तिमी यो नसोच की तिमीलाई देशले के दियो
बरु तिमी यो सोच की तिमीले देशलाई के दियौं ।
धेरै वर्ष अगाडि हेरेको नेपाली चलचित्र दक्षिणामा आदर्शवादी त्यागी शिक्षकको भूमिका निभाएका पात्र तुलसी घिमिरेले आपना चेलाहरुसँग बोलेको यो संवाद मलाई आजकल झल्भली याद आइरहेको छ । किनभने देश मात्र नभएर आजकल विश्व नै कोरोना भाइरसको संक्रमणले त्रासमा छ । तर, हामी चाँही अझै वेवास्ता गरेर सबैथोक सरकारले नै गरिहाल्छ र उसले मात्र गर्नुपर्छ भनेर मस्त छौं ।
हामी धेरैलाई थाहा छ । कोरोना भाइरस काल मात्र हैन महाकाल हो । मृत्यु मात्र हैन, महामारी हो । चीनको बुहान प्रान्तबाट फैलिएको यो भाइरसको अझै औषधी पत्ता लागिसकेको छैन । कोरोना भाइरस संक्रमणबाट आइतबार अपरान्हसम्म विश्वभर १३ हजार ५ सय ८१ ज्नाको मृत्यु भइसकेको छ । ३ लाख १५ हजार ७६ जनामा यो संक्रमण भइसकेको छ । ९५ हजार ८ सय ९० जना संक्रमण भएर पनि क्वारेन्टाइनमा बसेर उपचार गराएपछि निको भइसकेका छन् । कोरोना भाइरस विश्वको १ सय ८८ वटा देशमा फैलिसकेको छ । यसले अमेरिका, चीन, इटाली, जर्मनी, भारत, पाकिस्तान, कोरिया, बेल्जियम, स्पेन, बेलायत, फ्रान्स, इरान, इराक, स्विटजरल्याण्ड जस्ता शक्तिशाली र सौन्र्दयशली देशहरुलाई पनि छाडेको छैन । कोरोना संक्रमणको क्रम घट्दो छैन, बरु‘ दिन गुना रात चौगुनाले बढ्दो छ ।
कोरोना भाइरसले सयौंको ज्यान गुमाएपछि नियन्त्रण गर्न उत्तरतर्फको छिमेकी देश चीन सफल भएको छ । तर, दक्षिणतर्फको छिमेकी देश भारतमा यो फैलँदो छ । भारतमा हालसम्म ४ सय बढी संक्रमित फेला परिसकेका छन्, ६ जनाको मृत्यु भइसकेको छ । यो संख्या पनि अझै बढ्ने निश्चित छ । नेपालसँग नजिकै रहेको बिहार राज्यको राजधानी पटनामा आइतबार मात्र एक जनाको ज्यान गइसकेको छ ।
भारतका प्रायः सबै राज्यहरु कोरोना संक्रमणको त्रासमा छन् । यसैले उनीहरुले आफूलाई लकडाउन गर्दैछन् । कोरोनाबारे आम जनचेतना जगाउन भारतमा आइतबार जनता कफ्र्यु सफल भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा भारतमा आइतबार बिहान ५ देखि साँझ ८ बजेसम्म स्वतस्फुर्त जनता कफ्र्यु लाग्यो । कोही पनि आफ्नो घरबाट निस्केनन् । कसैले पनि व्यापार व्यवसाय गरेनन् । कुनैपनि यातायात चलेन । हाम्रो देशको विराटनगरसँग जोडिएको सिमावर्ती बजार जोगबनी पनि दिनभरि सुनसान रह्यो । नाकामा कुनै आवतजावत भएन । भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ कसैलाई जान दिएनन् ।
हामीले सुनेकै हौं, काल बाजा बजाएर आउदैन । तर, कोरोना भाइरसको कालले विश्वभर मात्र नभएर हाम्रै छिमेकी देशमा बाजा बजाइसकेको छ । तर, हामी अटेरी बनेका छांै । अझै पनि कोरोना कति खतरनाक हुन्छ र यो फैलियो भने के होला ? र कसरी बाँच्न सकिएला भन्ने सोच्न भ्याएका छैनौं । हाम्रो देशको सरकारले आफ्नो सामथ्र्य अनुसार रोकथामका लागि उच्च सतर्कता अपनाइरहेको छ । हामीलाई पनि सतर्कतामा साथ दिन अनुरोध गरिरहेको छ । तर, लातोंका भुत बातो से नमाने भनेझैं हामी चाँही नपरी किन चेत्नु भनेर सर्तकतामा अटेर गरिरहेका छौं । खुल्ला रुपमा भीडभाड बनाइरहेका छांै । सेल्फ क्वारेन्टाइनमा बस्न आनाकानी गरिरेका छांै । घरपरिवार, छिमेकलाई सर्तक गराउन वेवास्ता गरिरहेका छौं । रोकथामका लागि सरकारले गरेका पूर्वतयारी जस्ता राम्रा कामहरुको हामी बिरोध गरिरहेका छांै । नानाभाति आरोपहरु लगाइरहेका छौं । महामारीको पीडाको बेला समाजिक सञ्जालहरुमा रमाइलो गरिरहेका छांै । हो, यो बेला त्रसित हुने हैन । तर, गम्भीर र संवेदनशिल भएर सर्तक हुने चै हो । हामीले ख्याल गरेका छैनौं, रोकथाममा गरेको हेलचेक्र्याईले गर्दा नै आज इटालीमा मारामारीले नरसंहार गरिरहेको छ, एकैदिन ७ सयको ज्यान लिएर । भारतमा पनि अब इटाली जस्तै अवस्था सृजना आउने अनुमान गरिदैछ ।
कोरोना लागेमा रोकथाम गर्ने सामथ्र्य अरुमा जस्तो हामीमा छैन । यसैले हामी सबैले उच्च सर्तकतामा जोड दिऔं । सेल्फ क्वारेन्टाइनमा बसांै । कोरोनाबारेका भ्रमहरुलाई खवरदारी गरौं । कोरोनाबारे सर्तकता अपनाउन देखावटी हैन, व्यवहारिक कार्यहरु गरौं । सबै मिलेर कोरोनाबारे हल्ला बोलांै । भारतमा जस्तै एकता देखाआंै । एकदिन हामी पनि नागरिक लकडाउन आव्हान गरांै । किनभने विश्व महामारी भोगेको इतिहास नभएकोले हामी धेरैले कोरोना जस्तो खतरनाक भाइरसको संक्रमणलाई ख्याल गरेका छैनौं । अझै गरिबी र अशिक्षाले गर्दा धेरैले यसो खतरनाक जोखिमबारे बुझेका छैनन् । यसैले कोरानाबारे आम जनचेतना जगाउँदै सतर्कताका लागि एकता बलियो बनाउन हामी पनि कोरोना बिरुद्ध हल्ला बोलौं । कम्ती ४८ घण्टा स्वघोषित कफ्र्यु घोषणा गरेर बसौं । सरकारलाई पूर्व, पश्चिम र दक्षिणतर्फको खुल्ला सीमा बन्द गर्न दवाव दिऔं । ठूला शहर र बजारहरु बन्द गर्न अनुरोध गरौं । महामारीको बेला कालोबजारी गर्ने अपराधीहरुलाई जेल हाल्न भनौं । हामी यो नसोचौकी संकटको बेला देशले मात्रै हामीलाई दिनुपर्छ, हामी यो पनि सोचौ संकटको बेला हामीले पनि देशलाई योगदान दिनुपर्छ । अनि मात्र समग्र जगतको कल्याण हुन्छ । राष्ट्र र राष्ट्रियताको सुरक्षा हुन्छ ।