अहिलेका हाम्रो समाजको मुख्य समस्या भनेको अराजकताको हो । हामी नीतिका कुरा गर्नुपर्दा आफू असल र समाजको आदर्श भएको तर्क गर्छौ । तर, व्यवहारमा आँगन बढारेर फोहर बाटामा फ्याल्छौ । दोश अरुलाई दियो र सहि भएको गरेको सबै मैले मात्र हो वा मेरो कारणले हो भन्न कहिलै भुल्दैनौं । कतिपय सामाजिक नियमहरु मान्नुपर्दा अपमानित भएको महसुस गर्छौ ।

मन्दिरको लाईन बस्नु पर्दा होस् वा डाक्टरकोमा पालो पर्खदा लाइन बस्नु भनेको अपमानित भएको महसुश गर्छ हाम्रो समाजको मुख्य चरित्रले त्यो चरित्रमा म आफैं पनि अवश्य पर्छु । हामी देश विदेशका कुरा गर्छाै अवगत धेरै नेपालीहरुको साइनो सम्वन्ध विदेशसँग जोडिइसकेको छ, त्यो डिभी पिआरका नाममा होस् वा रेमिट्यन्सका नाममा किन नहोस्, प्रतक्ष्य नभएर भर्चुअल भएपनि अब विदेश घुम्नेको संख्या घेरै छ, हाम्रो समाजमा । विदेश घुम्दा उनीहरुले गरेको विकास चै हामी हेरेर आउछौं, तत्काल नेतालाई गाली बर्याउन थाल्छौं । के हाम्रो देश समाज नेताले मात्र विगारेका हुन् त, हाम्रो समाज अगाडि बढ्न नसक्नुमा हाम्रो भागमा कुनै दोस छैन त ? छ, हाम्रो समाज विकसित नहुनुको पछाडीको एउटा प्रमुख कारण चै हामी आफैं हो । हामीले अहिलेसम्म अधिकारका मात्र कुरा गरिरहेका छौं । तर, समाजप्रति हाम्रो दायित्व के हो भनेर हामीले कहिल्यै सोचेनौं । त्यहि भएर हाम्रो समाज अगाडि बढ्न सकिरहेको छैन ।

यो लकडाउनले गर्दा आफ्नो समाजलाई अझै नजिकवाट नियाल्ने मौका पाईयो । नत्र सामान्य अवस्थामा रोजिरोटीवाला आफ्नै निजी कामले गर्दा आफ्नै समाजलाई पनि नजिकबाट नियाल्न नपाईरहेको अवस्था थियो भनौ वा आफैंले पनि सामाजिक गतिविधिमा सहभागी हुन अवसर पाईयो । यो सिलसिलाको केहि व्यवहारिक सिकाईहरु शेयर गर्न उचित ठानेर प्रस्तुत गर्दैछ । मान्छेले आफूलाई अनुकुल हुने गरि मात्र सामाजिक गतिविधि गर्छ, यदि उसलाई त्यो कार्य प्रतिकुल लाग्यो भने उसले त्यो कार्य उसको बलले भ्याएसम्म हुन दिदैन । सामाजिक कार्यका मान्छेले भरसक लगानी गर्न चाहदैन, त्यसले उसलाई ठूलै क्षति भए उ व्यहोर्न तयार हुन्छ ।

एउटा उदाहरण छ, हाम्रो छिमेकी टोलमा नगरपालिकाबाट सडक पिच गर्न १० लाख बजेट परेछ, बजेट परेको कुरा थाहा पाएर टोलभरिका मान्छे भेला भएर उपभोक्ता समिति बनाउन भेला भए । भेलामा समितिको नाम प्रस्ताव गर्दा हानाथाप भयो, अध्यक्ष सचिव र कोषाध्यक्ष बन्न । जब समिति तयार भयो अनि थाहा पाएछन्, स्थानीय तहले जनसभागिताविना लगानी गर्दैन । १० लाखको २० प्रतिशत उपभोक्ताले लगानी गर्नुपर्छ । समिति तत्काल विघटन गरिएछ ।

यो कुरा एक जना ठेकेदारले थाहा पाएर जनसहभागिता बरावरको लगानी आफूले गरिदिने सरकारी बजेटभरिकै काम गरिदिने प्रस्ताव गाउँलेसँग गरेछन् । समिति फेरि सक्रिय भएर वडा कार्यालय पुग्यो । नगरपालिकाको नियम अनुसार उपभोक्ता समितिमा वस्नेहरुको चालु आवको घर कर तिरेको रसिद अनिवार्य छ । समितिका मान्छेको आफूहरुको घर कर तिरिदिन भनेको प्रस्ताव ठेकेरादले नमानेपछि अब फेरि उपभोक्ता समिति विघठन भएछ, उनीहरु जस्तै मान्छेहरुले तिरेको घर करहरुबाट जम्मा भएको रकम वजेट बनेर आफ्नो घर अगाडि पिच गर्न आएको भनेर ति मेरा छिमेकी टोलवासीलाई त म बुझाउँला तर नगरभरि वा देशभरि यो कुरा कसले बुझाईदिने । एउटा आदर्श देश त करविना चल्न सक्दैन, अब स्थानीय तहले पनि करमा दण्ड जरिवानाको व्यवस्था गर्नुपर्छ ।

त्यसैले अब सबै स्थानीय सरकारले बाउन्सरको व्यवस्था गरौं, घरकर मात्र हैन पसल व्यवसाय लगायतका कर मात्र हैन, सहर फोहर गर्ने, निर्माण सामाग्री थुपारेर सडक विगार्ने, सडकमा फोहर गर्ने वा भनौं नगरक्षेत्रको सौन्दर्य विगार्ने आदिलाई त्यसो नगर्न सम्झाउने, नमाने दण्ड सजाय गर्नसक्ने अधिकार भएको बाउन्सर राखौं, जसले नियम पालना नगर्ने, बर्षाैदेखि कर नतिर्ने मेरो छिमेकी टोल जस्ता सहरका प्रत्येक घर पत्ता लगाएर कर तिराओस् । जसले गर्दा नगर चाँडो विकासको बाटोमा अगाडि बढ्नसक्छ ।