ओलीलाई साधारण सदस्यबाट पनि हटाउने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले अध्यक्षबाट हटाइएका केपी शर्मा ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै साधारण सदस्यबाट पनि कार्वाही गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालयय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्यबाट पनि निष्काशन गर्न स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले पार्टी महासचिव विष्णु पौडेलले पार्टी निर्णय विपरित कामकारवाही गरेकाले उनलाई महासचिबबाट बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो । यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाएको थियो ।

महासचिव विष्णु पौडेललाई भने कुनै पनि कारबाही गरेको थिएन। दुई दिनदेखी जारी स्थायी कमिटी बैठकले माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध गर्दै ५ वटा विशेष प्रस्ताव पारित गरेको छ । आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।

शुक्रबार, ०२ माघ, २०७७, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर