लोड हुँदैछ...

मेनु

सही समयमा सही निर्णय

सही समयमा सही निर्णय

यो वाक्यांश व्यवस्थापन विषयको अतिनै महत्वपूर्ण स्लोगन हो । जुन आजको दिनमा नेपालको सार्वजनिक प्रशासन अन्र्तगतका तह तप्कामा र त्यहाँको समस्याहरुको समाधानको निमित्त यसको प्रयोग कोशेढुङ्गा सावित हुन सक्दछ ।

हाल नेपालको सन्दर्भमा एक कुशल नेतृत्व भनौं या व्यवस्थापकको रुपमा आफुलाई स्थापित गर्न पुगेका नेपाल विद्युत् प्राधिकारण निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङ एक व्यवस्थापनको सैद्धान्तिक ज्ञान भएको व्यक्ति मात्र नभएर त्यस सिद्धान्तको कार्यनीतिक प्रयोगकर्ताको उपमा दिनमा व्यवस्थापन विषयको विद्यार्थी भएको हिसाबले मलाई कुनै हिचकिचाहट हुन्न । कुलमान घिसिङ एक विषयगत तथा प्राविधिक ज्ञान भएको व्यक्ति भएकोले नेपाल सरकार र त्यस मातहतको विभागीय प्रमुख अर्थात् मन्त्रीले दिएको ४ वर्षे समयावधिमा आफ्नो रणकौशलता प्रभावकारिरुपमा प्रस्तुत गरेका छन् । उनको शौक्षिक धिद्धता Master In Power System Engineering and Business Administrator मा रहेको छ । जसले आज उनलाई जानेर होस् या नजानेर सारा नेपालीले कुशल व्यपस्थापक मानिरहेका छन् ।

उनले आधुनिक व्यवस्थापनको प्रणाली सिद्धान्त र व्यवस्थापनको प्रमुख कार्यको चतुर समायोजनमा सही समयमा सही निर्णय (Right Decision At Right Time) लिँदै, दिएको जिम्मेवारी लोडसेडिङ तथा उर्जा सङकटबाट आक्रान्त देशलाई मुक्त गराएका थिए । उनको यो केबल आधारभूत कार्य हो यसको जगमा विद्युतको उत्पादन, निर्यात र प्रर्बद्धन मार्फत नेपालीको १५औं योजनाले तय गरेको ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ को सपनाको कार्यभार पुरा गर्नुछ । भनेपछि, उनको आशयबाट के बुझिन्छ भने सोहि योजनाको ४.१ बुँदा बमोजिमको सोच अनुसार ‘जलविद्युुतको दिगो र भरपर्दो विकासमार्फत् मुलुकको समृद्धिमा योगदान’ र लक्ष्य ‘जलविद्युतको तीब्र उत्पादन गरी उर्जा शुनिश्चित गर्ने’सहितको सरकारको उद्देश्य र त्यसका लागि चालिने रणनीतिक तथा कार्यनीतिक औजारको प्रयोगले देशले र देशको नेतृत्वमा रहेको पत्रहरुको साझा सपना र सङ्कल्प प्राप्तीको लागि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङ र उनको टिमको वहिर्गमनभन्दा पुनरागमनको लागि सही समयमा सही निर्णय (Right Decision Need to Take At Right Time) लिनु आवश्यक छ । यसको तथ्याङ्कीय आधार नेपाल विद्युत् प्राधिकरणको विगत चार वर्षमा प्राप्त गरेको उपलब्धिलाई समेत नियाल्न सकिन्छ ।

(प्रत्येक वर्ष वितग चार वर्षमा सरकारको स्वमित्वमा रहेको संस्थान नेपाल विद्युत् प्राधिकरण नाफा भएको संख्यात्मक प्रस्तूति)

यस्तो परिणाममुखी उनको प्रगतिशिल कदमलाई हामीले सकारात्मक रुपमा लिँदै उनको पुनःर्नियुक्तिमा सरकारले पुनः सकारात्मक निर्णय लिने अपेक्षा आम नेपाली मनको केन्द्रबाट सामाजिक सञ्जालमा दर्शाएका छन् । आखिर नेपालको सार्वजनिक प्रशासनदेखि सरकारको स्वामित्वमा रहेको धेरै संस्थान तथा निकायहरुमा सरकारद्वारा नियुक्ति र पदस्थापन समय समयमा नभएको पक्कै होईन । एकै पदमा पटक–पटक पनि नियुक्ति र एकै व्यक्तिलाई धेरै ठाउँमा पदस्थापन नगरिएको समेत होइन । आज देशनै कोरोना माहामारीबाट आक्रान्त भएको परिवेशमा सडक र संचारमाध्यम यस विषयले व्यस्त बनाउनु सही पक्कै होइन कि ? भन्ने सर्वसाधारण जनताको बुझाई रहेको पाउँछौ । त्यसैले सही समयमा सही निर्णय लिनु व्यवस्थापनको हरेक परिस्थितिमा उक्त पङ्क्तिको बेजोड प्रयोगले पक्कै पनि समस्याको समाधान हुन सक्दछ ।

– झापा, तोपगाछी

6 प्रतिक्रियाहरू

6 प्रतिक्रियाहरू

Susan
September 17, 2020 12:18 PM

Nice article.

Sundar
September 17, 2020 12:44 PM

Yes
Agreed

Sachin Gupta
September 17, 2020 1:09 PM

Sahi ho

Sachin Gupta
September 17, 2020 1:14 PM

Sahi ho sahi ho

Suzata Khanal
September 17, 2020 7:55 PM

Agreed sir

Chandrashekhar
September 17, 2020 8:16 PM

Sahi ho

प्रतिक्रियाहरू बन्द छन्।