योशा दार्यान
१. अष्टाङ्ग योग सबै योगको जननी भएकोले र जति पनि विभिन्न प्रकारका योग छन् सबै यही अष्टाङ्ग योग भित्र भएकाले वा अटाएकाले आजको आवश्यक हो । अष्टाङ्ग योग अति प्राचीनतम वैद्धिक, औपनिषद स्वरुप आयुर्वेदिक चिकित्सा विज्ञान अन्तर्गत लगभग ३००० वर्ष अगाडि पचासभन्दा बढी ऋषिहरुले एकै पल्ट अभ्यास गरेको तथ्याङ्क रहेकाले, सिद्धार्थ गौतम (महात्मा बुुद्ध) ले अष्टाङ्गित मार्ग स्वरुप अभ्यास र वैराग्य, योग साधनासहित योगदर्शनमा उल्लेखित अस्टाङ्ग योगबाट शारीरिक, मानसिक र आत्मिक स्वस्थता, शुद्धता, दीर्घायु जीवन र आफूभित्र उपस्थित र बाहिर उपस्थित ईश्वर बारे यथार्थ बोध साथै मानवचक्रमा र ब्रमाण्डमा भएका तारा, नक्षत्र, ग्रह आदिहरुमा संयम गर्नाले अद्भूत शक्ति र उर्जा पाइने कुराको आधुनिक योगी साधकहरु, वैज्ञानिकहरु, रिसर्चहरुबाट पनि प्रमाणित भएको हुँदा अस्टाङ्गयोगको अति आवश्यक पर्न जान्छ ।
२. नेपालको NAMC र भारतको CCIM आयुर्वेद परिषद्ले केही वर्ष अगाडिदेखि अष्टाङ्ग योगलाई आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । यो परिषद आधुनिक आयुर्वेद चिकित्सकहरु जस्तै द्यब्ःक्, ःम्, एज्।म् प्राप्तको समूहले बनेको परिषद् हो । अष्टाङ्ग योग नै सबै योगको राजा भएकाले वा राजयोग भएकाले पनि यसैलाई लिएको हुँदा र यसबाट मात्रै शारीरिक मानसिक र आत्मिक साथै सामाजिक जीवन जीउन सरल र सुविधा भएकोले पनि आज अति आवश्यक पर्न जान्छ । साथै विभिन्न प्रकारका चिकित्सा प्रणाली, शारीरिक, मानसिक, आत्मिक, सामाजिक सेवा, धर्म, उपचार बारे विभिन्न धर्म, संघसंस्था, अन्धविश्वास, भौतिक र आध्यात्मिक जीवन कर्महरुले असर पार्ने क्रियाकलाप आदिहरुबाट पनि माथि उठेर सेवा उपचार आदि वैज्ञानिक र आध्यात्मिक कार्यहरुमा विकास गर्न सकिने हुँदा पनि अष्टाङ्ग योग आजको समयमा अति आवश्यक छ ।
३. लेखक आफैमा निर्भर छ । विगत १४ वर्ष देखि अष्टाङ्गयोग बारे प्रचार–प्रसार र विभिन्न ठाउँमा योग शिविर लगाउदै आएकाले साथै त्ग् अन्तर्गत आयुर्वेदको BAMS course को पाठ्क्रममा अष्टाङ्ग योग बारे अध्ययन गर्न पाउँदा थप ज्ञान प्राप्त गरेपछि आजको वर्तमान समयमा शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थता शुद्धता, दीर्घायु र कोरोना भाइरस (COVID-19) लगायत यस्ता धेरै किटाणु, जीवाणु, विषाणु आदिहरुबाट बच्न, संक्रमित भएकालाई बचाउन र निरन्तर अभ्यास गर्दै गएपछि धेरै रोग, विराम, समस्या विशेष गरी मानसिक समस्या आउन नदिने उपाय हो रहेछ भन्ने १४ वर्षको अनुभवले पनि बताएको हुँदा अष्टाङ्ग योग आज अति आवश्यक हुन जान्छ ।
अष्टाङ्ग योगको परिचय र योग साधना
अष्टाङ्ग योग भन्नाले योगका आठ वटा अंगहरु भन्ने बुझिन्छ । जस्तै यम, नियम, आसन प्राणयम, प्रत्याहाट, धारणा ध्यान र समाधि ।फेरी यमका पाँचवटा उपअङ्गहरु छन् जस्तै अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रह । त्यसैगरी नियमका पनि पाँच वठा उपअङ्गहरु छन् । जस्तै शौच, सन्तोष, तप स्वाध्याय र ईश्वर प्रणिधान – तन, मन र वचनले कसैको वा कसैप्रति हत्या हिंसा नगर्नु, सधै सत्य बोल्नु, कसैको चोरी नगर्नु, ब्रम्हचर्य पालना गर्नु र मोह राखेर जस्तोसुकै संघर्ष नगर्नु वा संग्रह नगर्नु हो ।
तन मन र बचनको स्थरमा शारीरिक, मानसिक, आत्मिक रुपमा सफा, शुद्ध पवित्र रहनु हो । आफूले गर्नु पर्ने कर्म, परिश्रम गरेर प्राप्त जे जति धनसम्पति छ त्यसैमा सन्तुष्ट रहनु हो ।
तप–जीवनमा आएका सुख–दुःख, मान–अपमान प्रशंसा–निन्दा, हार–जीत, तातो–चिसो अवस्थामा पनि धैर्य गर्दै सहेर हिड्नु वा रहनु नै तप हो । स्वास्ध्याय: ब्रम्हमूर्तमा योगसाधना सहित ॐकारको जप, स्वयम्प्रतिको ध्यानको यात्रा र आत्मिकबारे सत्य शास्त्रहरुको अध्ययन गर्नु नै स्वास्ध्याय हो ।
ईश्वर प्राणिधान :
ध्यान साधनाबाट समाधि घटाएर वा समाधि अवस्थामा पुगेर यथार्थबोध प्राप्त गर्दै आफूभित्र भएको विशाल आत्मा जुन चाहिँ परमात्मा स्वरुप जसलाई ईश्वर भनिन्छ उसलाई चिन्नु हो साथै असम्प्रज्ञात समाधि घटाएदै विश्व ब्रम्हाण्डव्यापी सृष्टिकर्ता परमपिता परमेश्वरलाई नि चिन्नु हो वा सो बारे बोध हुनु हो ।
बहुमूल्य सत्यवस्तु भनेकै अन्र्तबोध हो । “The only real Valuable thing is intuition” – Albert Eisenstein
योग एवम् स्वास्थ्य
आयुर्वेद परिषद्को पाठ्यक्रमले के भन्छ ? योग एवम् स्वास्थ्य बारे:
योग बहुचर्चित विषय हो । समाजका प्रायः जसो बुझ्नेहरु सबैले योगको अध्ययन तथा अभ्यासमा रुचि लिई रहेका छन् । विभिन्न वर्गका मानिसहरुद्वारा भिन्ना भिन्नै दृष्टिकोण अनुसार रुची वा ईच्छा प्रकट गर्नु तथा आ आप्ना तरिकाबाट यस विषयमा विचार विमर्श (जस्तै योग शब्दलाई हेर्दा वेद, उपनिषद्, भागवत गीता, पुराण आदिमा प्राचीनकाल देखि नै साथै चरकसंहिता, सुश्रृतसंहिता, आदि आयुर्वेद शास्त्रहरुमा त्रिपिटक, योगदर्शन, योगबीज, हठयोग प्रदिपिका आदि हुँदै Dr. Timothy Mccall MBBS, MD द्वारा लिखित Yoga as medicine भन्ने पुस्तक सम्म हेर्दा) प्रस्तुत गर्नाले योगको आधुनिक स्वरुप वृहत रुपमा व्यापक भएको देखिन्छ। पछिल्लो केही वर्ष यता योग नेपालभारतीय स्वरुपबाट हटेर अन्तर्राष्ट्रिय तिर, व्यक्तिगत साधना मात्र बाट हटेर व्यापक समाजिक उपभोग गिता तिर तथा आत्मिकताबाट छुटेर वैज्ञानिकता तिर अग्रसर भइरहेको छ । आजको बुहचर्चित आधुनिक योग प्राचीन औपनिषद, वैदिक योग दार्शनिकबाट भिन्नै रहेको पाईन्छ । योग आफ्नो उच्च आध्यात्मिक स्वरुपबाट हटेर भौतिकताको तर्फ यति बढ्यो कि यसले आफ्नो मौलिकता पनि गुमाएको अवस्था छ । योगा के हो भन्ने चाँहि विश्वव्यापी भयो । धेर्रै मानिसहरुले बुझे तर योग विशेष गरेर अष्टाङ्गयोग के हो भन्ने बुझेनन् । धेरै जस्ता आधुनिक योगका प्रशिक्षकहरुले तथा योगा साधक (योगामा रुची राख्ने व्यक्ति)हरुले योगको मौलिक स्वरुपमा भ्रम प्रचार गरी रहेका छन् र यसलाई लगातार भौतिक विद्याको रुपमा विकसित गर्दै लगिरहेका छन् ।
तर धेरै विचारकहरु वा योग विज्ञहरुको आजभोलिको भनाई अनुसार यो योगको एक पक्षमात्र हो योगको मूल धारा आध्यात्मिक विज्ञान हो । त्यस पछि बाह्य विज्ञानसँग जोडिएकाले वैज्ञानिकता पनि यसमा रहेको छ ।
यो तत्वज्ञान एवम् तत्वानुभूतिको विज्ञान हो । तर मौलिक अवधारणाको विपरित मात्रै रोगउपचार हेतुले निम्न लिखित दृष्टिकोणबाट रुची राएिको पाइन्छ । जस्तै:
१. योगलाई तनावहर उपायको रुपमा अभ्यास
२. योगलाई शरीर शिक्षा तथा सौष्ठव (सुडौल) को रुपमा अभ्यास
३. योगलाई मनोदैहिक रोगहरुको रोकथाममा अभ्यास
४. योगलाई फिजिकल फिटनेसको रुपमा अध्यास ।
५. योगलाई आत्मिक धार्मिक हेतु अभ्यास
यसरी नै योग स्वास्थ्य तथा चिकित्सा विज्ञानको रुपमा उपयोग गर्ने वतावरण बनेको छ । यसै कारण योगमा हुने अधिकांश वैज्ञानिकको खोज र कार्यको उद्देश्य पनि योगाभ्यासको क्रियाशील तथा चिकित्सीय प्रभावमा नै निर्भर छ ।
अधिकांश क्रिया शरीरको अध्ययन स्वास्थ्य मानिसको शरीर माथि योगको Endocrinological, Metabolic, Neurophysiological तथा मनोवैज्ञानिक प्रभावलाई जान्नका लागि गरिएको छ । साथै मानिसको व्यवहार तथा कार्यक्षमता माथि योगको प्रभावको पनि अध्ययन गरिएको छ । यी अध्ययनबाट प्राप्त आंकडा (प्रमाण) को आधार नै विभिन्न यौगिक क्रियाहरुको चिकित्सीय उपयोगिताको अनुमान लगाइएको छ । योग माथि भएको हालैको अध्ययनले यो देखाएको छ कि यौगिक आसन, प्राणायाम, षट क्रिया तथा ध्यानको अभ्यासले शरीर तथा मनमा व्यापक फाईदाजनक प्रभाव पारेको छ । स्वस्थ्यवृतमा योगको अध्ययन अति आवश्यक र उचित छ । त्यही भएर योगलाई स्वस्थवृत्त अन्तर्गत आयुर्वेदको पाठ्यक्रममा समावेश गरिएको पनि छ ।
योगको मौलिक स्वरुप
योगको व्यूत्पति तथा व्याख्याः
योग शब्दको उत्पति संस्कृत भाषाको “युजिर योगे” धाुतबाट भएको छ । जसको अर्थ हो सम्मिलिति हुनु, एउटै हुनु वा एक हुनु हो । यही एकीकरणको अर्थ हो –
१. जीवात्मा तथा परमात्मा (मानिस भित्र वा बाहिरीको एकीकरण)
२. मनुष्यको वा मानिसको व्यक्तित्वको जस्तै: शारीरिक मानिसिक, बौद्धिक तथा आध्यात्मिक पक्षहरुको एकीकरण
३. व्यक्ति तथा समाजको मानसिक, आत्मिक एकीकरण
योग एउटा विशिष्ट प्रकारको विज्ञान हो जुन पदार्थ जीवन तथा चेतनालाई एकै साथ लिएर चल्छ तथा विज्ञान एव्म आध्यात्म क्षेत्रमा बाँधको काम गर्छ । योगलाई विस्तृत रुपमा भन्नु पर्दा योग एउटा जीवन दर्शन हो । आत्मानुशासन हो । जीवनपद्धतिको व्याधिमुक्त र समाधियुक्त जीवनको संकल्पना हो । योग आत्मोपचार एवम् आत्मर्शनको श्रेष्ट आध्यात्मिक विद्यापनि हो । शरीरिक र मानसिक रोगहरुको चिकित्साशास्त्र पनि हो । योगबाट अष्टचक्र जागृत भएर जन्म जन्मान्तर लोक परलोक र तीनै कालको ज्ञान वा बोध पनि हुन्छ ।
१. पातञ्ज्ल योग सुत्र अनुसार योग चित्तवृत्तिहरुको निरोध (रोकिनु) को अवस्था हो । “योगच्श्रितवृत्तिनिरोध”
२. भागवद्गीता अनुसार
क. “योग : कर्मसु कौशलम” तन, मन र बचनले कर्म यस प्रकाट गरौँ कित्योबन्धनको कारण नबनोस् ।
ख. “दुःख : संयोग वियोग योगसंज्ञितम्” योग भनेको दुःखको बन्धनबाट मुक्त हुनु वा संयोगबाट वियोग तिर जानु हो ।
ग. “समत्वं योग उच्यते” : फलको आशा नराखी गरिने कर्मको सिद्धि र असिद्धिमा सम बुद्धि राख्नु हो ।
३. गोरखनाथकृत योगबीज अनुसार प्राण तथा अपान, सूर्य तथा चन्द्रमा जीवात्मा तथा परमात्मा आदि विरुद्ध युग्माको एकीकरण (असम्भवलाई सम्भव) लाई नै योग भनिन्छ ।
आफ्नो मूल स्वरुपमा योग मुख्यतः तत्वानुभूति, मनोनिर्माण तथा स्थायी शान्ति एवम् आनन्दानुभूतिको उपाय हो । भौतिक स्वास्थ्य लाभ तथा रोगप्रतिशोध योगको प्राथमिक उद्देश्य होइन, यद्यपी यस क्षेत्रमा पनि प्रमाणित सिद्ध भई रहेको छ ।
वस्तुतः महाभारतीय दार्शनिक तत्वज्ञानको प्राप्तमा मात्रै सिमित नरहेर तत्वानुभूतिको लागि पनि सधै तत्पर रहन्थे।
तत्वज्ञान भनेको शास्त्रहरु वा आचार्यहरु (योगी) बाट आत्मा आदि पदार्थहरुको ज्ञान प्राप्त गर्नु हो भने विज्ञान वा तत्वानुभूति भनेको त्यो ज्ञात पदार्थलाई त्यही रुपमा स्वयं अनुभव गर्नु हो ।
४. कठोपनिषद अनुसार जुन स्थितिमा मन सहित पाँचैवटा ज्ञानेन्द्रियहरु आ–आफ्ना ठाउँ, व्यापारबाट निवृत्त भएर वा हटेर आत्मानिष्ठ हुन्छन र वुद्धि पनि चेष्ठारहित हुन्छ । तब परमगतिको स्थिति हुन्छ । यो स्थिर इन्द्रियधारणाको यस निर्मलस्थितिलाई नै योग भनिन्छ ।
यस प्रकार शब्दकोषहरु तथा अन्य शास्त्रहरुमा पाइएको योग शब्दको विभिन्न अर्थबाट निम्न लिखित तीनवटा अर्थ विशेष रुपमा विचारणीय छ ।
क. एकीकरण वा संयोग
ख. ध्यान वा समाधि
ग. उपाय (युक्ति) वा साधन
त्यही भएर योग भनेको संयोग, समाधि र साधन हो । प्राचीनकालमा विज्ञान वा तत्वानुभूतिको स्थितिलाई पनि योग भनिन्थियो भने त्यसको प्राप्तिका लागि जुन विधि वा साधन पद्धतिको आश्रय अपनाइन्थ्यो वा लिइन्थ्यो त्यसलाई पनि योग भनिन्थ्यो ।
तत्वज्ञान एवम् तत्वानुभूतिको साधनको रुपमा योग विज्ञानको विकास भयो । पछि गएर यही अस्टाङ्ग योग –यम, नियम, आसन, प्राणयाम, प्रत्याहार धारणा ध्यान र समाधि) नै साधनाको मार्ग बन्यो र तत्वज्ञान तथा तत्वानुभूति आदि उच्च भावको प्राप्तिमा सहायक भएर शारीरिक मानसिक र आत्मिक स्वस्थ्यतामा पनि अष्टाङ्गको प्रयोग भयो । उपचार सामाजिक प्रयोग बारे हेर्दा योगको वास्तविक परम्परा लगभग पच्चिस सय वर्ष पुरानो मानिन्छ । आज योगमा विभिन्न दृष्टिकोणबाट रुची लिई रहेको पाइन्छ जुन चाँहि आधुनिक प्रयोजनको संकेत दिन्छ ।
क. योगद्वारा स्वास्थ्य संवर्धन हेतु ।
ख. योगद्वारा रोगहरुको चिकित्सा हेतु ।
ग. योगद्वारा सिद्धि प्राप्त गर्ने हेतु ।
घ. योगद्वारा प्रज्ञा वा यथार्थबोध प्राप्ति हेतु ।
ङ. योगद्वारा चेतनाको विकास गर्ने हेतु ।
कठोपनिषद् जुन चाँहि योग शास्त्र हो: अध्यात्मविद्या तथा योगविधि र भागवद्गितामा ब्रम्हाविद्या तथा योगशास्त्र यी शब्दहरुले योग विज्ञान (विद्या) तथा तकनिकी (विधि) अर्थात Science and Technology दुईवटालाई संकेत गर्छ र यसको कार्यक्षेत्र देह, मानस तथा चेतना रहेको छ ।
समग्रमा भन्नु पर्दा अस्टाङ्ग योगले शारीरिक मानसिक रोग, विमार समस्यादेखि अशुद्धता, अपवित्रता, मनको नियन्त्रण आत्माको जागरणमा पूर्ण रुपमा सहयोग पु¥याउँछ साथै आध्यात्मिकता र वैज्ञानिकता बनाउँदै भौतिक, मानसिक, आत्मिक, सामाजिक आदि जीवन जीउनका लागि सरल र सुविधा बनाउनुका साथै जन्मान्तर यो कहिले नसकिने मानिसको जीवनलाई मोक्ष मार्ग प्रदान गरी त्रिकालदर्शी, सिद्धी पनि बनाउँछ ।
“Atom Neither be created nor be destroyed ” – John Delton