नेकपाद्वारा मास्क वितरण

विराटनगर । नेकपा विराटनगर ८ वडा कमिटिले १० स्थानमा मास्क वितरण गरेको छ ।

लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)को सहयोगमा विराटनगरका मास्क वितरण गरेको वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

वडाका हरिहर चोक, अशोक चोक, अमर टोल, बालुवाही, राजवंसी टोल, विश्वकर्मा चोक, सुकुम्वासी टोल, वालगोपाल टोल, हाटखोला बसपार्कसहित कटहरी १ को झहोरामा १ हजार थान मास्क वितरण गरिएको हो । स्थानीयमार्फत मास्क वितरण गरिएको पोखरेलले जानकारी दिनुभयो ।

मुस्लिमहरुकोे पर्व ईदुल फित्रको अवसरमा मस्जिद जाँदा अनिवार्य मास्क लगाएर जानका अनुरोधसहित मास्क वितरण गरेको पोखरेलको भनाइ छ । मास्क वितरण कार्यक्रममा नेकपा प्रदेश १ कमिटी सदस्य तथा विराटनगर सचिव हेम कार्की, जिल्ला सदस्य राजन भण्डारी, नेकपा वडा ८ इञ्चार्ज ज्ञानु भट्टराई, सहइञ्चार्ज उषा बराल भण्डारी, सरस्वती ओझा, नगर कमिटी सदस्य शैलेश न्यौपाने, वडा सचिव ज्ञानवहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।

लुथरन विश्व फेडेरेसनका जोसेफ सोरेनले आगामी दिनमा स्वास्थ्य सामाग्री वितरणमा सहयोग गर्दै जाने बताउनुभयो ।

शनिबार, १० जेठ, २०७७, रातीको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर