‘अब शून्यबाट काम थाल्नुको विकल्प छैन’

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकारका अधिकांश संरचना जलेर नष्ट भएकोले शून्यबाट काम थाल्नु पर्ने अवस्था रहेको बताएका छन् ।

अहिले प्रशासनिक ढंगबाट क्षतिको विवरण संकलन गर्ने, क्षतिग्रस्त संरचनाहरुको सरसफाइ गर्ने र जे जस्तो अवस्था छ त्यहिँबाट काम थाल्ने विषयमा मुख्यमन्त्रीलगायत सबैसँग छलफल सुरु गरेको उनले जानकारी दिए ।

केहि दिनभित्रै कसरी अगाडि बढ्ने भन्ने निश्कर्षमा पुगिने बताउँदै मन्त्री भण्डारीले त्यस विषयमा तयारी अघि बढेको र अब शून्यबाट काम सुरु गर्नुको विकल्प नभएको बताएका हुन् ।

आगजनी हुनबाट जोगिएका संरचनाहरुले आजैबाट काम सेवा सुरु गरिसकेको बताउँदै उनले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, विराटनगरको यातायात सेवा कार्यालय आदि संरचनाहरुले सफाइ गरेर काम थालेको जानकारी दिए ।

भदौ २९, २०८२, दिउँसोको ०१:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर