लोकतन्त्रको संरक्षण लागि विमर्श गरिरहेको छु : राष्ट्रपति

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिलाई संवैधानिक दायराभित्रैबाट निकास दिन आफू निरन्तर विचार–विमर्श र प्रयासमा रहेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षलाई संयमतापूर्वक सहयोग गर्न अपिल गरेका छन् ।

अपिलमा भनिएको छ, ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु।’
राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरूको मागलाई सम्बोधन गर्न र समस्याको शीघ्र समाधान खोज्न आफू विश्वस्त रहेको बताएका छन् ।

उनले सबै पक्षलाई संयमित भई शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

भदौ २६, २०८२, दिउँसोको ०४:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर