मोरङमा हट्यो कर्फ्यु तथा निशेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले गतराति १० बजेदेखि लगाउँदै आएको कर्फ्यु हटाएको सूचना आज विहान सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचनामा जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी आज बिहान १० बजेसम्मको कर्फ्यु तथा निशेधाज्ञा हाललाई फिर्ता गरिएको जनाएको हो ।

मोरङमा भदौ २४गतेदेखि लगातार कर्फ्यु तथा निशेधाज्ञाको अवस्था रहिआएको थियो ।

पूर्व प्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएसँगै कर्फ्यु तथा निशेधाज्ञा हटाएर सरकारले शान्ति सुरक्षा बहाल भएको सन्देश दिने प्रयत्न गरेको छ । यद्यपि पछिल्लो राजनीतिक निर्णयप्रति राजनीतिक दलहरु र नेपाल बार एशोसिएसनलगायतका अधिकार पक्षधर शक्तिहरुको विरोध भने कायमै छ ।

भदौ २८, २०८२, बिहानको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर