प्रहरीलाई खाद्यान्न सहयोग

विराटनगर । विराटनगरस्थित जीवन विकास समाजले मोरङ्ग, सुनसरी र झापाका सुरक्षाकर्मीहरुका लागी खाद्यान्न तथा पेय पदार्थ हस्तान्तरण गरेको छ ।

जीवन विकास समाजले आईतबार मोरङ्ग प्रहरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । जीवन विकास समाज २२ वर्षदेखि लघुवित्त सञ्चालन गर्दै आएको संस्था हो ।

लकडाउनलाई प्रभावकारी बनाउन जोखिमको अग्रभागमा रही खटिएका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै खाद्यान्न तथा पेय पदार्थ वितरण गरिएको जीवन विकास समाजका डेप्युटी सि.ई.ओ. दामोदर रेग्मीले बताउनुभयो । जीवन विकास समाजले मोरङ्ग प्रहरी मार्फत झापा, मोरङ्ग र सुनसरीका सुरक्षाकर्मीहरुका लागि १ हजार ८ सय कार्टुन पानी, ३ सय ६० कार्टुन चाउचाउ र ७० कार्टुन बिस्कुट प्रदान गरेको मोरङ्ग प्रहरीका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

आइतबार, १६ चैत, २०७६, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर