लकडाउनमा विराटनगरका उद्योगी के गर्दैछन् ?

खाना पकाउन सघाउने देखि घरबाटै उत्पादन तथा पूजापाठमा व्यस्त उद्योगी

विराटनगर । विश्वव्यापी कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । यस्तो अवस्थामा ठूला भिआइपी देखि सर्वसाधरण मजदुरसम्म घरमै बसिरहेका छन् । विराटनगरमा सँधै अति व्यस्त र सक्रिय रहने भिआइपि उद्योगीहरु लाक डाउनको समयमा के गर्दैछन् ? कसरी दिन कटाउँदैछन् ?

उद्योग वाणिज्य संघ प्रदेश १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडा, अटो मोबाइल्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुवास आचार्य तथा मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष नविन रिजालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सरकारले  गरेको आग्रहलाई पालना: राजेन्द्र राउत

बिहान योगा गर्छु । त्यसपछी परिवारसँग बसेर खाना खाने । त्यसपछि दिउँसो टिभी हेर्ने, सामाजिक संजाल, फोन बाट साथीभाई सँग कुरा गर्यो । बेलुका कम्पाउन्ड भित्रै घुम्ने गरेको छु । यो कोभिड १९ को महामारी जिन्दगीको सवाल बन्यो । त्यो पनि एकजना को मात्र हैन पुरै परिवार र समाजकै जीन्दगी को सवाल हो । त्यसैले यो बेला सेल्फ क्वारेन्टाइनमा बस्नु को विकल्प हुदैन । अहिले आत्मबल बढाउने बेला हो । कमजोर नबनौं । तर सरकारले यो बिपदका बेला गरेको आग्रहलाई अक्षरस पालना गरौं ।

भान्सामा खाना पकाउन सघाउँछु : भीम घिमिरे

होम क्वारेन्टाइनमा नै छौं । घरबाट नै उधोगी ब्यवसायी, मजदुर र सरकारका कुरा सुन्ने, गुनासा र समस्या भए समाधान खोज्ने काम भैरहेको छ । यो बाहेक बिहान आँगनमा नै मर्निङ वाक गर्ने गरेको छु । त्यसपछी भान्सामा खाना पकाउन सघाउँछु । परिवारलाई समय दियो । त्यसपछी संचारमाध्यम हेर्ने सुन्ने र यो अवस्थाका बारेमा सामाजीक सन्जालबाट सचेतना जगाउने प्रयत्न गरिरहेको छु ।

अध्ययन गरेर र मुभी हेरेर बित्छ: प्रकाश मुन्दडा

यति बेला घर भित्र बस्नु को बिकल्प खोज्नु हुदैन । यो समयमा आफुलाई र जीवनलाई बुझ्न पाइएको छ । सधै भागदौडमा समय बित्थ्यो । अहिले परिवारलाई समेत समय दिन पाइएको छ । बिहान उठेर ३ घन्टा जति समय एक्सरसाईजमा बिताउँछु । त्यसपछी साथीभाईका समस्या हरूलाई सुन्ने र तिनको फोन, मेल र सामाजिक सन्जालबाट समाधन गर्ने काम गरिन्छ । बाँकी समय अध्ययन गर्ने मुभी हेर्ने गरेर बित्छ । यो बिश्वब्यापी बिपती हो । हामी कसैले पनि बिना कारण, अनावश्यक रूपमा कुनैपनी बहानामा एक सेकेन्ड पनि बाहिर निस्कनु हुदैन । यति गर्न सक्यौं भने मात्र यो रेस जित्न सक्छौं ।

पढेर बढी समय बिताइरहेको छु : पवन सारडा

अहिले टिभि हेरेर, किताब पढेर बढी समय बिताइरहेको छु । परिवारलाई समय दिन पाएको छु । बच्चाहरुसंग खेल्न पाइएको छ । घरको सरसफाइमा ध्यान दिन पाइएको छ । काम लाग्ने र नलाग्ने कागजात छान्ने काम गरिएको छ । बाँकी समयमा म्यूजिक सुन्ने गरेको छु । नियमित एक्सर्साइज त छदै छ । तर घरभित्र । अहिले उधोग, कार्यलय सवै बन्द छ । अरु त त्यस्तै हो, लकडाउन लम्बिदै जाँदा हुन सक्ने खाध्य संकट नाओस भन्न अत्यावश्यक बस्तु उत्पादन गर्ने उधोग संचालनको वातावरण बनाउनु पर्छ ।

ग्याँसको व्यवस्थापनमै दिन बित्छ: नविन रिजाल

अति आवश्यक वस्तु ग्याँसको व्यवस्थापन गर्छु । फोनबाटै कर्मचारी परिचालन गर्ने । वितरणको कार्यक्रम बनाउने । डिलरसँग कुरा ग¥यो । आवश्यकता अनुसार माल उत्पादनको व्यवस्थापन मिलाउने, आयातको व्यवस्थापन गर्ने । अहिले कर्मचारी र लेबर पनि आउन मान्दैनन् । ग्याँस उत्पादनको काम १० प्रतिशत मजदुर लगाएर मात्रै काममा लगाएको छु । ग्याँसबाहेकका मेरा सबै उद्योग बन्द छ । बाँकी रहेको समयमा बिहान र बेलुका १÷१ घण्टा व्यायाममा बित्छ । त्यसपछि समाचार हेर्यो । केटाकेटीसँग रमायो । दिनभरी धेरैजसो समय त ग्याँसको व्यवस्थापनमै जान्छ । परिवारसँगै छौं मेरो जीवनमै पहिलो पटक यतिलामो समय विताएकै थिइन । पारिवारिक हिसावले रमाइलो छ । बैंकको ब्याज, कर्मचारीलाई सेलरी कसरी मिलाउने, बन्द भएको उद्योगको पुनः खर्च जुटाएर कसरी चलाउने, कुन उपाया लगाउने भन्ने व्यवसायीक प्रेसर छँदैछ । तर पनि पारिवारिक माहोल भने रमाइलो छ । हामीले पनि अति आवश्यक काम मात्रै गरिरहेका छौं । यो माहामारीलाई जतिसक्दो जित्नका लागि घरमै बस्ने हो ।

घरमा चैत्र नवरात्रीको पुजा गर्दैछौं : सुवास आचार्य

लक डाउन भएपछी घर बाहिर निस्कने नै हैन । घर भित्र नै छु । यहि मौकामा घरमा चैत्र नवरात्रीको पुजा गर्दै छौं । यस्तै विहान योगा गर्यो । खाना खायो । आन्तरिक रूपमा गर्न मिल्ने ब्यवसाय का काम घरबाट नै गर्यो । सामाजिक संजाल, फोन र मेलबाट पनि धेरै काम हुन्छ्न । बाँकी समय परिवार, देश बिदेशमा रहेक साथीभाई र आफन्त सँग कुरा गर्ने हौसला प्रदान गर्ने काममा समय बिताईरहेको छु । कसैले नसोचेको मान्छेसँग मान्छे डराउनु पर्ने दिन आएको छ । यो बेला सजग हुने र आफू बच्ने र अरुलाई नि बचाउने नै हो ।

बिहिबार, १३ चैत, २०७६, बिहानको ११:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर