विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले संसद् विघटन प्रक्रियागत दृष्टिले त्रुटिपूर्ण भएपनि परिस्थितिलाई निकास दिन आवश्यक कदम भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गजुरेलले संसद् विघटनमा प्रक्रियागत त्रुटि भएपनि परिस्थितिलाई निकास दिन आवश्यक भएको जनताले अनुभव गरिरहेको उल्लेख गरेका छन् ।
जेनजी आन्दोलन मूलतः सफल भएको गजुरेलको ठहर छ । ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भएपनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन् । जेनजी आन्दोलन मूलतः सफल भएको छ’ उनले लेखेका छन् ।
देश गम्भीर संकटमा रहेको कठिन समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाउनुभएको अडान र साहसकै कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन सकेको गजुरेलको भनाइ छ । उनले राष्ट्रपति पौडेलप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुपर्ने बताएका छन् ।