छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहा नरसिहं ४ बस्ने नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको लडेर मृत्यु भएको छ ।

आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको बाँझो खेतबारीमा नाबालिका रबिना खातुन लडिरहेको अवस्थामा फेला परेको र उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल ईनरुवा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ ।

उता झापाको हल्दिबारी ३ जलथल बस्ने ४७ बर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

करेन्ट लागेर वेहोस भएका राईको साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार, २१ भदौ, २०७७, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर