विराटनगर । नेपाल वैश्य युवा संघ मोरङ्गले विराटनगर ७ स्थित आमाको माया छात्राबास तथा जनजाति कल्याण आश्रमलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

संघले आइतबार आश्रमका अध्यक्ष मदन शाहलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संघले ५० किलो चामल, १५ किलो दाल, ५ लिटर खाने तेल, ५ प्याकेट नुन, १ कार्टुन चाउचाउ, ५ किलो चिउरा, २० किलो आलु, ७ किलो प्याज, ५ किलो भुजा, ४५ थान फ्रुटी, ५ दर्जन बिस्कुट, ५ डब्बा हर्लिक्स, ५ डब्बा ग्लुकोज, ५ किलो सोयाबिन, १५ किलो हरियो सब्जी, ६ किलो सर्फ लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

यस्तै संंघका तर्फबाट १ सय ५० थान सर्जिकल माक्स र केही अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको संघका अध्यक्ष गणेश साहले बताउनुभयो । उहाँले खाद्यान्न हस्तान्तरणमा महिला शान्ति, अनुसन्धान तथा विकाश केन्द्र (वपरडेक) ले पनि सहयोग गरेको जानकारी दिनुभयो ।

खाद्यान्न सामाग्री हस्तान्तरणमा भने संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचिव प्रेमनाथ गुप्ता, सह–सचिव अशेश्वर साह, कोषाध्यक्ष डा. शिवशङ्कर साह, सह–कानूनी सल्लाहकार सन्जुकुमारी साह, सल्लाहकार सियाराम रौनियार, नेपाली काङ्ग्रेसका युवा नेता राजेश गुप्ता लगायतले सहजीकरण गरेका थिए ।