विराटनगर । अन्नपूर्ण केवलका सञ्चालक श्याम राठी मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा मनोनित हुनुभएको छ ।
मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा राठीलाई सोमबार मनोनित गरेको संघले जनाएको छ । संघको कार्यकारी समितिको बैठमा अध्यक्ष प्रकाश मुन्दडाले राठीको मनोनयनबारे जानकारी दिनुभएको थियो ।
सैबीच नेपाल औषधि व्यवसायी संघले मोरङले पनि बेदबहादुर थापा (गणेश थापा) लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । सोमबार बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश फर्माका सञ्चालक थापालाई सदस्यमा मनोनित गरेको हो ।
फोटो व्यापार संघमा मनोति राठीसहित