइल्ड हस्पिटल रोज्नुभयो ?

– ठूलो सानो संस्था भन्ने हुदैन । काम गर्ने मान्छेलाई जहाँ पनि काम हो । चिकित्सक पेशा भनेको सेवामूलक हो । जहाँभए पनि हामीले सेवा दिनुपर्ने हुन्छ । सेवा सानो र ठूलो भन्ने हुदैन । त्यसैले म अहिले यहाँ रहेर बिरामीहरुलाई सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अहिले मलाई काम गर्नका लागि यहाँ नै सहज छ त्यसैले पनि म यहाँ आएको हुँ । त्यसमा पनि डा. वीरेन्द्र विष्टले कार्डियोलोजी, न्यूरो सर्जरी २० वर्षदेखि सुरु गर्दै आउनुभएको छ । त्यसबेलाको समयमा धेरै संस्थाहरुमा न्यूरोसर्जरीलगायतको सेवाहरु आएको थिएन । त्यसबेला यहाँका विरामीहरू भारतर्फ जानुपर्ने बाध्यात्मक अवस्था थियो । हस्पिटलसँगै न्यूरो सर्जरी सेवाहरु सुचारु भएपछि यहाँका बिरामीले यँही सेवा पाउने भए । अहिले म पनि यही संस्थामा आवद्ध भएर सेवा प्रदान गरिरहेको छ ।

तपाईलाई अनुभवी चिकित्सक र प्रोफेसरको रूपमा चिनिनुहुन्छ । महिलाहरुमा देखिने स्वास्थ्य सम्बन्धी समस्याहरु कस्ता छन् ?

– जन्मदादेखि महिलाहरूमा समस्या हुने गरेको छ । जन्मनु भन्दा अगाडि ‘सेक्स डिटामिनासेस’ गर्ने काम पनि हुनेगरेको छ । जसले गर्दा महिला (छोरी) हुँदा गर्भपतन गर्ने गरेको हामीले देखेका छौं । जन्मिदा पनि छोरी मान्छेले कति जोड गर्नुपर्ने अवस्थामा छ । जन्मिदा पनि महिला र पुरुषमा विभेद हुने गरेको छ । अझैपनि महिलाहरूलाई नपढाइदिनेलगायतका समस्याहरू छन् । आर्थिक रुपमा सशक्तीकरण पनि नभएको देखिन्छ । यस्तै समाजमा छिटो विवाह गरिदिने पनि परिपाटी रहेको छ । जसलेगर्दा स्वास्थ्यमा समस्या आउने गर्दछ । हामीले यिनै विषयहरुमा सचेता फैलाउन जरुरी छ ।

अहिले महिलाहरूमा सबैभन्दा बढी देखिने गरेका रोगहरूका बारेमा यहाँको अनुभव के छन् ?

– फिजिकल रोगहरू त छँदैछन् । त्यसका अलवा मानसिक रोगहरु पनि छन् । फिजिकलमा सबैभन्दा बढी अहिले गाइनोका समस्याहरु छन् । अहिले प्रसूती डेलिभरीको केशमा पेटमा बच्चा आउँदादेखि नै महिलाहरुलाई धेरै जोखिम हुने गर्दछ । कुन महिलामा के समस्या हुन्छ भन्न सकिदैन । जब महिलाले गर्भधारण गर्दछन् त्यसबेलादेखि जोखिम हुने गर्दछ । एउटा प्रेग्नेन्सीकै समस्या रहेको छ । अर्को गर्भपतनको समस्या रहेको छ । त्यस्तै अहिले बााझोपनको पनि धेरै समस्या देखिएको छ । धेरै इन्फेक्सन भएर पनि बाँझोपन हुने गरेको छ । हाइजिङ्ग पनि बोर हुने, बिवाह पनि छिटो हुने भएकोले बाँझोपनको समस्या हुने गरेको छ । अर्को गाइनोको समस्या भन्नु पर्दा पाठेघरको समस्या बढी छ । पाठेघरमा मासु पलाएउने समस्यादेखि पाठेघर झर्ने समस्या, रक्तश्राव, पाठेघरको मुखको क्यान्सरको समस्या, स्तन क्यान्सको समस्याहरू आउने गरेका छन् ।

महिलाहरुमा पाठेघरका ट्युमर कसरी हुन्छ ?

– पाठेघरमा मासु पलाउने समस्या धेरै हुने गरेको छ । हर्मोनले गर्दा यस्तो हुने गर्दछ । यसमा जेनेटिक रिक्स पनि हुने गर्दछ । ट्युमर भएपछि सबैलाई समस्या हुन्छ भन्ने छैन । यदी समस्या नभएर र ट्युमर सानो भएमा हामीले भिडियो ए–क्सरे गर्नु पर्दछ । यदि समस्या भएमा दुई थरीको उपचार हुने गर्दछ । एउटा औषधी गरेर र अर्को शल्यक्रिया गरेर । शल्यक्रियामा पाठेघर नचाहिने हो भने पाठेघर निकालेर पनि हुन्छ । पाठेघर चाहिएमा खाली त्यो मासुको डल्ला निकालेर पनि शल्यक्रिया हुने गर्दछ । महिनावारी हुदाँ वा हुनुपूर्व तल्लो पेट पहिलेको भन्दा धेरै दुख्नु, महिनावारी समयमा नुहने वा छिटो छिटो हुने, महिवारी समयमा भइरहेको छ तर रक्तश्राव भने सामान्य दिनमा भन्दा बढी भइरहेको छ भने कतै पाठेघरमा ट्यूमर पलाएको त छैन भनेर शंका गर्नु पर्दछ । कुनै पनि महिलाको पाठेघरमा ट्युमर देखा पर्दैमा त्यसको शल्यक्रिया गरिहाल्नु पर्दैन । ट्युमरको आकार, प्रकार तथा लक्षण तथा महिलालाई कत्तिको गा¥हो भएको छ त्यसको आधारमा मात्र शल्यक्रिया गरिने हुदाँ चिकित्सकको परामर्श आवश्यक छ । यस्ता शल्यक्रिया व्यक्ति अनुसार पनि फरक हुने गर्दछ ।

कस्ता ट्युमर क्यान्सरजन्य हुन्छन् ?

