लीलावल्लभ घिमिरे
लामो समयदेखि नेपालमा चलेको मिसन पत्रकारीताले ब्यवस्था परिवर्तन ग¥यो, व्यक्ति परिर्वतन ग¥यो । तर सोच परिवर्तन गर्न सकेन । सत्तामा नेतालाई पु¥याएपछि तीनै नेता पत्रकारका घाँटी समाउन आइरहेका छन् । यसको तितो यथार्थ भोगिरहेको नेपाली पत्रकारिताले अहिले फेरि पीडा भोग्नुप¥यो । आफ्नै पसिनाले साहु मलमा पुगे । तर, पत्रकारहरु सडकमा आउनुपर्ने अवस्था आयो ।
सधैं अरुका बारेमा नानाथरी लेख्ने बानीका कारण आफ्ना बारेमा केहि लेख्नु प¥यो भने अघि बढ्न निकै कठिन भइरहेको छ । आज आफ्नै बारेमा केहि लेख्न मन लाग्यो । उत्तरी चिनबाट फैलिएको कोरोनाले विश्व लर्खराईरहेका बेला मेरो देश पनि त्यसवाट अछुतो रहने कुरा भएन । २०७६ सालको विदा गर्न लाग्दा देशमा चैत्र ११ गतेबाट बन्दाबदी सुरु भयो । सबैजना त्रासमा थिए । त्यसको प्रभाव नेपाली मिडियामा समेत देखिएको थियो । सबै पत्रकार घरमा ढोका थुनेर बसेर झ्यालबाट च्याएर समाचार लेख्न थाले । केहि राष्ट्रिय मिडियाका प्रकाशनसमेत बन्द भए ।
दिन बित्दै जाँदा कोरोना बढ्दै गयो । तर, हाम्रो डर भने घट्दैगयो । विस्तारै सबै आफ्नो पेसा व्यवसायमा फर्के । अहिलेसम्म सार्वजनिक बस, स्कूल, जहाज र होटलहरु आफ्नो लयमा फर्कन सकेका छैनन् । नत्र धरै पेसा व्यवसाय पुरानै लयमा फर्कन कोसिस गरिरहेका छन् । तर, कोरोना कहरसँगै नेपाली मिडियाहरुको हविगत देखिनथाल्यो । पत्रकारिता क्षेत्रको अग्रणी संस्था कान्तिपुर मिडिया गु्रपले कोरोनाको पहिलो ७ दिन आफ्ना सबै प्रकाशन बन्द ग¥यो । पछि आफ्ना तीन वटा प्रकाशन नारी, साप्ताहिक र नेपाल सधैंको लागि बन्द ग¥यो । त्यति मात्र हैन, कान्तिपुर दैनिकमा कार्यरत पत्रकारहरुलाई विभिन्न वहानामा विदा दिनथाल्यो । अन्य दैनिक पत्रिकाको अवस्था पनि उस्तै छ । हिजोसम्म यो देशमा प्रजातन्त्र हामीले नै ल्याएको हो, हामी मिसन पत्रकारितामा छौं भन्ने हामी पत्रकारहरु आज दोवाटोमा उभिनु परेको छ । अबको हाम्रो बाटो कता हो ? हाम्रो पत्रकारिता पेसाले निरन्तरता पाउँछ कि पाउँदैन ? धेरै प्रश्नको उत्तर आज एक्लै खोजी गर्न बाध्य भएका छन्, पत्रकारहरु । के हामीले गरेको पत्रकारिताको धरातल यति कमजोर नै थियो त ? यो प्रश्नको उत्तर खोज्ने बेला आएको छ । आज कोरोनाका कारण पत्रकारहरुको पक्षमा उभिँदा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरीबहादुर थापाले राजिनामा दिनुपर्ने अवस्था आएको छ । ठूला भनिएका मिडिया हाउसले विभिन्न बहानामा पत्रकारहरुको सरुवा गरिरहेका छन् । लाजपचाएर तलब दिन सक्दैनौं, आधा तलबमा काम गर, विदामा बस भनिरहेका छन् ।
हुन त हामीले पत्रकारिताभन्दा साहुकारिता नै गरेका रहेछौं भन्ने तत्वज्ञान सबैमा अब भने आएको छ । कान्तिपुरकर्मीहरुको जागिर खोसिएपछि पूर्व मानवअधिकारवादी नेता तथा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले आफ्नो फेसबुकमा निकै कडा टिप्पणी लेख्नुभयो । सबै पत्रकारहरु उहाँमाथि अरिंगाल झै खनियौं पनि । तर, २२ बर्षसम्म कान्तिपुरमा नै काम गरेको मलाई भने उहाँको लेखाइले जति मन दुखाउनुपर्ने हो, त्यति दुखाएन । वास्तवमा उहाँले लेख्नुभएको कुरा कतै हाम्रो समाजका सबै क्षेत्र र वर्गले हामीलाई गर्ने नजरको प्रतिनिधित्व त हैन भन्ने प्रश्न मेरो मनमा उठिरहेको छ । हिजो हामीले नगरेको चाँही हैन । एकपटक छातीमा हात राखेर सोच्ने हो भने हामीले जनता र समाजका लागि कति ग¥यौं र मालिकका लागि कति ग¥यौं भन्ने मूल्याङ्कन गर्ने बेला आएको छ । प्याकुरेलेको फेसबुकवाट आज मैले लिएको यो भनाई एक पटक पढ्नुहोस् त ।
