सुरेश सुवेदी
पुल उद्घाटन गर्न जाँदा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनापछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘ओली जेल बसेको लोकतन्त्रका लागि होइन, हत्याको अभियोगमा हो ।’ म भन्छु, ओली सामन्तका हत्यारा त हुन् नै । उनी डरछेरुवा, भगौडा र कायर पनि हुन् ।
२०२८ सालको झापा आन्दोलन (सामन्तको टाउको काट्ने अभियान)का प्रमुख पात्रहरू मध्येका एक थिए, केपी शर्मा ओली (उनलाई त्यो स्मरण गर्दा पनि अहिले रिस उठ्छ होला कि !) । आन्दोलनका क्रममा तत्कालिन आन्दोलनकारीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार सुरु ग¥यो । त्यसपछि ओली मोहनचन्द्र अधिकारीसँग भारत भागे । पञ्चायत विरुद्ध गणतन्त्र स्थापना गर्ने उद्घोषसहति झापा आन्दोलन जारी नै थियो । त्यहि शिलशिलामा परिबन्ध मिलाएर पुनः नेपाल छिरेका अधिकारी र ओली २०३० असोज २३ गते रौतहटबाट प्रहरीले पक्राउ गरो । वीरगञ्ज जेलबाट दुबै जनालाई काठमाडौंस्थित भद्रगोल जेल हुँदै केन्द्रीय कारागार लगिएको थियो ।
ओलीले त्यसबेलाका शासकसँग जेलबाट छुट्नका लागि त्यतिबेलै पटक–पटक अनुनय विनय गरेर पत्र लेखेको त्यसैबेलाका कतिपय राजनीतिक अभियान्ता बताउँछन् । अहिले पनि राज्यले पक्राउ गरेपछि विन्तिपत्र लेखेर अबदेखि विप्लव समूहमा लाग्दिन घर गरिखान्छु भनेर धेरैजना थुना मुक्त भएजस्तै प्रयास ओलीले गरेका थिए । तर, तत्कालिन राज्यको नीति नै के थियो, ‘झापा आन्दोलनमा मानिसको टाउको काटेर आएका अपराधिहरुलाई जेल सजाय दिनै पर्छ, आत्मसमर्पण गरे पनि छुट दिनुहुन्न ।’ त्यही कारण ओलीले १४ वर्षसम्म जेल जीवन बिताउनुप¥यो । आन्दोलनमा लाग्नेहरुले ज्यानको बाजी लगाउनुपर्छ । मर्छु भन्ने जान्दाजान्दै राजनीतिक चेतनाले लैस भएकाहरु आगोमा हाम फाल्न तयार हुन्छन्, गोलीसँग खेल्न डराउँदैनन् भने जेल जीवन बिताउनु त क्रान्तिकारीहरुका लागि दूधभात खाए सरह हो । तर, ओलीले आफू जेलबाट छुट्न गरेको उसबेलाको अनुनय विनय पनि भगौडा र डरछेरुवा प्रस्ताव थियो । ओलीका धेरै असली चरित्रहरुको बारेमा तत्कालिन जेलजीवन सँगै विताएका राधाकृष्ण मैनालीले भनेकै छन् । (त्यसबारे अहिले पनि युटुबमा हेर्न सकिन्छ ।)
ओलीले आफ्नो जेल जीवनबारे विभिन्न सञ्चारमाध्यामलाई दिएको अन्तरवार्तामा पनि यस्तै यस्तै डरछेरुवा, भगौडा र कायर थिए भन्ने कुरालाई नै बल पुग्ने कुरा गरेका छन् । मृत्युसँग डर लाग्छ कि लाग्दैन भन्ने एउटा प्रश्नमा उनले दिएको जवाफ यस्तो थियो, ‘मान्छे वा अल्पज्ञान भएको जुनसुकै जीवले पनि कुनै हालतमा मृत्यु रोज्दैन । सानो फट्याङ्ग्रोले पनि रोज्दैन । हिँडिरहेको एउटा कमिलोलाई अगाडिपट्टी छेकबार लगाइदियो भने खतरा महसुस गरेर फनक्क बाटो बदलेर अर्काेतर्फ हिँडिहाल्छ ।’ उनले मानिसलाई पशु वा किराफट्यांग्रासँग दाँजेर आफू पनि अल्पज्ञानी, डरछेरुवा र कायर भएको दृष्टान्त दिएका छन् । ओली मुर्ख पनि हुन् । मुर्खहरु कहिल्यै पनि आफूलाई कमजोर ठान्दैनन् । पछिल्लो उदाहरण उनी आफैं छन् । पार्टीका सबै कमिटिहरुमा अल्पमतमा परिरहेको भए पनि धाकधम्की र अहंमता उनमा कम छैन ।
त्यस्ता डरछेरुवा, कायर, अल्पज्ञानी र मुर्ख मानिसको शासनकालमा हामी छौं । प्रचण्डको प्रतिवेदनमा लगाएका कतिपय आरोपहरु ओलीका लागि सही हुन् । ओलीले पार्टीको कुनै अनुशासन पनि मान्दैनन्, ओलीले आफ्नो कामकारबाही र पार्टीको आदेश पनि पालना गर्दैनन्, ओली नम्रताका साथ पनि बोल्दैनन्, जनतालाई अपमानित र गाली–बेइज्जति गरिरहन्छन् । ओली समझदार पनि छैनन्, समय अनुसार निर्णय पनि गर्दैनन् । विचार व्यक्त हुन पनि दिँदैनन्, अरिङ्गाल लगाइदिन्छन् । जिम्मेवार बन्दैनन्, गलत चिन्तनबाट ग्रस्त छन् । आलोचनाबाट डराउँछन् र सामूहिक नेतृत्वमा विश्वास गर्दैनन् ।
सत्तामोहमा डुबेका ओली भन्छन्, ‘मलाई कुर्सीबाट हटाउन खोजे, कुर्सी नै भाँचिदिन्छु, संसद भंग गरिदिन्छु, संकटकाल लगाइदिन्छु, पार्टी फोडिदिन्छु, अध्यादेश ल्याएर देश चलाउँछु ।’ हे भगवान् ! भगौडा र कायरको धाकधम्की कति सहनु ? तर, मलाई विश्वास छ । कायर र भगौडाहरुसँग अन्त्यमा आत्मसमर्पण गर्नुबाहेक अर्को कुनै विकल्प छैन । क्रान्तिकारी र परिवर्तनकारी कम्युनिष्टहरुका लागि मात्रै हो ‘हारे हत्कडी, जिते संसार’ ।