जब शव ओसार्न सेना परिचालन गर्नुपरो...

लाशको खातले मुर्दाघर भरिए

जब शव ओसार्न सेना परिचालन गर्नुपरो……
विराटनगर । नेपाली संस्कारमा आफ्नो नजिकको आफन्तको मृत्यु भएमा परिवार र समाज नै शोकमा हुन्छ । आफन्तजन शवसँगै टाँसिएर शोक व्यक्त गर्छन् । तर, कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको हकमा आफन्तलाई त्यो अवसर मिल्नेछैन ।

मृतकलाई अन्तिम पटक देख्नु र पूर्ण सम्मानका साथ विदा गर्नु परको कुरा इटलीका जनताले महामारीमा परेका आफ्ना प्रियजनको शव कहाँ पुग्यो भन्ने पनि पत्तो पाउँदैनन् । महामारीले हामीलाई दुईपटक मारिरहेको छ, मिलानस्थित एक अन्तेष्टि गृहमा काम गर्ने एन्ड्रिया सेराटोले भनिन्,‘बिरामी मर्ने निश्चित भएपछि उनका आफन्त र प्रियजनहरु अलगथलग हुन्छन्, मृतकको नजिक कसैलाई जान दिइँदैन, परिवारका लागि यो समय निकै कष्टप्रद भइरहेको छ र परिस्थितिलाई स्वीकार गर्न असाध्यै गाह्रो भइरहेको छ।’

अन्तिम श्वास लिने बेलामा पानी दिने साथी नै हुँदैनन् इटलीमा । जति पनि मानिसहरु कोरोनाबाट मरेका छन्, तीमध्ये अधिकांश मानिसहरुको जीवनको अन्तिम घडीमा कोही पनि सँगै थिएनन्। किनकी संक्रमितको साथमै रहँदा निजको आफन्त पनि संक्रमित भइसक्छन्।

दोस्रो व्यक्तिलाई संक्रमण नफैलियोस् भनेर अस्पतालले नै बिरामीका आफन्तहरुलाई भेट्न दिइरहेको छैन। त्यसैले, संक्रमित मानिसहरुले निकै दर्दनाक र वियोगान्तक मृत्यु भोगिरहेका छन्, उनीहरुको आँशु देख्ने, पुछ्ने या दुःखमा सहभागी हुने मानिसहरु छैनन्।

मृतकको शरीरलाई तुरुन्तै शील गरिन्छ । शवगृहमा आएक शवलाई अन्तिम संस्कारका लागि तयार पार्ने काम गर्नेहरुलाई उनका परिवारले अन्तिम पटक आफ्नो प्रियजनलाई हेर्न दिन आग्रह गरेपनि त्यसो गर्न प्रतिबन्ध छ। शवलाई जिउँदो छँदा मनपर्ने कपडा लगाउने र सजाएर अन्तिम संस्कार गर्ने इटालीहरुले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिहरुको अन्त्येष्टि अस्पतालकै गाउनमा बेरेर गर्ने गरिन्छ ।

इटलीको अवस्था निकै दारुण छ, हृदयविदारक छ। यो त युद्धमा भएको भारी हताहतिभन्दा पनि भयानक छ। जस्तो कि दोस्रो विश्वयुद्धमा इटलीले खराब मानवीय र भौतिक क्षति व्यहोरेको थियो।

हिन्दु धर्ममा अन्तिम संस्कारका लागि ब्राह्मण आवश्यक परेजस्तै इसाईहरुका लागि पादरी उत्ति नै महत्वपूर्ण हुन्छन्। तर, कोरोनाका कारण मरेका मानिसहरुको अन्तेष्टि संस्कार पादरी उपस्थित छैनन् । कोरोनाबाट मृत्यु हुनेहरुका परिवार अन्तिम क्षणमा त के, अन्तिम संस्कारमा पनि सहभागी हुन पाउँदैनन्। किनकी उनीहरुमा पनि संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ र क्वारेन्टाइनमा लगेर राखिएको छ।

कोरोना संक्रमणका कारण इटलीमा अहिलेसम्म करिब ८ हजार २१५ जनाको मृत्यु भइसकेको छ। ८० हजार ५८९ जना संक्रमित छन्। उपचार हुँदाहुँदै ज्यान गुमाएका मानिसको अन्तिमपटक एक तस्बिर लिइन्छ र अस्पतालबाट शव लगेर सोझै अन्त्येष्टि गरिन्छ। सम्बन्धित परिवारले अन्तिम तस्बिर मात्र हेर्न पाउँछन् ।

शवलाई अन्तिम संस्कारको लागि काम गर्ने एक व्यक्ति भन्छन्, ‘केही परिवारले हामीसँग भन्छन्, एक पटक देखाइदिनुस्। तर त्यो अनुमति हामीलाई छैन।’ अहिले इटलीमा कोरोनाका कारण मृत्यु हुनेहरुलाई उसको मनपर्ने कपडा लगाइदिएर अन्तिम संस्कार गर्न प्ीन् सम्भव छैन। अस्पतालकै गाउनमा शवको अन्त्येष्टि गर्नु पर्ने अवस्था छ। मनकेस्ट्रोपा जो अस्पतालमा काम गर्छन्, उनी भन्छन्, ‘परिवारले दिएको कपडा शवको माथी राखिदिन्छौ। ताकी मृत्यु हुनेले त्यो कपडा गाएको जस्तो होस्।’

मुर्दाघरमा एउटा लाश लैजानासाथ फेरि अर्को शव लिन अन्डरटेकरहरु कुदिहाल्छन्। इटलीमा रहेका यर्दा मुर्दाघरहरु यतिखेर मानिसको शवले भरिएका छन् । २३ मार्च यता मात्रै इटलीमा ६००० भन्दा बढी मानिसको ज्यान गईसकेको छ। ४ दिनकै अवधिमा कोरोना संक्रमणका कारण यति ठूलो संख्यामा मानवीय हताहति भएको हो ।

शवदाह गृह बाहिर मानिसको लाशको खात लगाइएको छ । त्यो प्याक गरिएका सामान टनाटन राखिएको सुपरमार्केट जस्तै देखिन्छ । उत्तरी इटलीका अस्पताको मुर्दाघर त मानिसको शवै शवले भरिएको छ। शवदाह गृहनजिक रहेका चर्चहरु लाशको गोदाम भएका छन् ।

इटलीको बर्गेमोमा कोरोनाका कारण सबैभन्दा धेरै क्षति भएको छ, जहाँ शवलाई तह लगाउन सेना नै बोलाउनु परेको छ। सबै चिहानहरु भरिएका छन्। थपिने मृतकहरुलाई राख्ने ठाउँसमेत छैन। युद्धमा भएको भारी हताहतिभन्दा पनि भयानक छ। इटलीका चिकित्सक र नर्सहरु ईश्वरजस्ता भएका छन्। अ
मनकेस्ट्रोपा भन्छन्, ुशव कारमा लिएर चर्च पुग्छु। पछाडिको ढोका खोलेर पादरीलाई त्यहीँ प्रार्थना गर्न लाएर फर्किन्र्छु । शवको अन्तेष्टि गरेर मात्र फुर्सद पाउने उनीहरुको अवस्था छैन। एक पछि अर्को शव लिन दौडिन पर्ने अवस्था अहिले इटालीमा छ।

बेलैमा सरकारले सतर्कता नअपनाउँदा र सरकारले लकडाउन घोषणा गरिसक्दा पनि त्यसको नागरिकले पर्वाह नगर्दा इटालीमा दर्दनाक अवस्था आएको हो ।

शव ओसार्न प्रयोग गरिएका सेनाका गाडीहरु भिडियोमा हेर्नुहोस्

https://www.facebook.com/hamromatpati/videos/1418401955007860/

बीबीसी र मेलअनलाईनको सहयोगमा

शुक्रबार, १४ चैत, २०७६, रातीको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर