कोरोना भाइरसबारे बुझ्नुपर्ने विषय

विराटनगर । गत मंसिरमा पहिलो पटक चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको छ । १ सय ५६ भन्दा बढी देशहरुमा फैलिसकेको भाईरस नियन्त्रणको साटो विस्तार हुँदै गएपछि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रूपमा घोषणा गरेको हो ।

भाईरसको संक्रमणबाट बच्न तथा यसको रोकथामका लागि स्थानीय, प्रदेश र संघीय सरकार लागिपरेको छ । नेपालमा अहिले कोरोना भाईरसको संक्रमण अनियन्त्रित रुपले देखा नपरेपनि नेपाल उच्च जोखिममा सुचीमा अभैm पनि रहेको छ । अहिले पनि आम नागरिकमा यसबारे स्पष्ट सूचना नहुँदा त्रासको अवस्था छ ।

भाइरसले शरीरमा कसरी आक्रमण गर्दछ ? यसको उपचार कसरी गरिन्छ ? र यसबाट अस्पतालमा उपचारको क्रममा रहेको अधिकांश बिरामीहरुको मृत्यु किन र कसरी भयो ? यसको जवाफ अभैm पनि धेरैले पाउन सकेका छैनन् । यो भाईरसले मानव शरीरमा चरणबद्ध रुपले आक्रमण गर्ने बिषयबाट धेरै आम नागरिक अभैm पनि अनविज्ञ छन् ।

भाईरसको ईन्क्युवेशन चरण
भाईरसले पहिलो चरणमा अर्थात ईन्क्युवेशन चरणमा श्वासप्रश्वासमा समस्या उत्पन्न गरी घाँटी वरिपरिको कोषहरुमा आक्रमण गर्ने गरेको न्युरो अस्पतालका फिजिसियन डा.अग्रज उप्रेतीले बताउनुभयो । त्यसपछि वायु नली र फोक्सोमा आक्रमण गर्दै भाईरसले आफ्नो संख्या वृद्धि गर्ने काम गर्दछ । नयाँ कोरोना भाईरसहरूले भने बाँकी कोषहरूमा आक्रमण गरी मानव शरिरलाई कमजोर बनाउने उहाँको भनाइ छ ।

प्रारम्भिक चरणमा आम नागरिकले बिरामी भएको महशुस नगरेपनि केही मानिसहरूमा संक्रमण भएको सुरूवाती चरणमै यसको लक्षण देखापर्ने डा.उप्रेतीले बताउनुभयो । लक्षणहरुमा बिशेषगरि घाँटी, टाउको र शरीर दुख्ने उहाँको भनाई छ ।

‘भाईरसको संक्रमणबाट जोगिन मानव शरीरको प्रतिरक्षा प्रणालीले भाईरससँग लड्ने पूर्ण प्रयास गर्दछ’ डा.उप्रेतीले भन्नुभयो, ‘त्यसपछि शरीरले भाइरस मार्न साइटोकिन नामको रासायनिक पदार्थ छोड्न थालेपछि टाउको, घाँटी र शरीर दुख्ने समस्या उत्पन्न हुन्छ ।’ यी लक्षणहरूमा डाक्टरहरूले आराम गर्न, प्रशस्त पानी पिउन र ज्वरोका लागि प्यारासिटामोल खान आग्रह गरेका छन् । यो अवस्थामा अस्पताल भर्ना हुन आवश्यक हुँदैन ।

यो अवस्था करिब ६ देखि ७ दिनसम्म रहने बताइएको छ । जसको प्रतिरक्षा प्रणाली भाइरससँग लड्न सफल हुन्छ, तिनीहरूको स्वास्थ्य एक हप्तामा सुधार हुन थाल्दछ । भाईरससँग लड्न प्रतिरक्षा प्रणाली असफल हुन्छ, तिनीहरुमा भाईरसको गम्भीर लक्षण देखा परी स्वास्थ्य झनै बिग्रँदै जाने डा. उप्रेतीले बताउनुभयो ।

कोभिड–१९ को गम्भीर लक्षण
चिकित्सकहरुले भाईरसको सङक्रमण बढ्दै जानुमा धेरै कारणहरु फेला पारेका छन् । उनीहरुले शरीरको रोग प्रतिरोधक क्षमताले भाइरस हटाउन आवश्यकभन्दा बढी काम गर्ने समयमा उत्पादन हुने केमिकललाई पनि संक्रमण बढ्नुको पहिलो प्रमुख कारक तत्वको रुपमा लिएका छन । यो केमिकलले शरीर सुन्निने बताइएको छ । भाईरसको संक्रमणका कारण फोक्सो पनि सुन्निने केसहरु देखा परेको डा.उपे्रतीले बताउनुभयो ।

कोरोना भाइरस मानिसको मुख र नाकबाट श्वासप्रश्वास नली हुँदै फोक्सोमा प्रवेश गर्ने गर्दछ । त्यहाँ भाईरसले स–साना एयरस्याक बनाउने काम गर्दछ । ‘मानवको फोक्सो शरीरको त्यस ठाउँमा हुने गर्दछ, जहाँबाट शरीरमा अक्सिजन आउन सुरु हुन्छ । जबकि कार्बनडाइअक्साइड शरीरबाट बाहिर निस्कन्छ डा.’ उप्रेतीले भन्नुभयो,‘तर कोरोनाले निर्माण गरेका ती एयरस्याकहरुमा बिस्तारै पानी जम्मा भएर श्वासप्रश्वासमा समस्या हुने, लामो श्वास लिन गाह्रो हुने हुन्छ, यो अवस्थामा बिरामीलाई भेन्टिलेटर चाहिन्छ ।’

विश्व स्वास्थ्य संगठनको एक अध्ययनले चीनका ५६ हजार नागरिकहरुमध्ये १४ प्रतिशतमा यस्तो गम्भीर लक्षण देखा परेको देखाएको छ ।

भाईरसको गम्भीर स्थिति
भाइरसको कारण ६ प्रतिशत मानिसहरु गम्भीर रुपले बिरामी पर्नसक्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ । यो अवस्थामा मानव शरीरको रोग प्रतिरोधात्मक प्रणाली पूर्ण रुपले निष्क्रिय हुन्छ र गम्भीर रुपले संक्रमणमा परी बिरामीको फोक्सो फेल, सेप्टिक शक, अर्गन फेल र मृत्यु समेत हुनसक्ने डा.उप्रेतीले जानकारी दिनुभयो । यो चरणमा फोक्सो समेत सुन्निने भएकाले शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन र मिर्गौला तथा आन्द्रामा पनि असर पर्ने विज्ञहरुको भनाई छ ।

कोरोना भाईरसका कारण हालसम्म विश्वमा ६ हजार ४ सय ५६ भन्दा बढी आम नागरिकको मृत्यु भईसकेको छ । यस्तै १ लाख ६७ हजार ६ सय ५७ भन्दा बढी व्यक्तिहरु यसबाट संक्रमित भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । अहिलेसम्म ११ हजार ८५ भन्दा बढीमा यसको नयाँ संक्रमण देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बुधबार, ०५ चैत, २०७६, बिहानको ०९:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर