विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको ६ महिनापछि प्लाज्मा थेरापीबाट सफल उपचार भएको छ ।
निमोनिया भएपछि धरानस्थित पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौंको शिक्षण अस्पताल लगिएका ६० वर्षीय चिकित्कसकलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको हो ।
शिक्षण अस्पतालको आइसियुमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरुले उनलाई यसअघि कोरोना संक्रमित भएर उपचारपछि ठीक भएका व्यक्तिको रगतको प्लाज्मा दिएका हुन् । संक्रमणले निकै जटिल अवस्थामा पुगेका उनलाई बचाउन प्लाज्मा दिएपछि सुधार देखिएको अस्पतालले जनाएको छ ।
केही समयअघि विदेशबाट आउँदा कोरोना आइसोलेसनमा उपचारपछि ठिक भएका व्यक्तिले प्लाज्मा दिएपछि उनी खतरामुक्त भएका छन् । कोरोना संक्रमणबाट फोक्सो जटिल समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखेर ९० प्रतिशत अक्सिजन दिनुपरेकोमा अहिले सुधार भएको शिक्षण अस्पतालको कोभिड १९ नियन्त्रण समन्वय समितिका संयोजक प्रा।डा। शान्तकुमार दासले जानकारी दिनुभयो ।
प्लाज्मा थेरापी गरिएपछि तीन दिनमै अक्सिजनको मात्रा घटाएर २४ प्रतिशतमा झारिएको छ । उनलाई अब सामान्य बेडमा सार्ने तयारी भइरहेको डा. दासले बताउनुभयो। यो पद्दतिबाट नेपालमा कोरोना संक्रमितको पहिलो पटक उपचार गरिएको हो।
प्लाज्मा दिएपछि उनको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ । साउन ८ गते कोरोना पुष्टि भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका कार्कीलाई निमोनिया देखिएपछि थप ‘अब्जरभेसन’का लागि साउन अघिल्लो साउन १० गते हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको थियो ।
के हो प्लाज्मा थेरापी ?
कोरोनाविरुद्ध लड्नका लागि मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्ती १० देखि १४ दिन लाग्ने गर्छ। यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी विधि अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ।
प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ । यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।
चिकित्सकहरुका अनुसार रगतमा कोष, प्लाज्मासँगै पानी हुन्छ । मान्छेको शरीरमा ५ देखि ६ लिटरसम्म रगत हुन्छ । तर, त्यो सबै रगत होइन । त्यहाँ रक्तकोष, डब्लूबीसी, प्लेटलेट हुन्छ । ३ प्रकारको सेल हुन्छ । रेड ब्लड सेल । जसमा हेमोग्लोबिन हुन्छ । यसले अक्सिजन लैजाने काम गर्छ । अर्को ह्वाइट ब्लड हुन्छ । यसले पुलिस आर्मीको काम गर्छ । किटाणुलाई छेक्ने काम गर्छ । र, एन्टीबडी गएर भाइरसलाई मार्ने काम गर्छ ।
त्यस्तै, प्लेटलेट हुन्छ । यसले रगत जमाउने काम गर्छ । ब्लिडिङ हुन दिँदैन । रगतलाई ढिक्का बनाउने काम गर्छ । त्योबाहेकको सबै प्रोटिन मिसिएको प्लाज्मा हुन्छ । प्लाज्मामा पानी पनि हुन्छ । प्लाज्मामा रोगविरुद्ध लड्ने शक्ति ९इम्युनिटी पावर० हुन्छ । त्यसैले कोरोना भाइरसका बिरामीलाई प्लाज्मा दिइने हो ।
कोरोना बिरामीको लागि प्लाज्मा चाहिने हो । रगतबाट प्लाज्मा छुट्याएर त्यो कोरोनाका जटिल बिरामीलाई दिइन्छ । आफ्नो शरीरमा रोगसँग लड्ने शक्ति उत्पादन नभएपछि अर्कोको शक्तिलाई प्रयोग गर्ने बिधि हो, प्लाज्मा थेरापी । भाइरसलाई मार्न प्लाज्मा काम लाग्छ ।
कोरोना भाइरस निको भएको व्यक्तिबाट ४ देखि ६ हप्ताभित्र प्लाज्मा लिएर अर्कोलाई दिन सकिन्छ । कोरोना भाइरस शरीरमा नभएको र तङ्ग्रिदै गरेको व्यक्तिबाट प्याज्मा लिइनछ ।