कान्तिपुरमा जागीर खोसिएका पत्रकार : अर्काको हक अधिकार खोसियो, कहाँ छ सरकार ? भन्दै आदेश मुताबिकका अनेक कथा रच्ने काम गर्ने बबुराहरु । अब आफ्नो अधिकार अपहरण भयो । यतिका वर्षको आयव्यय हिसाब अनुसार कति नोक्सान भयो र यो नौवत आयो ? भनेर सोधुन । प्रकाशन गृहको हिसाब कर कार्यालयमा पेश भएको छ । बैंकमा ऋण लिंदा पनि पेश भएको छ । सूचनाको हक प्रयोग गरुन र जाँचुन । सक्छन ? सक्दैनन । किनकी साहु पत्रकारिता गर्दा मानिस पत्रकार रहन्न, कारिन्दा बनाइन्छ र आदेशको जुवामा जोतिन्छ । तिनको आत्मबल र नूर खोसिन्छ । त्यसैले आफूलाई कत्रो न ठूलो पूर्ण स्वतन्त्रताको मालिक ठानेर बढ्ता रवाफ छाँट्ने र भा’नभा फुँदा जोडेर हप्काउने नगर्नु भनेको हुँ । कठैबरा ! अब फुईँ टनाटन छ, हैसियत खलास । परेन बित्यास ?
माथिको लेखाईमा शब्दहरु अलि प्याकुरेलको ओहोदा र वौद्धिकतासँग सुहाउने अवश्य छैनन् । तर, भावलाई बुझ्ने हो भने यथार्थ जस्तो लाग्छ । हिजो हामीहरुले धेरैका अधिकारका बारेमा लेखेका छौं । कुनै कम्पनीले जागिरबाट निकाल्यो भने त्यो कम्पनी नै बन्द गर्नेगरी हामीले समाचार लेखेको तथ्य सबैले सुरक्षित राखेका छन् । हामीले अरुका अधिकारका कुरामा पनि धेरै कुर्लेका छौं । आज हामीलाई तिनै चप्पल जुत्ता फ्याक्ट्रीबाट निकालिएका मजदुरभन्दा तल्लो दर्जामा राखेर जागिरबाट हात धुवाउने काम भएको छ । खै त हाम्रा कलम ? खै त हाम्रो पत्रकारिता ? खैत हाम्रो अधिकार ? अनि दुनियाँका लागि आकाश नै थामेका छौ भन्ने हाम्रा आवाज कता गए त ? यो देशको प्रजातन्त्रदेखि गणतन्त्रसम्म हाम्रो मिसन पत्रकारीताले ल्याएको हैन ? अनि यही गणतन्त्रमा साहुले मासु पसलको सटर तानेर बन्द गरेझै मिडिया हाउस बन्द हुँदा हाम्रा आवाज किन बन्द भएका होलान् ? यस्तै धेरै प्रश्नहरु मनमा आइरहन्छन् ।
हामीले गरेको पत्रकारिताले र हामीले ठड्याएका महलहरु यति कमजोर नै हुन् त ? यदि हैन भने आज हामी कुनै साहुले निस्केर जा भन्दा लाचार भएर जानुपर्ने अवस्था हो त ? सबैका आवाज बन्दै हिड्ने हामीहरुका आवाज आफ्नै पसिनाले बनेका महलहरुले बन्द गरी दिँदा कोही हाम्रो पक्षमा बोलिदिँदैन होला त ?
२२ वर्ष काम गरेर एक वर्षअघि म कान्तिपुरबाट अलग भए । त्यसपछिका दिनमा मैले आफ्नो मूल्याङ्कन आफैले छातीमा हात राखेर गर्ने हो भने मैले गरेको पत्रकारिता साहुकारीता नै हो भन्नेमा म चाँही पुगेको छु । मैले कान्तिपुरमा जति सिके तीनमै मेरो जवानी र पसिना पनि बगाएको छु । तर, बिडम्बनासाथ भन्नुपर्छ २२ वर्षसम्म काम गर्दा सूचना विभागको रातो कार्डसम्म बनाउन नपाएको तितो यथार्थ धेरै पत्रकार साथीहरुसँग छ । आज कोरोनाका नाममा नेपाली मिडिया मालिकहरुले पत्रकारहरुलाई गरेको व्यवहारले फेरि नेपाली पत्रकारहरुमाझ एउटा चुनौती थपिएको छ । साहु पत्रकारिता गर्ने कि वास्तविक पत्रकारिता गर्ने ?