लागुऔषध गाँजा सहित सवारी साधन बरामद


विराटनगर । विराटनगर महानगरपालिका ८ स्थित हाटखोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार बरामद गरेको छ ।

प्रहरीले बिहीबार राति संकास्पद अवस्थामा रहेको कारको निगरानी गर्ने क्रममा कारमा ठूलो परिमाणमा गाँजा लोड भएको फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्रदेश १–०२–००१ च ९६६६ नम्बरको कारमा लोड गरिएको ५३८ किलो गाँजा बरामद गरेको हो । उक्त कारमा मानिसहरु भने फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बेवारिसे अवस्थामा रहेको कारसहित गाँजा बरामद गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । यस घटनामा संलग्न चालक र अन्य व्यक्तिहरूको खोजी गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नेपालमा लागुऔषध नियन्त्रणका लागि विभिन्न ठाउँमा प्रहरी सक्रिय रहेको छ । मोरङ र सुनसरीमा पछिल्लो समय ठूलो परिमाणमा गाँजा बरामद भइरहेको छ । नेपालबाट भारततर्फ गाँजा तस्करी भएर जाने गरेको छ । प्रहरीले गाँजा उत्पादन र ओसारपसारमा नियन्त्रण गर्ने गरेको भएपनि यो क्रम भने रोकिएको छैन ।

अशोज ४, २०८२, दिउँसोको ०२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर