शल्यक्रियाको तयारी भएपछि नोबेलबाट रेफर / एपेन्डिक्स भएकी बृद्धाको बीपीमा शल्यक्रिया
विराटनगर । कोरोना भाइरसको उपचारको लागि कहिले सरकारलाई नै अस्पताल दिने र कहिले कोरोनाको उपचार गर्न तयार रहेको प्रचारबाजी गर्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजको अर्को बद्मासी बाहिर आएको छ ।
गत बुधबार दाहिनेतर्फ पेट दुखेपछि अस्पतालमा भर्ना भएको पथरी शनिश्चरे नगरपालिका ७ की एक महिलालाई उपचारको लागि नोबेलमा भर्ना गरिएको थियो ।
बृद्ध महिलाको एपेन्डिक्स भएको चिकत्सकले ठहर गरेपछि सोहि दिन राति उनको शल्यक्रिया गर्ने तयारी भएकोमा बृद्धाले खोकेपछि अस्पतालले रेफर गरेको हो । सबै टेष्ट सकेर आफन्तले शल्यक्रियाको बिलसमेत काटिसकेपछि वृद्धालाई खोकी लागेको कारण अस्पतालले शल्यक्रिया नगरेको हो ।
महिलालो खोकेपछि नोबेलका डाक्टरले कोरोना पनि रहेछ भन्दै शल्यक्रिया नहुने भन्दै पन्छिएको आफन्तले बताएका छन् । त्यसपछि उनको हेरचाहमा डाक्टरसमेत नआएको र नोबेलले बिहीबार विहान शल्यक्रिया गर्ने चिकित्सक अभाव भएको बहाना बनाएर उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिएको पाइएको छ ।
आफन्तले बिपी प्रतिष्ठान लगेपछि उनको बिहीबार राति शल्यक्रिया भएको छ । मोरङ क्षेत्र नं. ३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार रहेका नोबेल सञ्चालक सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रका विरामीलाई सहुलितमा उपचार गर्ने घोषणा गरेको सो क्षेत्रका धेरै विरामी नोबेल जाने गरेका छन् । तर, उनीहरु आफैं समस्याम पर्ने गरेका छन् ।
राम्रो अस्पताल ठानेर नोवेल लगिएकोमा डाक्टरले शल्यक्रिया गर्नलाग्दा बिरामीले खोकेपछि बिपी रेफर गरेको बृद्धाका आफन्तले बताएका छन् । कोरोनाको उपचार गर्ने दावी गरेको अस्प्तालले विरामीले खोक्नसाथ रेफर गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
खोकैकै भरमा कुनै परीक्षण नगरी र अरु लक्षण नहुँदा पनि आमालाई कोरोना लागेको भनेर परिवारलाई नै तनाब दिने काम नोबेलले गरेको नाम उल्लेख नगरी बृद्धाका छोराले बताउनुभयो । बीपीमा आएपछि मात्र ढुक्क भभएको उहाँको भनाइ छ ।
बीपी प्रतिष्ठानको शल्यक्रिया विभागका डा. निर्मल साहले बृद्धामा एपेन्डिक्सको कारण तीन दिनदेखि पेट दुखेर ज्वरो पनि आएको पाइएको बताउनुभयो । बिहीबार राति शल्यक्रिया गरिएपछि बिरामीको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।
नोबेलका सञ्चालक शर्माले चैत १३ गते कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने बताएका थिए । कोरोना भाईरसको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिने उनको भनाइ थियो ।
स्वास्थ्य मन्त्रालयले नोबेल मेडिकल कलेजलाई कोरोना उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ । सर्बोच्च अदतलतले पनि विरामीलाई उपचारको व्यवस्था निजी अस्पतालले गर्नुपर्ने आदेश दिएको छ । तर, अन्य समयमा आफ्नो अस्पतालमा अत्याधुनिक प्रबिधि रहेको र संसारका सबैखाले उपचार हुने प्रचार गर्ने निजी अस्पतालले कोरोनाको बहानमा सामान्य ज्वरो र रुघाखोकी लागेका विरामीलाई पनि फर्काउने गरेका छन् ।
यो हुन नसक्ने कुरा फ्याक हो जस्तो लग्छ। राजनीति इसु हुन सक्छ