चन्द्र पौडेल
विश्वव्यापी महामारीका रूपमा साम्राज्य जमाउदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत हरेक क्षेत्रमा यसले गहिरो प्रभाव पार्दै गइरहेको छ । कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहने हो भन्ने कुराको कुनै एकिन छैन । विश्वव्यापी रूपमा जुन गतिमा यस भाइरसको संक्रमण बढ्दै गएको छ, यही गतिमा बढ्दै जाने हो र नियन्त्रण नहुने हो भने यसको प्रभावले राष्ट्रलाई हरेक हिसाबले वर्षौंसम्म तहसनहस पार्दै पछाडि धकेल्ने निश्चित छ । सरकारी निकायमा रहेका अधिकारी एवं आम नागरिकहरू यसको रोकथाम तथा नियन्त्रणका लागि गम्भीर र सचेत नबन्ने हो भने ठूलो विपत्ति खडा हुने छ ।
सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको कोरोना भाइरसको प्रभाव शिक्षा क्षेत्रमा व्यापक रूपमा पर्दै छ र अझै निकट भविष्यमा झन् बढी पर्दै जाने सम्भावना प्रवल छ । कोरोना भाइरसका कारण देशका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द भएका छन् । चैत ६ गतेदेखि सञ्चालन हुने भनिएको एस.इ.इ. परीक्षाको अघिल्लो साँझ कोरोनाको कारण भन्दै सरकाद्वारा उक्त परीक्षा स्थगित गर्दा विद्यार्थी र उनका अभिभावकहरूमा मनोवैज्ञानिक रूपमा ठूलो भय र त्रास सिर्जना भयो । कोरोना भाइरसको भयावह आउनै लागेको आम विद्यार्थी र अभिभावकहरूले महसुस गरे । पुरा तयारीका साथ एस.इ.इ. दिन तम्तयार विद्यार्थीको परीक्षा स्थगित हुनाले विद्यार्थीहरूको बीचमा परीक्षा कहिले हुने हो ? हुने हो वा होइन ? भन्ने अन्यौलता र तनाव बढेको छ । जुन गतिमा विद्यार्थीको तयारी थियो, त्यही गतिमा उनीहरूको तयारी न्यून हुँदै गएको देखिन्छ । विद्यार्थीमा कोरोनाको त्रास फैलिएको छ । अध्ययन कार्यमा विद्यार्थीहरूको शिथिलता आएको सहजै अड्कल गर्न सकिन्छ ।
यसैबीच विधार्थीलाई दुरी कायम गरी पठन पाठन गर्न गराउन पनि चर्चा चलेको छ । तर त्यो पनि सम्भावना कमै छ । किन की एक विद्यालयमा ३ सय भन्दा वढि विद्यार्थी पठन पाठन गर्दै आएका छन् । दुरी कायम गर्दा सवै विद्यार्थी पठन पाठन गर्न सम्भवन पनि छैन् । त्यसको विकलपमा अनलाइन शिक्षा पनि चर्चा चलेको छ । अनलाइन शिक्षा सवैको घर घरमा इन्टरनेटको पहुच नहुदा अनलाइन शिक्षा सवैको पहुचमा छैन् झन चुनौती पुर्ण छ । शहरी भेगमा केही सम्भावना भए ग्रामिण भेगमा भने आकाशको फल आखा तरी मरे भने जस्तै हो । कतिको घरमा विजुलीको पहुच नपुगेको ठाउँमा इन्टरनेट भनेको धेरै परको कुरा हो । केही निजि विद्यालयले सेवा मुखी भन्दा नाफा मुखी सोच भएको हुदा अनलाइन शिक्षाको वाण हानेका हुन । भर्ना गराउने अनलाइन शिक्षा दिने उनीहरुको सेवा दिने भन्दा रकम असुल्ने पहिलो दाउपेच हो । होइन भने लकडाउनले थला परेका आम नागरिक रोगबाट कसरी वच्ने दैनिकी गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेका नागरिकलाई अनलाइन शिक्षा दिने भन्दै रकम असुल्न लागेका हुन । नगरले रोगबाट वच्न र दैनिकी गुजारा कसरी चलेको छ भन्ने राय सल्लाह लिनु त कहाँ हो कहाँ निजि विद्यालयको हात समाउदै भर्ना गर्न कम्मर कसेको छ । हो शिक्षा लिनु पर्छ शिक्षा दिनु पर्छ तर शिक्षा दिने भन्दै रोग माथि हेल्चेक्राइ कतिको जायज होला ? नजिकै सिमामा जोडिएको छिमेकी मुलकबाट सुरु भएको कोरोना भाइरस रोग नियन्त्रमा आएको भन्दै लकडाउन हटायो तर हटाएको केही दिन पछि फेरी भाइरस अर्थात रोग फैलियो र १ हजार जना भन्दा बढि नागरिकको ज्यान गयो फेरी लकडाउन गर्यो ।
अनलाइन आजको आवश्यकता
सरकारले अब अनलाइन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि समस्या र चुनौती पनि छ । समस्या समाधानका लागि स्थानीय तहले सहजीकरण गर्न सक्छ । कतिको पहुँचमा रेडियो, टेलिभिजन, इन्टरनेट, मोबाइललगायतका प्रविधि पुगेको छ, त्यसको तथ्यांक निकालेर कहाँ कुन माध्यमबाट पढाउन सकिन्छ, त्यहीअनुसार विद्यालय विश्वविद्यालयको पठनपाठन अगाडि बढाउन सकिन्छ ।
एकछिन कक्षा चलाउँदैमा अनलाइन हुँदैन
कोरोना भाइरसको प्रकोपपछि अनलाइन कक्षाको बहस चलेको छ । तर, लर्निङ म्यानेजमेन्ट खोइ ? पूर्वाधार नभई कसरी अनलाइन कक्षा चलाउन सकिन्छ ? एकछिन चलाउँदैमा अनलाइन हुँदैन । अनलाइनको आफ्नै तरिका र मोड छ । यसका लागि चाहिने प्रविधि र पाठ्यसामग्री पहिले बनाउनुपर्ने हुन्छ । इन्टरनेट, कम्प्युटर, ल्यापटप, मोबाइल, रेडियो, टीभीको पहुँच सबै ठाउँमा पुर्याउनुपर्यो । अनि शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री बनाउनुपर्छ ।
प्रविधिमैत्री जनशक्ति आवश्यक
२१औं शताब्दीमा साइन्स, टेक्नोलोजी, म्याथ र आर्ट हो । यसतर्फ जानुपर्छ । अहिले अनलाइन शिक्षाको तयारी गर्ने हो । विद्यार्थीलाई अनलाइनबाट पढाएको नै सबै हो भन्न मिल्दैन । लकडाउन खुलेपछि फेरि पढाइ हुन्छ भनेर अहिले अनलाइनबाट पढाउन सकिन्छ । तर, अनलाइनबाट पढाउन प्रविधिमैत्री शिक्षक छन् कि छैनन् ? त्यसका लागि तत्काल तालिम आवश्यक छ । सरकारले कम्प्युटर ट्रेनिङका लागि विदेश पठाएको थियो ? ती जनशक्ति कहाँ छन् ? आईसीटी कक्षाका लागि लगानी पनि आवश्यक छ । इन्टर्नेटको स्पिड कति छ ? अहिलेको स्पिडले सकिँदैन, भ्याउँदैन । यसको क्षमता पनि बढाउनु आवश्यक छ ।
नयाँ मोडेलको आवश्यकता
कोरोना भाइरसका कारण विश्व नै दोस्रो विश्वयुद्धपछिको जस्तै अवस्था हुने छाँटकाँट देखिन्छ । १९१८ मा स्पेनिस फ्लूले लाखौँ मानिस मरे । यसको असर २ वर्षसम्म परेको थियो । अहिलेको कोरोना महामारी पनि कहिलेसम्म जान्छ भन्ने टुंगाे छैन । यसको असर शिक्षाक्षेत्रमा पर्ने देखिन्छ । प्रकोपमा पहिलो प्राथमिकता स्वास्थ्य नै हो । बेलायतमा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि स्वास्थ्यमा असर नपर्ने गरी पढाउने हो । अर्को राज्यलाई सहयोग गर्ने हो । यस्तो समयमा पढाउने भनेको अनलाइनबाटै हो । त्यसैले प्रत्येक विद्यालयमा विज्ञानसँगै टेक्निसियन राख्न पनि जरुरी छ । साथै, शिक्षकलाई पनि प्रविधिमैत्री बनाएर शिक्षामा नयाँ मोडेल ल्याइनु जरूरी छ ।
कोरोना संक्रमण ग्रसित राज्यलाई वचन वचाउन के कस्तो उपाय अपनाउन सकिन्छ नगरका नागरिकको घरमा आगो वलेको छ या छैन जनता लकडाउनले कति मारमा परेका छन् भन्ने कुरा ध्यान दिने कि रोग माथी हेल्चेक्राई गर्ने हो ? पहिला आम नागरिक स्वास्थ हुनु पर्यो स्वास्थ गराउन ध्यन दिनु पर्यो अनि नेपाली उखानमा भने जस्तै आकासको फल आँखा तरी मर भने जस्तै सामुदायिक विद्यालयमा पठन पाठन गर्ने गरिव विपन्न वर्गका नागरिकलाई समेट्न सके अनलाइन शिक्षा सार्थक हुन सक्छ ।