सबै ट्युमर क्यान्सर हुँदैन । तर कतिपय ट्युमर क्यान्सरजन्य हुँदैन भन्न पनि मिल्दैन । विशेषगरी, किशोरकिशोरीमा देखिने ट्यूमरमध्ये केही क्यासरजन्य ट्युमर हुन सक्ने भएकोले यसबारे विशेष सजगता अपनाउन जरुरी छ । कसैकसैलाई महिनावारी सुक्ने बेलामा पनि पाठेघर तथा डिम्बाशयमा ट्युमर देखिन सक्छ । र, यस्ता ट्यूमर क्यान्सर हुनसक्छ भनेर विभिन्न अध्ययन अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको अवस्था छ । त्यसैले पनि चिकित्सकको परामर्शमा यस्ता ट्यूमर क्यान्सर हो कि हैन भनेर समयमा नै छुट्याउनु पर्दछ । त्यस्तै, यदि कुनै ट्यूमर क्यान्सर हैन तर पनि बढ्दै गयो भने पनि त्यस्ता ट्युमरलाई झिक्न आवश्यक छ ।

पाठेघरमा ट्यूमर हुनुको प्रमुख कारण के हो ?

– वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ । त्यस्तै, धुम्रपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुदाँ यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसित पनि हुने गर्छ ।

यसको रोकथाम र उपचार विधि के हो ?

– कुनै पनि महिलाको पाठेघरमा जटिल किसिमको ट्युमर देखिएमा त्यसको उपचार गर्नु भनेको उक्त ट्युमर निकाल्नु नै हो । नेपालमा प्रायः पाठेघरको ट्युमर देखिएमो पेट चिरेर शल्यक्रिया गर्ने गरिन्छ । जुन नेपालको पूरानो विधि पनि हो । त्यसबाहेक, पेटमा स–साना प्वाल पारेर गरिने ल्याप्रोस्कोपी सर्जरी अर्को प्रविधि हो । महिलाहरुको पाठेघरमा हुने ट्युमर पनि फरक हुने गर्दछ । चालीस वर्ष कटिसकेका महिलाहरुको पाठेघरमा देखिने ट्युमर दुई किसिमको हुन्छ, फाइब्रोइड र एडिनोमायोसिस । सामान्यतया, एडिनोमायोसिस नामक ट्युमर औषधीको सेवनद्धारा निको पार्न सकिन्छ । त्यस्तै, पाठेघरमा मेरिना –कपर्टी जस्तै साधन) राखेर पनि यस्ता ट्युमरको उपचार गर्न सकिन्छ । जबकी फाइब्रोसिस ट्युमर भएमा शल्यक्रियाद्वारा उपचार गर्नु पर्दछ । त्यस्तै, महिलाहरुको पाठेघरमा हुने अर्को ट्युमर भनेको डिम्बाशयको ट्युमर हो । यस्ता ट्युमर व्यक्ति अनुसार फरक हुने गर्दछ । किशोरीहरुमा डिम्बासयमा मात्र नभई नलीको छेउमा समेत पेराफ्रिम्बल नामक ट्युमर आउन सक्दछ । औषधीको सेवनद्धारा ५–६ सेन्टीमिटरसम्मको यस्ता ट्युमर निको नभएमा दुरविनको माध्यमद्धारा पनि यस्ता ट्युमरलाई निकाल्नु पर्दछ । कहिलेकाही यस्ता ट्यूमर नलीमा घुमेर जाने र त्यसको कारण नली नै कुहिएर नली तथा पाठेघर नै फाल्नु पर्ने अवस्था सिर्जना हुन सक्दछ । त्यसैले, यस्ता समस्याबाट जोगिनको लागि पनि यस प्रकारका ट्युमर देखिएमा अपरेशन गर्न आवश्यक छ । यसको लागि पाठेघरमा कुनै पनि ट्युमर देखा परेमा त्यो कस्तो ट्युमर हो र के कारणले आएको हो भनेर छुट्याउन आवश्यक छ । सामान्यतयाः आठ सेन्टिमिटर भन्दा सानो ट्यूमर भएमा औषधी सेवनद्धारा पनि यस्ता ट्युमरको सहजै उपचार गर्न सकिन्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

– छोरी मान्छे हामीले सबैभन्दा पहिलो आफूलाई स्वस्थ राख्नुपर्दछ । परिवारलाई मात्र नहेरेर आफूलाई पनि स्वस्थ राख्ने र आफूलाई आत्मनिर्भर बनाएर बलियो बनाउनुपर्दछ । शरिर र मानिसिक रुपमा आफु स्वस्थ हुनसक्यो भनेमात्र महिला समाजमा स्थापित हुन सक्दछ । त्यही भएर सबै महिलाहरु आत्मनिर्भर, शिक्षित र स्वस्थ रहनुपर्छ ।

बुधबार, २६ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर